काठमाडौं– सानिमा बैंकले ग्राहकहरुको सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाइनमार्फत् क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको छ।

ग्राहकहरुले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेवसाइटमा गई ‘क्रेडिट कार्ड आवेदन’ मा क्लिक गरी फारममा उल्लेखित आवश्यक विवरण भरी सरल रुपमा आवेदन दिन सकिनेछ। फारम भरेसँगै क्रेडिट कार्ड स्वीकृत भएकोबारे र कार्ड उपलब्ध गराइने समयसम्बन्धी जानकारी इमेल तथा फोनमार्फत् गराइने बैंकले जनाएको छ।

क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म भौतिक रुपमा पुग्नु नपर्ने भएका कारण यो प्रक्रिया सरल, सुरक्षित हुनुका साथै समयको पनि बचत हुन्छ। यो सुविधा यही असोज ६ गतेदेखि संचालनमा ल्याएको बैंकले जनाएको छ। सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा छुट प्राप्त गर्नुका साथै मासिक किस्तामा सामान खरिद गर्न सकिन्छ।सानिमा बैंकले डिजिटल बैंकिङ्ग प्रणालीलाई प्राथमिकता दिँदै समयानुकूल विभिन्न ग्राहकमैत्री सेवा तथा सुविधाहरु परिस्कृत रुपमा उपलब्ध गराउँदै आएको छ। सानिमा बैंकले हाल ८२ शाखा कार्यालय १५ विस्तारित काउन्टर तथा ८१ एटिएमबाट ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

READ MORE

सिद्धार्थ बैकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने अनुमति पायो

काठमाडौं– सिद्धार्थ बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले बैंकलाई एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणको लागि र एक अर्ब ८० करोड रुपैयाँ प्राइभेट प्लेसमेन्टबाट बिक्री गर्न मिल्ने गरी अनुमति दिएको हो। बैंकले ८.५ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको हो।
ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ। बैंकले प्रति इकाइ एक हजार रुपैयाँको दरमा १२ लाख इकाइ सर्वसाधारणलाई बिक्री गर्नेछ।

सर्वसाधारणले ऋणपत्र खरिद गरे पछि प्रत्येक ६/६ महिनामा ८.५ प्रतिशतका दरले व्याज प्राप्त गर्न सक्ने छन्। उक्त ऋणपत्र दोस्रो बजारमा पनि सूचिकृत हुन्छ। नेपाल स्टक एक्सचेन्जले ऋणपत्रलाई अनलाइन कारोबार गर्ने व्यवस्था मिलाएको छ।


Your Views
Related News