काठमाडौ । श्रीमान विदेशमा थिए । यता घरमा श्रीमती र दुइ छोरी घरमा थिए । घरमा हरेकी श्रीमती पवित्रा रावतले घरमा अरु पुरुषसंग फोन सम्पर्क गर्ने गरेको अरुसंग नजिकिएको भन्ने खबर सुनेपछि उनी नेपाल फर्किए । दागंका लक्ष्मण रावत एक वर्ष सम्म श्रीमतीसंगै बसे । एक वर्ष पछि अहिले श्रीमती दुई छोरी र उनले विदेश बस्दा कमाएको ७ लाख रुपैया लिएर हराएको भन्दै श्रीमान मिडियामा आएका छन् ।

श्रीमती घरवाट हराउनु भन्दा एक महिना अघि फोनमा अरुसंग कुराकानी भएको श्रीमानले देखेका थिए । सोही विषयमा श्रीमतीसंग सामान्य विवाद समेत भएको उनले बताएका छन् । श्रीमतीको मोवाइलमा अरुले नै रिचार्ज गरिदिएका हुन्थे । कसले मोवाइलमा रिचार्ज गरिदिन्छ भनेर प्रश्न राख्दा मलाई रिचार्ज गर्ने मान्छे थुप्रै छन् भनेर भन्ने गरेकी थिइन् । यो घटना दागंको हो ।

श्रीमतीले अरुसंगै फोनमा ब्यस्त हुन थालेपछि भएको सामान्य विवाद पछि उनको श्रीमती २ छोरी लिएर हराएकी छन् । विवाद एक महिना अघि भएको थियो । तर एक महिना पछि उनले म दिदीको घरमा जान्छु भनेर राम्रैसंग श्रीमानसंग विदा लिएर उनी छोरी लिएर गएकी थिइन् । असोज १ गते उनी दिदीको घरमा जाने भनेर गएको बताएका छन् ।

श्रीमती हराउनु अघि उनी केही समय अघि एक जना बहिनीसंग सल्यान गएको पनि उनले बताएका छन् । पवित्रासंग संगै सल्यान गएकी युवती पनि अहिले मिडियामा आएकी छन् । त्यतीबेला पवित्राले ति पुरुषलाई भेटेको आफुले देखेको बताएकी छन् । माइतवाट घर फर्कने बेलामा बाटोमा पुरुषलाई भेटेको युवतीले बताएकी छन् ।

पुरुषसंग भेट भएपछि उनीहरुको पनि विवाद भएको आफुले देखेको बताएकी छन् । श्रीमतीले २ छोरी र केही पैसा पनि लिएर गएको बताएका छन् । करिब ७ लाख रुपैया समेत हिनामिना गरेको श्रीमानको आरोप छ । आफु विदेश जाँदा श्रीमतीलाई माइतमा छोडेर गएको बताएका छन् ।

 


Your Views
Related News