काठमाडौँ  । मागी विवाहमा प्राय प्रेम हुँदैन र विवाह केहि रामाइलो हुँदैन भन्ने नयाँ पिढीको अनुमान रहेको छ । तर वास्तवमा परिणाम यसको उल्टो पनि हुनसक्छ । राम्रो जीवनसाथी भए अरेन्ज्ड विवाह पनि प्रेम विवाह भन्दा खुसियाली लाग्न सक्छ ।

बलिवुडको प्रायजसो चलचित्र काल्पनिक हुन्छ तर त्यसको पात्र र भुमिका कहिँ न कहिँ वास्तविक जीवनसंग सम्बन्धित हुन्छ ।

विशेषगरी प्रेम सम्बन्धमा बनेका चलचित्र जसमा केहि दृश्य दर्शकलाई भावुक बनाउने हुन्छ, जहाँ दर्शक त्यस पात्रलाई आफ्नो जीवनको भोगाई संग तुलना गरिरेहेका हुन्छन् ।

त्यस्तै एक विषय हो मागी विवाह, जसको कथामा थुप्रै चलचित्र बनेका छन् र तिनीहरुमा प्रेम सम्बन्धको विभिन्न अंश प्रस्तुत गरिएको छ । ती मध्य पाँच यस्तो चलचित्र जसमा प्रेम, विश्वास र त्यागलाई देखाइएको छ ।

दम लगा के हईशा

चलचित्र दम लगा के हईशाको कथा अन्य चलचित्र भन्दा निकै भिन्न छ तर यसमा यस्तो विषय प्रस्तुत गरिएको थियो जसले सबै दर्शकलाई एक सन्देश दिनुको साथै मन जित्न सफल भयो । आमा बुबाको दवावमा यस्तो केटी संग विवाह गर्नुपर्ने हुन्छ जो केटाको रोजाई भन्दा ठिक उल्टो गुण भएकी हुन्छिन् ।

यस्तो अवस्था वास्तविक जीवनका जोडीहरुमा पनि भएको हुन्छ । चलचित्रमा श्रीमतीको भूमिकामा रहेकी नायिकाले भन्छिन्, “ मेरो श्रीमान मेरो शरीरको मजाक उडाउछन्, हरेक समय मलाई मोटि भन्छन् ।”

तर यस चलचित्रमा श्रीमान श्रीमती बीच हुने समझदारी र समय संगै बढ्दै गएको प्रेम र विश्वासलाई प्रस्तुत गरिएको छ । परफेक्ट लाइफ पार्टनर मतलब सही जीवनसाथी आफ्नो कल्पनाको फेन्टसी संग मेल खाने भन्दा पनि प्रेम गर्ने र हरेक स्थितिमा एक अर्काको साथ रहने हुनुपर्छ ।

रब ने बना दी जोडी

विवाहको कारण कतिपय मानिसको सपना अधुरो हुने गर्दछ तर साथ दिने जीवनसाथी भए उनीहरुको सहयोगले आफ्नो सबै सपना पुरा गर्न सक्छ्न् । यही विषय फिल्म “रब ने बना दी जोडी” मा पनि देखाइएको छ । यस चलचित्रको प्रमुख जोड भनेको जीवनसाथीलाई आफुप्रति प्रेम भावना बनाउनको लागि आफु पनि केहि परित्याग गर्नुपर्छ ।

यदि कसैलाई आफुले चाहेको भन्दा उल्टो व्यक्तित्व भएका साथी संग प्रेम भयो भने पनि सम्बन्ध यति बलियो बनाउनुपर्छ पछि भविष्यको चुनैतीको पनि सामना गर्नसक्ने हुनुपर्छ । प्रेम त्यहि हो जसमा दुई साथी एक अर्कालाई जस्तो छ त्यस्तै स्वरुपमा स्वीकार गर्नसक्छन् ।

विवाह

केवल प्रेम विवाहमा मात्र साँचो प्रेम पाइन्छ भन्ने हुँदैन । जीवनमा एक पटक आफ्नो आमाबुबालाई पनि विश्वास गर्न सिक्नुपर्दछ । के थाहा? यस्तो जीवन साथी मिल्नेछ जसले प्रेम र सम्मान दुवै दिनेछ जो जीवनमा कहिले पनि पाएको हुँदैन । फिल्म विवाहमा पनि यस्तो नीस्वार्थ प्रमको कथा देखाइएको छ ।

विवाहको दिन बेहुलीको पुरै शरीर जलेर खराब हुन्छ तर पनि बेहुलाले उनी संग विवाह गर्छ किनभने उसले केटीको शरीर होइन उनको नेचर र खुबीसंग प्रेम गरेको हुन्छ । जीवनसाथी कसलाई भनिन्छ? यस चलचित्रले राम्रो संग बयान गरेको छ ।

हम दिल दे चुके सनम

दुई प्रेम गर्नेहरुको परिवारले विवाह हुन दिदैनन् र केटीको जबर्जस्ति अरुसंग विवाह गरिदिन्छन् । वास्तविकता थाहा भएपछि श्रीमानले आफ्नो श्रीमतीको खुशीको लागि उनलाई प्रेमीसंग भेट गराउन लैजान्छन् । अन्त्यमा केटीलाई आफ्नो श्रीमान संग साँचो प्रेम भएको थाहा हुन्छ र उसको खुसीको लागि आफ्नो सबै खुसी त्याग्न तयार हुन्छिन् ।

वास्तविक जीवनमा पनि मानिसहरु आफ्नो जीवनमा प्रेमलाई केवल बाहिरी रुप र काल्पनिक मुल्य संग तुलना गरिरहेका हुन्छन् । यदि राम्रो जीवनसाथी चाहिन्छ भने ती सबै कुरालाई बिर्सिएर व्यक्ति र भावनाहरुलाई राम्रो संग बुझ्नुपर्छ ।

नमस्ते लन्डन

फिल्म नमस्ते लन्डनमा छोरीलाई प्लेबोयको चक्करमा फस्नबाट बचाउनको लागि उसको अभिभावक, यस्तो केटा संग विवाह गर्न चाहन्छन् जो आफ्नो मातृभूमिसंग जोडिएको हन्छ ।

जसलाई देखावटी गर्न मन पर्दैन र चुपचाप श्रीमतीलाई प्रेम व्यक्त गर्न मन पराउछन् । अन्त्यमा केटीलाई साँचो प्रेम के हो ? भन्ने थाहा हुन्छ र आफ्नो श्रीमान संग जीवन बिताउछिन् ।

आफ्नो साथी, प्रेमलाई अरुको अगाडी व्यक्त गर्न नजान्ने भएपनि वास्तवमा प्रेम गर्ने हुन्छन् र यसैको कारण जीवनसाथीको हरेक सानो कुराको विचार राख्ने हुन्छन् र उनीहरु आफ्नो पार्टनरको महत्वको बारेमा रामोसंग बुझाउन सक्छन् ।


Your Views
Related News