आज – ०८ आश्विन २०७७ बिहिवार को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ ।
मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ ।
सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धर्म, तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोगपनि मिल्नेछ ।
धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मानसिक चिन्त वढेपनि कार्य क्षेत्रमा प्रगती हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।
कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज भौतिक साधन जुटाउने समय छ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् ।
बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ ।
कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।
कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज प्रेममा सफलता प्राप्त हुनेछ । शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिको सहयोगपनि पाईनेछ ।
बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । घरमा अतिथीको आगमन हुनेछ । संगीतमा रुचिपनि बढ्नेछ ।
मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुपर्ला । आलस्य र थकानको अनुभूति हुनेछ । झुटा आरोपपनि लाग्न सक्छ ।
मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभकार्यको चर्चा चल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ
असोज ३ देखि ९ गते सम्म को राशिफल

मेष
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
ठीक समयमा सही निर्णय लिन सकिनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । आँटेको More…
मिथुन
(का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो साता वैदेशिक कार्य अघि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यवसायका लागि यात्राको सम्भावना More…
सिंह
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो साता रमाइलो यात्राको योग रहेको छ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ । न्यायिक कार्यमा सफलता More…
तुला
(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो साता छोटो दुरीको लाभदायक यात्रा रहला । न्यायिक कार्यमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ More…
धनु
(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो हप्ता आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक र धार्मिक क्षेत्रमा सफलता मिल्नेछ । जीवनसाथीको More…
कुम्भ
(गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो साता अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । आदर्श ब्यक्ति सँगको सहकार्यले More…
वृष
(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन More…
कर्कट
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो हप्ता रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धार्मिक यात्राको योगछ । परीक्षा आदि प्रतिस्पर्धामा More…
कन्या
(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो साता आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आज More…
वृश्चिक
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमाइलो यात्राको योग रहेको छ । काम गर्ने उत्साह र हौसला मिल्नेछ ।
मकर
(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो साता अनावश्यक झमेलामा परिएला । बन्न लागेको काम विग्रीएला । नाक तथा घाँटीमा समस्या आउनेछ ।

मीन
(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो सातामा नजिकको व्यक्तिबाट धोका पाईन सक्छ र मन खिन्न हुने स्थिति आउनसक्छ ।
All authorize resurved by nayanepalmedia.com


Your Views
Related News