काठमाडौं, ८ असाेज । कोभिड–१९ को संक्रमण क्रमशः बढ्दै जाने देखिएकाले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधिमध्ये एन्टिभाइरल औषधि फाभिपाइराभिर ओरल ट्याब्लेट नेपालमा नै उत्पादन थालिएको छ ।

विश्वका धेरै मुलुकले कोभिड–१९ का बिरामीमा परीक्षणपश्चात् प्रयोग गरिरहेको यो औषधि देउराली–जनता फर्मास्युटिकल्स प्रालिले उत्पादन थालेको हो । हालसम्म फाभिपाइराभिर ट्याब औषधि जापान, चीन, रसिया, अमेरिका, टर्की, क्यानडा, भारत र बंगलादेशलगायत धेरै देशमा सरकारले कोभिड–१९ को उपचारका लागि अत्यावश्यक प्रयोग गर्न अनुमति प्रदान गरिसकेको छ ।

कोभिड–१९ ले सम्पूर्ण मानवको स्वास्थ्य र अर्थतन्त्रमा नकारात्मक असर पारेको यस कठिन घडीमा विगत तीन दशकदेखि नेपालमा औषधि उत्पादन गर्ने सो कम्पनीेले औषधि व्यवस्था विभागबाट उत्पादनको अनुमति लिई नेपालमानै पहिलोपटक फाभिर २०० ट्याब्लेट औषधि उत्पादन सुरु गरेको हो ।

हालसम्म फाभिपाइराभिर ट्याब औषधि जापान, चीन, रसिया, अमेरिका, टर्की, क्यानडा, भारत र बंगलादेशलगायत धेरै देशमा सरकारले कोभिड–१९ को उपचारका लागि अत्यावश्यक प्रयोग गर्न अनुमति प्रदान गरिसकेको छ ।

कोभिड–१९ को उपचारका लागि क्लिनिकल अध्ययन प्रयोजनको लागि उपलब्ध गराउने गरी औषधि व्यवस्था विभागबाट मंगलबार स्वीकृति पाएको थियो ।

कम्पनीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को तŒवावधानमा कोभिड–१९ को उपचारका लागि सो औषधिलाई इन्भेस्टिगेस्नल ड्रग फर इमर्जेन्सी युज को अनुसन्धान गर्न क्लिनिकल स्टडिजगरी त्यसको प्रभावकारिताको समेत नेपालकै बिरामीमा अध्ययन गर्न सहकार्य गर्ने तैयारीसमेत गरिरहेको बताइएको छ । कोभिड–१९ का बिरामीको उपचार÷प्रयोगका लागि चिकित्सकको सिफारिस र निगरानीमा मात्र अनुसन्धानार्थ सो औषधि उपलब्ध हुनेगरी औषधि व्यवस्था विभागबाट स्वीकृति प्राप्त भएको पनि सो कम्पनीले उल्लेख गरेको छ ।

महामारीको यस विषम परिस्थितिमा फाभिर–२०० नामक औषधिलाई नेपाली जनताको उपयोगका लागि उपलब्ध गराउन नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट माग वा निर्देशन भएमा कोभिड–१९ का बिरामीको उपचारका लागि आवश्यक मात्रामा तुरुन्तै उपलब्ध गराउन कम्पनीले सम्पूर्ण तैयारी गरिसकेको पनि बताइएको छ ।

उत्पादन थालेसँगै नेपाल यो औषधि उत्पादन गर्ने आठांै देश भएको छ ।नेपालमै पहिलोपटकउत्पादन गरी कोभिड–१९ बिरामीको उपचारमा समेत योगदान पु-याउन सकेकोमा देउराली–जनता परिवार गौरवान्वित भएको कम्पनीका अध्यक्ष हरिभक्त शर्माले बताए ।

सो कम्पनीमा कार्यरत स्वदेशी र विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका दक्ष वैज्ञानिक र प्राविधिकलाई यस्तो विषम परिस्थितिमा विगत ६ महिनादेखि निरन्तर र अथक परिश्रम गरी आफ्नो व्यावसायिक जिम्मेवारी निर्वाह गर्दै यो महत्वपूर्ण औषधि नेपाली जनतालाई शीघ्र उपलब्ध गराउन सफलता प्राप्त गरेकामा कम्पनीले आभार प्रकट गरेको छ ।

READ MORE

शनिबारसम्म देशभर वर्षा हुने

काठमाडौं, ८ असाेज । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको मध्य भु-भागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र पश्चिम-उत्तर-पश्चिम सर्दैछ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम वर्षा भइरहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ।

नेपालमा मनसुनको बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ रहेता पनि यस वर्षको मनसुन हालसम्म सक्रिय अवस्थामा नै रहेको छ। आगामी ३ दिनसम्म नेपालका धेरै स्थानमा बदली भई मेघगर्जन/चट्याङ/हावाहुरी सहितको वर्षा तथा केही स्थानमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले बिहान निकालेको मौसम बुलेटिनमा आज दिउँसो देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ। सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहितमध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १-२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

शुक्रबार दिउँसो देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा र १-२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। राती प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा र १-२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र प्रदेश नं २ का १-२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुटवल तिनाउनदीमा बाढी आएर जलसतहले खतरातह पार गरेको महाशाखाले जनाएको छ। महाशाखा अनुसार तिनाउ नदी तटिय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा दिउँसो सम्मै उच्चसतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाद्वारा जारी बुलेटिनमा भनिएको छ, ‘ सबै प्रदेशका धेरै स्थानमा भारी वर्षा साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’


Your Views
Related News