वासिङ्टन डीसी : जोन्सन एन्ड जोन्सनले बुधवार कोभिड १९ विरुद्धको खोप परीक्षणको तेस्रो चरणमा पुगेको जनाएको छ। दुई चरणको क्लिनिकल ट्रायल सकारात्मक देखिएपछि तेस्रो चरणमा प्रवेश गरेको बुधवार जानकारी दिइयो। तेस्रो चरणमा ६० हजार मानिसमा यसको प्रयोग हुनेछ।

जोन्सन एन्ड जोन्सन र अमेरिकाको नेसनल इन्स्टिच्युट फर हेल्थका अनुसार विश्वका विभिन्न मुलुकका २ सय ठाउँका ६० हजारभन्दा धेरै स्वयमसेवीमा यसको क्लिनिकल ट्रायल हुनेछ।

तेस्रो चरणमा प्रवेशसँगै जोन्सन एन्ड जोन्सन विश्वको १० औं कम्पनी भएको छ जसले कोभिड १९ को क्लिनिकल ट्रायलमा यस चरणको सफलता पायो। नेसनल इन्स्टिच्युट फर हेल्थको अनुदान समेत रहेकाले कम्पनीले तयार गर्न लागेको खोप व्यापारमुखि नहुने बताइएको छ। तेस्रो चरणमा सफलता मिल्यो भने सन् २०२१ को सुरुमा नै यसलाई प्रयोगमा ल्याउन सकिने छ।

READ MORE

चार किलोको पहिरोले फेरि रोक्यो नारायणगढ–मुग्लिन सडक

चितवन : नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधवार राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो।

जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टकाअनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक अबरुद्ध भएको हो। सोही स्थानमा बुधवार दिउँसो ४:३० बजे पहिरो खसेको थियो। पहिरो पन्छाएपछि साँझ ७ बजेदेखि सडक सञ्चालन गरिएको थियो।

यता पृथ्वी राजमार्गको नारायणगढ–नौविसे सडक खण्डअन्तर्गत कुरिनटारको पहिरो पन्छाएर बुधवार राति नै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ। साँझ पहिरो खसेसँगै अबरुद्ध सडक राति नै पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको हो। केही दिन यताको निरन्तरको वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ।


Your Views
Related News