काठमाडौं : हालसम्म नेपालमा कोभिड-१९ संक्रमितको संख्या ६७हजार ८०४ पुगेको छ। संक्रमण पुष्टि भएका मध्ये हालसम्म १७ हजार ४१४ जना सक्रिय संक्रमित छन्। संक्रमण पुष्टि भएका मध्ये ९ हजार जना संक्रमित होम आइसोलेसनमा छन् भने बाँकी संस्थागत आइसोलेसनमा रहेका छन्।

हालसम्म कोभिड-१९ को उपचारका लागि कुनै प्रभावकारी औषधि तयार भई सकेको छैन। यस्तो अवस्थामा संक्रमितहरुको शारीरिक प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनुको विकल्प छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ संक्रमित व्यक्तिहरुको लागि पोषणस सम्बन्धी अन्तरिम निर्देशिका सार्वजनिक गरेको छ। मन्त्रितरीय निर्णयबाट भदौ २९ गते स्वीकृत निर्देशिकामा संक्रमणको दर, संक्रमणको जोखिम र मृत्युमा व्यक्तिको पोषण अवस्थाले प्रत्यक्ष प्रभाव पारिरहेको भन्दै कोभिड १९ बाट संक्रमित व्यक्तिहरुको जीवन रक्षाका लागि उपयुक्त पोषण अत्यावश्यक भएको उल्लेख छ।

कोभिड-१९ संक्रमित गर्भवती तथा सुत्केरी महिलाले के खाने?

कोभिड १९ संक्रमित गर्भवती वा सुत्केरी अवस्थामा क्यालोरी, प्रोटिन तथा अन्य पोषक तत्वहरुले आवश्यकता पनि बढि हुने भएकाले स्वस्थ, पोषिलो र सन्तुलित खानाको आवश्यकता हुन्छ। गर्भावस्था र सुत्केरी अवस्था पोषणका दृष्टिकोणले अत्यन्तै महत्वपुर्ण अवस्था भएकाले यस्तो अवस्थाका महिलाहरुमा कोभिड १९ संक्रमण भएमा खानपानमा निम्न अनुसार विशेष ख्याल पुयाउनु पर्दछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको निर्देशिकामा यस्तो छ आहार व्यवहार:

क. गर्भावस्थामा साविकको भन्दा थप १ पटक पोषिलो खाना तथा स्तनपान गराईरहेको बेला थप २ पटक पोषिलो खाना खाने।

ख. हरेक छाकमा कुनै न कुनै अन्न, गेडागुडी, पशुपंक्षी जन्य (दूध, मासु, अण्डा), सागपात तथा फलफूल गरि विभिन्न चार समुहबाट खानेकुराहरु मिलाएर खाने।

ग. आइरन तथा फोलेट पाइने खाना (माछा, मासु र कलेजो, टुसा उमारेको गेडागुडी, गाढा हरियो सागपातहरु) नियमित खाने। यी सानाहरुबाट पर्याप्त मात्रामा आइरन प्राप्त गर्न भिटामिन सी युक्त खानेकुराहरु जस्तै : अम्बा, सुन्तला, कागती, अमला आदि पनि सँगसँगै खाने।

घ भिटामिन ए धेरै पाइने खानेकुराहरु (अण्डा, कलेजो, मेवा, आँप, गाँजर, पहेंलो फर्सि, गाढा हरियो सागपात) नियमित र प्रसस्त खाने।

ङ. कोभिड १९ संक्रमित गर्भवती तथा सुत्केरी महिलाहरुले नियमित खाँदै आएको आइरन फोलिक एसिड चक्कीलाई निरन्तरता दिने।

च. कोभिड १९ संक्रमित गर्भवती तथा सुत्केरी महिलाहरुमा थप जटिलता आउन नदिन उनीहरुलाई विशेष हेरविचार साथै मनोसामाजिक सहयोग तथा परामर्शको व्यवस्था गर्ने।

छ. बिहान, बेलुका बेसार पानी वा दूधमा बेसार राखेर पिउने।

ज. रोग प्रतिरोधी क्षमता बढाउने पोषक तत्व पाइने खानेकुराहरु प्रशस्त मात्रामा खाने। भिटामिन ए, भिटामिन सि, भिटामिन इ, जिङ्गजस्ता पोषक तत्वहरुलाई रोगप्रतिरोधी क्षमता बढाउने पोषक का रुपमा लिइन्छ।

भ. चिकित्सकको सल्लाह लिइ दैनिक रुपमा सामान्य कसरत गर्ने, चिन्तामुक्त रहने।

न. धेरै नुन वा चिनि भएका बजारिया खानेकुरा नखाने।

ट. बट्टा (क्यान) मा लामो समय राखेका परिकारहरु नखाने।

ठ. कार्बोनेटेड पेय पदार्थ नखाने।

ड. चिल्लो, तारेको खानेकुराहरु नखाने।

ढ. धुम्रपान र मध्यपान नगर्ने।

नवजात शिशुहरुमा कोभिड-१९ को संक्रमण देखिए पनि स्तनपानलाई निरन्तरता दिनुपर्ने निर्देशिकामा उल्लेख छ।

त्यसका लागि प्रयाप्त सावधानी अपनाउन निर्देशिकामा भनिएको छ। त्यसरी आमा वा शिशु मध्ये कुनै एकमा संक्रमण देखिएको भए शिशुको सम्पर्कमा आउनु अगाडि अनिवार्य रुपमा साबुन पानीले कम्तीमा हात मिचिमिचि धुने तथा मास्क लगाउनुपर्नेछ।

यदी संक्रमित महिला स्वास्थ्य संस्थामा प्रसुती भएमा जतिसक्दो चाँडो एक घण्टाभित्रै स्तनपान गराउन भनिएको छ।

यदी आमाको अवस्था गम्भिर रहेको संक्रमणको जटिलता बढी भए शिशुसँग सम्पर्क नगराउने र आमाको दुध निचोरेर वा धाईआमा मार्फत दुध खुवाउने निर्देशिकामा उल्लेख छ।

स्तनपान गराउने तरिका:

यसैबीच बालबालिका लागि पनि पोषण सम्बन्धी व्यवस्थासमेत गरेको छ। कोभिड-१९ संक्रमित बालबालिकाका लागि दैनिक कम्तिमा ५ पटक सम्म खाना खाजाको दिने र जसमध्ये दिनमा दुई पटक खान र तीन पटक खाजा दिने व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।

त्यस्तै खोकी लाग्न नदिन र कम गर्न महसमेत दिने तथा घाँटी दुख्न कम गर्न मह, अदुवा, बेसार खुवाउन भनिएको छ।

बालबालिकालाई कम्तिमा चार प्रकारका खानेकुरा खुवाउन निर्देशिकामा भनिएको छ। (१) अन्न तथा कन्दमुलहरु, (२) गेडागुडी तथा दालहरु, (३) सागपात तथा फलफूल, (४) पशु पंक्षी जन्य स्रोतहरु जस्तै (दुध, अण्डा, माछा, मासु समेटिनुपर्छ। ‘उदाहरणका लागि एउटा बालीमा एक कचौरा बराबरको भात, एक कचौरा दाल, एक सानो कचौरा हरियो सागसब्जी, ३ – ४ टुका मासु राख्न सकिन्छ,’ निर्देशिकामा भनिएको छ।

 


Your Views
Related News