असोज ८ । नवलपुर जिल्लाकाे दाउन्नेमा पहिरो जादा महेन्द्र राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण विनयी त्रिवेणी गाउँपालिका दाउन्ने स्थित विश्वकर्मा मन्दिर नजिक पहिरो जादा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनु भयाे।

तीनदिन देखि अविरल वर्षाका कारण आज बिहान ७ बजेबाट राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । दाउन्ने खण्डको बिभिन्न स्थानमा पहिरो खसेको प्रहरी नायव उपरीक्षक खाँणले बताउनु भयो ।

गएराति चार स्थानमा साना साना पहिरो खसेर एक तर्फी रुपमा यातायात संचालन भएकोमा अहिले बिहान ७ बजे विश्वकर्मा मन्दिर नजिक फेरी पहिरो गएपछी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको उहाँले बताउनु भएको छ । राजमार्गमा झरेको पहिरो पन्छाउन सुरु गरिएको छ । तर वर्ष भईरहेकाले पहिरो खस्ने क्रम समेत नरोकिएकाले पूर्ण रुपमा यातायात संचालनमा आउन केही समय लाग्ने उहाँले बताउनुभयो । गएरातिनै मध्यविन्दु नगरपालिका स्थित फुलबारीमा समेत पहिरो खसेका कारण यहाँ समेत यातायात एकतर्फी रुपमा संचालन भईरहेको छ ।

दाउन्ने खण्डमा वर्षाको समयमा सधैं जसो साना ठुलो पहिरो जाने गरेको छ । जसले गर्दा पटक पटक राजमार्ग अवरुद्ध हुने गरेको छ । यहाँ पहिरो रोकथामका लागि भने वर्षा पूर्वनै खासै पहल हुने गरेको छैन् । जसले गर्दा वर्षाका समयमा यस खण्डामा पहिरो जादा यात्रुले सास्ती भोग्दै आएका छन् ।

READ MORE

स्याङ्जामा पहिरोले घर पुरिँदा ८ जना बेपत्ता ,२ जनाको मृत्यु


Your Views
Related News