काठमाडौं/  भारतको सबैभन्दा लोकप्रिय किक्रेट प्रतियोगिता ‘आइपीएल’ मन नपराउने सायदै कोहि नेपाली होलान् । युवाहरुमा निकै लोकप्रिय क्रिकेट प्रतियोगिता अझ त्यसमा पनि आफ्नै नेपाली खेलाडी (सन्दीप लामिछाने) खेल्ने भएपछि विगतको समयमा आइपीएल नेपालमा अझै बढी प्रख्यात भएको छ ।

आइपीएल खेल्ने देखी लिएर प्रत्यक्ष प्रसारण गर्नमा पनि नेपाली व्यक्तिको हात रहेको खुल्न आएको छ । आइपीएललाई विश्वभरि प्रसारण गर्न र उक्त प्रतियोगितालाई अझ बढी आकर्षित बनाउन नेपालका हर्कबहादुर कैनी (हरी) को ठूलो भूमिका रहेको छ ।

सुदूरपश्चिमको डडेल्धुरा जन्मेका हरी कैनीले हामीले टेलिभिजनमा हेर्ने भारतीय किक्रेट खेललाई आकर्षक बनाएर देखाउँछन्। हरेक रोमाञ्चक दृश्यहरुलाई दर्शकसामु पुर्याउने प्राविधिक टोलीमा कार्यरत उनी एक भिजन इन्जिनियर हुन। उनले कक्ट्रोल रुममा बसेर क्यामेरा कन्ट्रोल गर्नुका साथै क्यामेराको रंग म्याचिङको काम गर्छन्।

यस वर्षको आइपिएलमा उनी त्यहि काम गर्दैछन्। उनले युएईबाट आइपिएलको प्रत्यक्ष प्रसारण गरिरहेका छन्। उनले आइतबार आइपिएलको दोस्रो खेल दिल्ली क्यापिटल्स र किंग्स ११ पन्जाबबीचको प्रत्यक्ष प्रसारण गरेका थिए। त्यती मात्र नभएर उनले विगतमा विश्वकप क्रिकेट, आइपिएल, विश्वकप कवड्डि, बहुचर्चित आइफा एवार्ड लगायतका विभिन्न इभेन्टस्को प्रत्यक्ष प्रसारण गरेका छन् ।

आइपिएलका लागि भनेर १ सेप्टेम्भरमा उनी डडेल्धुराबाट दिल्ली गएका थिए। त्यसपछि दिल्लीबाट ७ सेप्टेम्भर उनी दुबई गएका थिए।
ताज होटेलमा केहि दिन क्वारेन्टिन बसेपछि उनको काम सुरु भयो जसअनुसार १५ सेप्टेम्भर देखि १९ सेप्टेम्भरसम्म उनले सेटअपको काम सकेका थिए।

डडेल्धुराको अमरगढी नगरपालिका –७ मा २०३३ सालमा जन्मेका उनले स्थानीय उग्रतारा माविबाट २०५२ सालमा एसएलसी उत्तिर्ण गरेका थिए। अगाडि पढ्ने मन भएता पनि घरको आर्थिक अवस्था  कारण उनले पढाई भन्दा पैसा कमाउनु पर्ने भयो । घरको जेठो छोरो भएका कारण पनि उनीमा अझ बढी जिम्मेवारी थपियो । काम खोज्न भारत हिँडेका उनले धेरै दुः ख र कष्ट भोग्नु परेको थियो तर, अन्तयमा आएर उनले यस्तो सिप सिके जसले उनलाई विदेशी भूमिमा पनि सम्मान र धन कमाउन मदत गर्यो ।

उनको सिपले उनलाई विश्वका धेरै देशहरु घुमाएको छ । उनले कामकै सिलसिलामा इंगल्याण्ड, मलेसिया, सिंगापुर, मकाउ, श्रीलंका, बंगलादेश, दुबई, साउथ अफ्रिका, वेस्ट इण्डिज, क्यानडाजस्ता थुप्रै देशहरु घुमिसकेका छन् ।

उनी २०१८ र २०१९ को आइपिएलको प्रत्यक्ष प्रसारणको टोलीमा सदस्य थिए। उनको मिहिनेत र निष्ठाले नै उनलाई अहिले सफलताको शिखरमा पुराएको छ ।

 

READ MORE

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड २० लाख नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड २० लाख नाघेको छ।योसहित विश्वभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ लाख ८१ हजार पुगेको छ। २ करोड ३६ लाख भन्दा बढी मानिस भने उपचारपछि निको भएका छन्।

पछिल्लो २४ घण्टामा मात्रै विश्वमा ३ लाख ११ हजारभन्दा बढी संक्रमित थपिएका छन्।
सबैभन्दा धेरै भारतमा ८९ हजार ६८८, अमेरिकामा ३९ हजार ५३५ तथा ब्राजिलमा ३२ हजार ४४५ जना संक्रमित थपिएका छन्। यस्तै अर्जेन्टिनामा १२ हजार ६२५, फ्रान्समा १३ हजार तथा बेलायतमा ६ हजार बढी संक्रमित थपिएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४२३ जनाको मृत्यु भएको छ। भारतमा ११ सय ५२, अमेरिकामा १ हजार ५२ तथा ब्राजिलमा ९ सय ६ जनाको मृत्यु भएको छ।


Your Views
Related News