बझाङको मष्टा गाउँपालिकामा एक १२ वर्षिया बालिकाको हत्या भएको छ । बालिकाको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको हो ।

बुधबार साँझ गोठमा गाइवस्तुलाई घाँस हाल्न हिडेकी मष्टा गाउँपालिका २ खिकाला बस्ने १२ वर्षीया बालिका सम्झना कामीको हत्या भएको अवस्थामा शव फेला परेको बझाङ प्रहरी प्रमुख रुपक खड्काले बताए । उनका अनुसार बालिकाको शव स्थानीय शिव मन्दिरभित्र शरिरको तल्लो भाग नग्न अवस्थामा फेला परेको छ । उनको कानमा लगाइएका मुन्द्री पनि गायब रहेका छन् ।

बुधबार राति ९ः४५ बजे बालिकालाई खोज्दै जाँदा मन्दिरभित्र भेटिएकी मष्टाका स्थानीय विनोद कठायतले बताए । थप अनुसन्धानका लागि बुधबार राति नै प्रहरी उपरिक्षक रुपक खड्कासहितको टोली घटनास्थल तर्फ गएको छ । शवलाई पोष्ट मार्टमका लागि सिमखेत ल्याइदैछ । हत्या आशंकामा एक जनालाई पक्राउ गरिएको डिएसपी खड्काले बताए ।

READ MORE

नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध


Your Views
Related News