मोतीपुर । मोरङको ग्रामथान गाउँपालिका–४ मोतीपुरस्थित माइतीमा बस्दै आएकी थिइन्, ३५ वर्षीया सीता कटवाल (अधिकारी)। सीता अरू दिनझैं आइतबार बिहान ७ बजेतिर कान्छी छोरीसँग माछालाई चराबाट जोगाउन पोखरी रुँघ्न गइन्। ठूली छोरी आमा र बहिनीलाई खाना लिएर बिहान १० बजेतिर त्यतै गइन्। भाइबुहारी मञ्जु कटवालले खानासँगै दिउँसोको खाजामा गहुँको रोटी पठाएकी थिइन्। तर, त्यस दिन त्यही पोखरीले तीन आमा–छोरीलाई निलिदियो !

सीता र उनका दुई छोरी आइतबार राति त्यही पोखरीमा मृ त अवस्थामा भेटिए। प्रहरीले तीनै जनाको शव राति १०बजे पोखरीबाट निकाल्यो। डोको, नाम्लो, हँसिया र रोटी भने पोखरीकै डिलमा भेटिएको स्थानीयको भनाइ छ। शव निकाल्दा कान्छी छोरीको शरीरमा कपडा थिएन। जेठीले भित्री वस्त्र लगाएको र आमाको शव पूरै कपडा लगाएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए।

घटनाको प्रकृति हेर्दा पोखरीमा माछा रुँघ्ने क्रममा गर्मी भएपछि छोरीहरू पौडी खेल्न पसेको र निस्किन नसकेपछि उद्धार गर्न गएकी आमाको छोरीहरूसँगै डुबेर मृ त्यु भएको हुन सक्ने ढकालको अनुमान छ।

तीनै जना पोखरीबाट नफर्किएपछि कान्छो भाइ प्रेमकी श्रीमती मञ्जुले ५ वर्षकी छोरी र छिमेकी १३ वर्षीया बालिकालाई हेर्न पठाएकी रहिछन्। तर, कतै नदेखेपछि दुवै जना फर्किए। त्यसपछि छरछिमेकीलाई लिएर मञ्जु पोखरीतिर गइन्।

‘जाँदा डोको, नाम्लो र हँ सि या पोखरीको डिलमा थियो’, उनले भनिन्, ‘खाजाका लागि भनेर बिहान पठाएको रोटी पनि डोकोले छोपेको अवस्थामा भेटियो। भान्जीहरूको कपडा पनि पोखरीकै डिलमा थियो। अमाजू दिदी र भान्जीहरू भने भेट्टिनु भएन।’

READ MORE

रोकिदैन पानी, अझै १० दिन यस्तै झरी पर्ने !

काठमाडौँ – यो वर्षको मनुसन अझै सक्रिय छ तर देशभर औसतभन्दा बढी वर्षा भइसकेको मौसमविदले बताएका छन् ।नेपालमा सामान्यतया जुन १० मा पूर्वबाट भित्रने मनसुन सेप्टेम्बर २३ मा पश्चिमबाट बाहिरिन्छ । तर यो वर्षको मनसुन अझै सक्रिय रहेको छ । मनसुन कम्तीमा अझै हप्ता १० दिन जारी रहने मौसमविद वरुण पौडेलले बताएका छन् ।मनसुन अवधिमा नेपालमा औसत करिब १५ सय मिलिमिटिर पानी पर्छ । यो वर्ष दुई दिन ढिला गरी अर्थात जुन १२ मा पूर्वबाट प्रवेश गरेको मनसुन लगातार सक्रिय रहेकाले औसतभन्दा धेरै वर्षा भएको हो ।

मौसमविद पौडेलले भने, ‘औसतको आँकडा भन्दा १० प्रतिशतसम्म बढी वर्षा भएमा औसतमै मानिन्छ । १० वा त्यो भन्दा बढी प्रतिशत वर्षा भएमा औसतभन्दा बढी वर्षा हो । यो वर्ष भने देशभरका पूर्ण क्षमताका १६ वटा स्टेशनको मापनमा औसतभन्दा बढी वर्षा भइसकेको देखिएको छ ।’उनले अघि भने, ‘अहिले पनि मौसमी गतिविधि सक्रिय रहेको छ । अझै पानी पर्ने देखिएकाले यो वर्षको मनसुनमा औसत भन्दा अझै धेरै पानी पर्ने देखिन्छ ।’पछिल्ला केही वर्षदेखि मनसुन केही ढिला गरी भित्रिएर अझ ढिला गरी बाहिरिने गरेको छ ।

मौसमविदले पौडेलले भने, ‘पछिल्लो चार–पाँच वर्षमा अक्टोबर लागेपछि मात्रै मनसुन बाहिरिएको छ। यो वर्ष पनि अक्टोबर लागेपछि मात्रै मनसुन नेपालबाट बाहिरिने देखिन्छ ।’गएको वर्ष अक्टोबर १२ मा मनसुन नेपालबाट बाहिरिएको थियो । तर यो वर्षजस्तो पानी भने परेको थिएन ।मनसुन भित्रिन पनि ढिला हुने र ढिलै गरी बाहिरिने गरेकाले विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तनको प्रभावका कारण मनसुनी चक्र नै प्रभावित वा सरेको हुन सक्ने मौसमविदको भनाइ छ। तर यसमा अनुसन्धानको खाँचो रहेको मौसमविद पौडेलले बताए ।


Your Views
Related News