काठमाडौं/  लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् ।
भर्खरै लगाइएका तरकारीका बेर्ना र उम्रदै गरेका सागसब्जीका बिरुवा लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसानको पिरलो बढेको हो।

अहिले बारीमा भर्खरै रोपिएका कोभी, भाण्टा, खोर्सानी र अरू तरकारीका बेर्ना चोटिलो वर्षाको पानीले सोत्तर बनाएको छ ।
घिरौँला, झिँगनी, लौका, चिचिण्डा, काँक्रा, परवल र करेलासहितका लहरे तरकारीका बेला पनि लगातारको पानीले गलाएर पहेँलिएका छन्।

भदौ निगल्दोको वर्षा र अहिले लगातार तीन दिनदेखि परिरहेको पानीले यसपालि हिउँदे तरकारी खेतीबाट हात धुने अवस्था बनेको किसानको दुखेसो छ।

लगातारको वर्षाले तरकारी बाली खेतबारीमै गलाएपछि किसान पिरोलिनेसँगै बजारमा तरकारीको मूल्य आकाशिएको छ ।
किसानका खेतबारीमा तरकारी नभएपछि बजार उपभोक्ता पनि महँगाइको मारमा परेका छन्।

महोत्तरीका १५ स्थानीय तहका कार्यालयको आँकडाअनुसार जिल्लामा १० हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती लगाइँदै आएको देखिन्छ ।
लगातारको वर्षाले जिल्लाका ग्रामीण सडकमात्र नभएर मुख्य सडक नै हिलाम्य भएका छन्।

बर्दिवास–रामगोपालपुर–जलेश्वर, सम्सी–मनरा–जलेश्वर, सम्सी–लोहारपट्टी–जनकपुर र जलेश्वर–रौजा–बर्दिवास सडकमा हिलो जमेर साना सवारी साधन पनि चल्न सकेका छैनन्।

तरकारी बाली र सडक यातायातमा असजिलो बढे पनि पछिल्लो वर्षाले पोटाउन लागेको धानबालीलाई भने अमृतकै काम गरेको किसान बताउँछन्।

जिल्लामा यसपटक ४० हजार हेक्टर क्षेत्रफलमा हिउँदे धान खेती गरिएको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय महोत्तरी जलेश्वरले जनाएको छ।

READ MORE

बारामा १२ लाख भन्दा बढी नक्कली नेपाली रुपैयाँ सहित दुईजना पक्राउ

कठमाडौं/  बारामा १२ लाख भन्दा बढी नक्कली नेपाली रुपैयाँ सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बारास्थित प्रहरीले
भारतिय सीमानासंग जोडिएको सिम्रौनगढ नगरपालिका ९ बसवरिया नहर नजिकैबाट नेपाली १२ लाख १६ हजार नक्कली नोट सहित दुई जनालाई बुधवार साँझ पक्राउ गरेको हो ।

उनीहरुबाट एकहजार दरका १ हजार २१६ थना नेपाली नक्कली नोट फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका ५ सिंघासनी गाँउका २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तरगत झरौखर घरभएका २७ बर्षिय संदिप कुमार रहेका छन् ।

चोरीका मोबाइल खरीदबिक्री भैरहेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले बुधबार साँझ नक्कली नोट सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ दुबैजनालाई जिल्ला नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Your Views
Related News