नेपाल कम्यूनिष्ट पार्टी ९नेकपा० कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले दुई वर्षभित्र बृद्धभत्ता रु पाँच हजार पुग्ने बताएका छन् । पोखरा महानगरपालिका वडा नं १७ सितापाईलास्थित पोखरा बृद्धाश्रमको २४ औं वार्षिक साधारणसभा तथा विशेष अधिवेशनको बुधबार यहाँ उद्घाटन गर्दै उनले सरकारले जेष्ठ नागरिकलाई सार्वजनिक यातायात सुविधासहित निःशुल्क स्वास्थ्य उपचारको नीति लिएको बताए ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण मुलुकमा परेको अप्ठेरो परिस्थितीका कारण यस वर्षमा बृद्धभत्तामा केही बृद्धि गरे पनि लक्ष्यमा पुग्न नसकेको उनको भनाइ छ । जेष्ठ नागरिकले प्राप्त गर्ने सेवा सुविधामा वर्तमान सरकारले कुनै किसिमको कन्जुस्याई नगर्नेमा बताउँदै थापाले सामाजिक सुरक्षाका हरेक विषयलाई उच्च प्राथमिकताका साथ अघि बढाएको धारणा राखे । तीनै तहका सरकारले सामाजिक न्यायसहित विकास निर्माणलाई अघि बढाएको बताउँदै थापाले त्यसको प्रतिफल देखिन समय लाग्ने बताए ।

वृद्धाश्रमका कार्यवाहक अध्यक्ष कुशुम केशव पराजुलीले आश्रम सञ्चालनको क्रममा विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमणले प्रभावित बनाएको बताउँदै यस विषम परिस्थितीमा पनि सहयोगी दाताको निरन्तर सहयोग प्राप्त भएको जानकारी दिनुभयो । आगामी दिनमा आश्रमको सञ्चालनका लागि दीर्घकालीन सोचका साथ अघि बढिएको उल्लेख गर्दै उनले तीनै तहका सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए । पोखरा महानर–१७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले भगवान सरहका आमा बाबुलाई घरमै राखेर माया ममता प्रदान गर्नुपर्नेमा जोड दिंँदै समाजका विपन्न एवम् असहाय जेष्ठ नागरिकका लागि बृद्धाश्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । सेतीनदी माथिको प्राकृतिक पुल, सदा शिव हरिहर, सिताको पाईला, अकला मन्दिरलगायत प्राकृतिक तथा धार्मिक महत्व बोकेको यस स्थाललाई पर्यटकीय स्थलकोरुपमा विकास गरिनु पर्नेमा उनको जोड थियो ।

उक्त अवसरमा पोखरा–१६ अर्मलाका फरक क्षमता भएका कृष्णप्रसाद भट्टराईले बृद्धाश्रमको निरन्तरताका लागि सञ्चालन गरिएको अक्षयकोषमा जम्मा हुने गरी रु।२५ हजार प्रदान गरे । कोषमा हालसम्म ६० लाख बढी रकम सङ्कलन भएको छ भने रु पाँच करोड पु¥याउने संस्थाले लक्ष्य लिएको छ । विभिन्न जिल्लाका ५५ जना बृद्धवृद्धा तथा सेवक सेवीका कार्यतरत रहेको वृद्धाश्रम सञ्चालनका लागि मासिक रु सात लाख ५० हजार खर्च लाग्ने गरेको संस्थाका सचिव केशव लम्सालले जानकारी दिए । कार्यक्रममा कार्यवाहक कोषाध्यक्ष मनुमाया खत्रीले एक करोड ४४ लाख बराबरको वार्षिक आयव्यय तथा सहसचिव दीपक आचार्यले आश्रमको भावि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

READ MORE

लोकतन्त्र र समृद्धिको विषाणु “म र मेरो मोह”

प्रा.डा. अक्कलदेव मिश्र
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकारको जनप्रतिनिधिको संरचना फर्केर एकपटक हेर्दा हाम्रो जस्तो देशको अर्थतन्त्रका लागि केही बोझिलो देखिन थाल्यो । विकास र निर्माणमा भन्दा जनप्रतिनिधिको आर्थिक, भौतिक र सामाजिक व्यवस्थापनमा राज्यले ठुलो व्ययभार थेग्नु पर्‍यो । यति गर्दा पनि जनताले सन्तुष्टि प्राप्त गर्न नसकेको अवस्था छ । यहाँ म र मेरोको गोलचक्करबाट नेतृत्व बाहिर आउन सकेको अवस्था छैन । जसले गर्दा जनतामा र राष्ट्र सेवकमा एक किसिमको निरासा छाएको छ । नितान्त क्षणिक जीवनमा यस्तो “म र मेरो मोह” अज्ञानताको एउटा पोको मात्रै हो । यसले संरक्षित र संस्थागत विकृति मात्रै निम्त्याउने गर्दछ । त्यसैले यो मोहलाई लोकतन्त्रको एउटा अब्बल बिषाणुको रूपमा लिन सकिन्छ । हामी र हाम्रो भन्ने भावना जागृत नभएसम्म यो बिषाणुले आक्रमण गरी राख्छ । सामाजिक रोगको श्रृङ्खला चली राख्छ र देश समृद्धितिर लम्कन सक्दैन ।
नेपालको संविधान २०७२ द्वारा निर्दिष्ट स्थानीय, प्रादेशिक र संघीय संरचना अनुसार ५०३ वटा निर्वाचन क्षेत्र तथा ७५३ स्थानीय एकाईहरूमा कुल ३६,१०५ जना जनप्रतिनिधिको व्यवस्था गरिएको छ ।
१. संघीय संसद
प्रतिनिधि सभा सदस्य प्रत्यक्ष निर्वाचित : १६५ जना
प्रतिनिधि सभा सदस्य समानुपातिक : ११० जना
राष्ट्रिय सभा सदस्य ७ प्रदेशबाट : ७×८=५६ जना
राष्ट्रिय सभा सदस्य राष्ट्रपतिबाट मनोनीत : ३ जना
जम्मा संघीय संसद सदस्य : ३३४ जना
२. प्रदेश संसद
प्रदेश सभा सदस्य प्रतक्ष निर्वाचित : ३३० जना
प्रदेश सभा सदस्य समानुपातिक : २२० जना
जम्मा प्रदेश सभा सदस्य: ५५० जना
३. स्थानीय एकाईहरू
महानगरपालिका- ६, उप-महानगरपालिका-११, नगरपालिका-२७६ र गाउँपालिका-४६० रहेका छन् ।
मेयर : २९३
उपमेयर : २९३
गाउँपालिका अध्यक्ष : ४६०
गाउँपालिका उपाध्यक्ष : ४६०
वडा अध्यक्ष : ६७४३
वडा सदस्य दलित : ६७४३
वडा सदस्य महिला : ६७४३
वडा सदस्य खुल्ला : १३४८६
जम्मा स्थानीय एकाई जनप्रतिनिधि : ३५,२२१
यसरी संघीय संसद, प्रदेश संसद र स्थानीय एकाईमा गरि जम्मा जनप्रतिनिधिको संख्या ३३४+५५०+३५२२१= ३६,१०५ जना हुन्छ । यी सबै जनप्रतिनिधिले निस्वार्थ भावले राष्ट्र र जनताको सेवामा समर्पित हुने हो भने सानो भूगोल भएको हाम्रो देशको समृद्धि छोटो समयमा नै सम्भव छ । यहाँ प्रतिनिधि- जनता अनुपात झण्डै १ : १,००० जस्तो रहेको छ । जुन अन्य मुलुकको भन्दा निकै कम हो । विश्वमा यस्तो निकटतम अनुपात समृद्ध मुलुकमा पनि पाईदैन ।


Your Views
Related News