जन्मदर बढाउन नवविवाहित जोडीलाई प्रोत्साहन

विकासमा ठूलो फड्को मारेको जापानले पछिल्लो दशक एउटा ठूलो समस्या झेलिरहेको छ– न्यून जन्मदर । अहिलेकै क्रममा जन्मदर घट्ने हो भने भविष्यमा जापान रित्तिने त्यहाँका विज्ञहरूले चेतावनी दिएका छन् ।

जापानले यही समस्याको समाधान खोज्ने प्रयासस्वरूप नवविवाहित जोडीका लागि आर्थिक सहयोगको घोषणा गरेको छ । आगामी अप्रिलदेखि विवाह गर्ने नयाँ जोडीले ६ लाख जापनिज रुपैयाँ प्राप्त गर्ने जापान सरकारले घोषणा गरेको छ ।

जापानमा मान्छेहरू कामप्रति निकै समर्पित हुन्छन् । उनीहरू लामो समयसम्म काम गर्छन् । काममै व्यस्त हुँदा धेरै जापानिज ढिला विवाह गर्ने वा अविवाहित नै रहने क्रम बढेको छ । उनीहरूको यही जीवनशैलीका कारण जापानमा जन्मदर घट्दो अवस्थामा छ । सोहीकारण जापान सरकारले नवविवाहित सहयोग कार्यक्रमको घोषणा गरेको हो । सरकारको योजनाअनुसार नवविवाहित जोडीले आफ्नो नयाँ जीवन सुरुवात गर्न सरकारबाट ६ लाख रकम प्राप्त गर्नेछन् ।

४० वर्षभन्दा कम उमेरका बेहुलाबेहुलीले मात्रै रकम पाउँछन्
सरकारले यो कार्यक्रमलाई व्यापक बनाएर देशमा चाँडै विवाह गर्नेको संख्या बढाउने योजना बढाएको द जापान टाइम्सले उल्लेख गरेको छ । यसका लागि सरकारले केही विशेष मापदण्ड तय गरेको छ । मापदण्डअनुसार यो सुविधा लिन चाहने बेहुलाबेहुली दुवैजना विवाह गर्ने समय ४० वर्षभन्दा कम उमेरको हुनुपर्नेछ ।

जापानको केही स्थानीय तहमा यो कार्यक्रम यसअघिबाटै लागू थियो । गत जुलाईसम्म जापानको दुई सय ८१ नगरपालिका, देशको १५ प्रतिशत सहर र गाउँले यो कार्यक्रम लागू गरेका थिए । त्यसवेलासम्म स्थानीय निकायले आधा खर्च व्यहोर्दै आएका थिए । बाँकी खर्च केन्द्रीय सरकारले व्यहोर्दै आइरहेको थियो ।

यो कार्यक्रम प्रभावकारी देखिएपछि जापान सरकारले देशव्यापी बनाउने उद्देश्यस्वरूप नयाँ घोषणा गरेको हो । नयाँ घोषणाअनुसार जापान सरकारले घोषणा गरेको रकममध्ये तीन भागको एक भाग मात्रै व्यहोर्ने भएको छ । बाँकी रकम स्थानीय सरकारले नै व्यहोर्नेछ ।

सरकारले यो कार्यक्रमबाट प्रत्येक विवाहित जोडीलाई दुई सन्तानका लागि प्रेरित गर्ने लक्ष्य राखेको छ । गत वर्ष जापानमा प्रत्येक महिलाले उसको जीवनभर प्राप्त गर्ने बच्चाको संख्या १.३६ मात्रै थियो । गत वर्ष जापानमा अहिलेसम्मकै कम बच्चा जन्मिएका थिए । जापान सरकारले जनाएअनुसार गत वर्ष त्यहाँ आठ लाख ६५ हजार मात्रै बच्चा जन्मिएका थिए । यो अहिलेसम्मकै कम संख्या हो ।

आर्थिक सहयोगको घोषणाले सर्वसाधारणलाई विवाह गर्न प्रेरित गर्न प्रभावकारी देखिएको जनाइएको छ । सन् २०१५ मा जापानको नेसनल इन्स्टिच्युट अफ पपुलेसन एन्ड सोसियल सेक्युरिटी रिसर्चले गरेको सर्भेले आर्थिक सहयोगले जापानी युवायुवातीलाई विवाहका लागि प्रेरित गरेको देखाएको थियो । सर्भेअनुसार यो व्यवस्था सुरु गरिएपछि जापानमा २५ देखि ३४ वर्षसम्मका पुरुषमा बिहे गर्ने क्रम २९.१ प्रतिशतले बढेको देखिएको थियो । यस्तै, अविवाहित महिलामा १७.८ प्रतिशतले वृद्धि भएको देखिएको थियो ।

READ MORE

राष्ट्रसंघको महासभा यसपटक बन्यो अपूर्व महासभा

संयुक्त राष्ट्रसंघको यस वर्षको महासभा अपूर्व महासभा बनेको छ । कोरोना भाइरस महामारीका कारण राष्ट्रसंघको इतिहासमै अहिलेसम्म नभएको अनौठो महासभा भएको हो ।

महासभामा सहभागीहरू नआउने र उनीहरूले भिडियोमार्फत सम्बोधन गर्ने व्यवस्था गरिएकाले अहिले महासभास्थल सुनसान छ । तर, महासभा भने विद्युतीय माध्यममार्फत सञ्चालन भइरहेको छ । यसअघिका महासभामा विश्वभरका नेताहरूले सम्बाेधन गर्ने, एक–अर्कालाई भेट्ने, छलफल गर्ने, सम्बन्ध बलियो बनाउने तथा सुधार्ने प्रयास भइरहेको थियो । तर, अहिले भने भौतिक उपस्थिति जनाउन नसकेपछि औपचारिकताका लागि भिडियो सम्बोधन मात्रै भएको छ ।  महासभा चलिरहेका वेला राष्ट्रसंघको न्युयोर्कस्थित मुख्यालय परिसरमा सुरक्षा व्यवस्था अत्यन्त चुस्तदुरुस्त राख्नका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने गरे पनि अहिले भने निकै थोरै मात्रै सुरक्षाकर्मी देखिएका छन् ।

राष्ट्रसंघ मुख्यालयवरिपरिको अहिलेको अवस्था हेर्दा महासभा चलिरहेको वेलाको जस्तो नदेखिएर अन्य सामान्य अवस्थाजस्तो देखिएको छ । यहाँ अहिले केही सुरक्षाकर्मी, केही कर्मचारी र अलिअलि पत्रकार मात्रै देखिने गरेका छन् ।  राष्ट्रसंघको महासभा भइरहेको वेला मुख्यलय रहेको न्युयोर्क सहरकै चहलपहल फरक हुने गरेको स्थानीयको अनुभव छ ।

सभा हलमा विश्वका नेताहरूको अनुपस्थितिमै पनि महासभा होला भन्ने यसअघि कहिल्यै अपेक्षा तथा अनुमान गरिएको थिएन । करिब सात हेक्टर क्षेत्रफलमा फैलिएको मुख्यालयको पूर्वी नदीमा कुनै सुरक्षा डुंगाहरू छैनन् । खटाइएका केही सुरक्षाकर्मीलाई पनि कुनै हतारो र दौडधुप छैन । अहिले चलिरहेको ७५औँ महासभामा सहभागिताका लागि हस्ताक्षर गर्न कोही नेता नआए पनि भाषणहरू भने चलिनै रहेको छ ।

राष्ट्रसंघले महासभाका लागि दिइने मन्तव्य पहिले नै आफ्नै देशमा भिडियो रेकर्ड गरेर पठाउन आह्वान गरेको थियो । सोही आह्वानअनुसार पठाइएका भिडियो रेकर्ड भएको भाषण अहिले प्रसारण गर्दै महासभा चलिरहेको छ । महासभा सञ्चालन हुने हलमा कोही मानिस नै नभएकाचाहिँ होइनन्, त्यहाँ झन्डै दुई सय मानिस छन् । जब कि अघिल्ला वर्षहरूमा त्यही हलमा झन्डै २५ सय मानिस हुने गरेका थिए । अहिले हलमा रहेकाहरू पनि सामाजिक दूरी कायम गर्ने, माक्स अनिवार्य लगाउनेलगायतका आधारभूत स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने नियम बनाइएको छ ।


Your Views
Related News