नगरप्रमुख साउँद भन्छन् – ‘यसको प्रकृया धेरै लामो छ पूर्वाधार निर्माणको काम सुरु हुन अझै एक बर्ष लाग्न सक्छ’

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा फोहोरमैला ब्यबस्थापन केन्द्र निर्माणको लामो समयदेखी चर्चा चलेपनि काम भने अघि बढ्न सकेको छैन । एसियाली विकास बैंकको ऋण अनुदानमा क्षेत्रीय सहरी विकास आयोजनाले निर्माण गर्ने भनेको ब्यवस्थित फोहोरमैला ब्यबस्थापन केन्द्र अर्थात डम्पिङ साईडका लागि सुरुमा जग्गा पाउनै मुस्किल भएको थियो ।

तर पछि गोदावरी नगरपालिका ३ मा रहेको चौकिडाँडा स्थित गोदावरी नदी नजिकै चौकिडाँडा महिला सामुदायिक वनले आफ्ना केही सर्तहरु राखेर जग्गा दिने सहमति गरेको भएपनि अहिले सम्म पूर्वाधार निर्माणका कुनै पनि कामहरु अगाडी बढ्न सकेको छैन । जसले गर्दा नगरभित्रको फाहोरमैला ब्यबस्थापन गर्न पनि चुनौती थपिएको छ ।

फोहोरमैला व्यवस्थापन केन्द्रका लागि जग्गाको टुङ्गो लगाएको २ बर्ष बितिसक्दा पनि नगरपालिकाले कुनै चासो नदेखाउदा फोहोरमैला ब्यबस्थापनका लागि आवश्यक पर्ने संरचनाहरु नर्माणको काम अगाडी बढ्न नसकेको बताइएको छ । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको गोदावरी नगरपालिकाको प्रमुख ब्यापारिक केन्द्र अत्तरिया क्षेत्र आसपास पछिल्लो समयमा नयाँ नयाँ उधोगधन्दा ,कलकारखाना ,बिभिन्न खाले पसलहरु स्थापना हुनुका साथै जनघनत्वपनि बढ्दै जान थालेको छ ।

यद्धपी गोदावरी नगरपालिकाले नगरभित्र ब्यबस्थित डम्पिङ साईड बनाउन नसक्दा समस्या हुन थालेको हो । अहिले गाँउघर तथा बजार क्षेत्रवाट निस्कने फोहोरलाई नगरपालिकाको ट्याक्टर मार्फत डम्पिङ साईड बन्ने भनिएको गोदावरी खोलाको किनारमा अस्तब्यस्त रुपमा फाल्ने गरिएको छ । ब्यबस्थित डम्पिङ साईड नबन्दा त्यसठाउँमा दुर्गन्ध फैलिदै गएको छ ।

२०६८ सालमा फोहोर मैला व्यवस्थापन ऐन बनेको छ । उक्त ऐनका प्रावधान अनुसार हानिकारक फोहोरमैला उत्पादन गर्ने व्यक्ति वा संस्थाले तोकिएको बमोजिम व्यवस्थापन नगरे कारबाही गरिने व्यवस्था पनि रहेको छ ।

प्राण घातक फोहोर उचित व्यवस्थापन नहँुदा बिभिन्न खालका ज्यानमारा रोग पनि फैलन सक्छ । अस्पताल र उद्योगबाट उत्पादन हुने फोहोर मानव स्वास्थ्यका लागि सबैभन्दा घातक हुने ठहर भएको छ । सो क्षेत्रका स्थानियहरुले बस्ती नजिक फोहोर मैला केन्द्र बनाउन नहुने पनि आबाज उठाउदै आएका छन् ।

चौकिडाँडा महिला सामुदायिक वनका अध्यक्ष प्रेमराज भण्डारीले सबैको सल्लाह अनुसार आफ्ना केही सर्तहरु राखेर सामुदायिक वन परिसरमा पर्ने नदी किनारको खाली जग्गालाई सदुपयोग गर्दै फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिने वन सँग सहमति भएको २ बर्ष पुग्दा पनि अझै अलमलनै रहेको बताए । यस तर्फ नगरपालिकाको खासै चासो नदेखाएको उनले बताए ।

‘हामीले आफ्ना मागहरु राखेर ब्यवस्थित डम्पिङ साईडका लागि जग्गा उपलब्ध गराउने सहमति गञ्यौ त्यसपछि के के भयो केही अरुबारे मलाई थाहा छैन उनले भने ।’

यस बिषयमा गोदावरी नगरपालिकामा बुझ्दा अहिले कागजी प्रकृयाहरु भैरहेको बताएको छ । नगरप्रमुख हरि सिंह साउँदले यो निकै लामो प्रकृयाको हुने हुदा केही समय लागेको बताए ।

‘यसको प्रकृया त निकै लामो छ नि , सुरुमा सामुदायिक बनवाट जग्गा प्राप्त गर्न पनि ढिलाई भयो पछि दिने निर्णय भएपछि यसका लागि सुरुमा आईई गर्ने त्यो स्विकृत भएपछि अन्य कामहरुलाई अगाडी बढाउन सकिन्छ उनले भने । ‘ अहिले यसका लागि शहरी विकासवाट कर्मचारी पठाइएको कामहरु जारी रहेपनि पूर्वाधार निर्माणको काम हुन अझै एक बर्ष जति लाग्न सक्ने बताए ।

READ MORE

सरकारले पुन लकडाउन गरेमा अवज्ञा गर्ने कैलालीका व्यवसायीहरुको घोषणा

अत्तरिया – सरकारले पुन लकडाउन गरेमा अवज्ञा गर्ने कैलालीका व्यवसायीहरुको घोषणा गरेका छन् । स्वास्थ्य मन्त्रालयले २५ हजार बढी सक्रिय कोरोना संक्रमित पुगेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ ।

तर उक्त सिफारिस माथि मन्त्रीपरिषद्को बैठकमा छलफल हुन भने बाँकी रहेको छ । बिहिवार जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै उद्योग बाणिज्य संघ कैलालीले पुनः लकडाउन गरिए अवज्ञा गर्ने घोषणा गरेका हुन । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार व्यापार व्यवसाय सञ्चालन गर्ने उनीहरुले बताएका छन् ।

यसैगरि भारतीय कामदारलाई सीमा प्रवेशको अनुमति दिनुपर्ने समेत माग गरिएको छ । उद्योग वाणिज्य संघले सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै भारतीय दक्ष कामदार लकडाउनपछि भातरत गएकाले उनीहरुले सीमा प्रवेशको अनुमति पाउनुपर्ने माग गरेको छ।

यस्तै भारतबाट दैनिक मालसामान आयात गर्न बिहान १० देखि साझ ५ बजेसम्मका लागि मात्र सीमा खोलिएकाले त्यो झन्झटिलो भएको व्यापारीहरुको गुनासो छ। उनीहरुले बिहान ६ देखि राती ८ बजे सम्म सीमा नाकाबाट मालसमान ल्याउन पाउँनुपर्ने माग गरेका छन्।


Your Views
Related News