सुशान्तसिंह राजपुतको मृत्युसँग जोडिएको बलिउड लागुऔषध दुर्व्यसनी अनुसन्धानमा अभिनेत्री दीपिका पादुकोण तानिएसँगै बलिउड उद्योगको ६ सय करोड रुपैयाँ जोखिममा परेको छ। जेलसमेत पर्नसक्ने अनुमानहरु गरिएका छन्।

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले दुर्व्यसनीमा संलग्नता देखिएको भन्दै दीपिकालाई शनिवार सोधपुछका लागि बोलाएको छ। विश्लेषकहरुले यसबाट दीपिकाको करियरमा असर पर्ने बताएका छन्। दीपिका पछिल्लो पुस्ताकी महंगो पारिश्रमिक लिने सफल अभिनेत्री हुन्। उनीमाथि अहिले पनि मनोरञ्जन उद्योगको ६ सय करोड रुपैयाँ लगानीमा छ। जसमा दुई वटा फिल्म र ३३ वटा ब्राण्ड एण्डोर्समेन्ट समावेश छ।

दीपिका अहिले मधु मंतेनाको आगामी फिल्ममा आबद्ध भएकी छन्। फिल्मको कथा महाभारतको पात्र द्रौपदीबाट प्रेरित छ। दीपिकासँगै मधु मंतेना पनि ड्रग्स विवादमा फसेकी छन्।

ट्रेड एनालिस्ट तथा ४० वर्षदेखि फिल्म वितरणमा सक्रिय राज बंसलले दीपिकाको करियरमा असर पर्ने टिप्पणी गरेका छन्। सबैले सुशान्तको हत्‍या कसले गरेको भनेर खोजिरहेको र ड्रग्ससँग जोडिएका नामका पछाडि सेलिब्रेटी भएकै कारण सबैको चासो रहेको भन्दै उनले दीपिकाका फिल्मको व्यापारमा समेत असर पर्ने जिकिर गरे।

अर्का ट्रेड पण्डित अतुल मोहन भने फिल्ममा करियरमा कुनै घाटा नहुने तर्क गर्छन्। एण्डोर्समेन्टमा भने निश्चित घाटा हुने उनी बताउँछन्। कुनै समय सञ्जय दत्त पनि लागुऔषध र आतंकवादी गतिविधिमा संलग्न रहेको भन्दै यसका बाबजुद पनि दर्शकले उनलाई स्वीकार गरेकाले दीपिकालाई खासै असर नपर्ने अतुलले सुनाए।

अतुल दीपिकालाई जेल सजाय नहुनेमा पनि स्पष्ट छन्। ‘एक त व्हाट्सऐप च्याटमार्फत पुष्ट हुन बाँकी छ। दोस्रो ड्रग्स उपभोग गर्दा जेल सजायँ हुँदैन। जो मानिस ड्रग्स व्यापारमा छन्, उनीहरुलाई जेल हुनेछ,’ उनी भन्छन्।

ड्रग्स प्रकरणमा आफ्नो नाम आइसकेपछि दीपिकाले कसरी आफ्ना फ्यानलाई कन्भिन्स गर्छिन् भन्ने कुरा महत्वपूर्ण हुने उनको भनाई छ।

एनसीबीले सोधपुछका लागि बोलाएपछि दीपिका बिहीवार गोवाबाट मुम्बई फर्किएकी छन्। पति रणवीर कपुरसँग फर्किएकी दीपिकाले मुम्बई एयरपोर्टमा सञ्चारकर्मीलाई लागुऔषध दुर्व्यसनीबारे कुनै प्रतिक्रिया दिइनन्। अहिलेसम्म पनि उनले आफ्नो धारणा सार्वजनिक गरेकी छैनन्।

READ MORE

मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्यमा जुटे ओेली र प्रचण्ड, विभिन्न विकल्पमा छलफल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् पुनगर्ठनको गृहकार्यमा जुटेका छन्। प्रधानमन्त्री समेत रहेका ओेली र प्रचण्डबीच यसै विषयलाई लिएर अहिले बालुवाटारमा छफफल भइरहेको छ।

अध्यक्षद्वयबीच बिहीवार मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा झण्डै ३ घण्टा छलफल भएको थियो। बिहीवारको छलफलबाट मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको अध्यक्ष निकट नेताहरु बताउँछन्।

गत आइतवार पेरिसडाँडामा बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रस्ताव गरेको थियो। बैठकमा सबै मन्त्री फेर्ने, दुई वर्ष पूरा भएकालाई हटाउने र नयाँ राख्ने, राम्रा काम गरेकालाई निरन्तरता दिने लगायतका विभिन्न विकल्प प्रस्तुत भएको थियो। तर, निष्कर्ष भने निस्किन सकेन।

त्यसपछि मंगलवार वालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल नै भएन। आइतवारको बैठकले नै मन्त्रिपरिषद् पुनर्गठनको मापदण्ड बनाउने जिम्मेवारी प्रधानमन्त्री समेत रहेका ओली र पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो।

अब भने दुई अध्यक्षले मन्त्रिपरिषद् पुनर्गठनको गठनको तयारी थालेका हुन्। केही समयभित्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी छ। त्यसो त सोमवारको बैठकले अध्यक्षद्वय र महासचिव विष्णु पौडेललाई पार्टी एकताको बाँकी काम टुंग्याउने गरी १० दिन भित्र एकताको प्रस्ताव तयार गर्ने जिम्मेवारी पनि दिएको छ।

 


Your Views
Related News