ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका मदिराका विज्ञापनको होडिङ्ग बोर्ड हटाउने काम शुरु गरेको छ।

महानगरपालिकाले बैठक गरी शुक्रबारबाट आफ्नो क्षेत्रमा भएका मदिराका विज्ञापन हटाउने निर्णय गरेको हो ।

ललितपुर महानगरपालिकाका नगरी प्रहरी प्रमुख सिताराम हाछेँथुले मदिराका विज्ञापन गर्न  नपाइने बताए ।

‘कानुन विपरित रहेका सबै मदिराका होडिङ्ग बोर्डहरु हटाइन्छ, त्यो शुरु भएको छ,’ उनले भने।

‘शुरुमा जावलाखेलबाट हटाउने काम सुरु भएको छ, ‘उनले थपे, ‘पुल्चोक, कुपन्डोल, कुमारपाटी, लगनखेल क्षेत्रमा पनि हटाइन्छ।’

READ MORE

नवाजउद्दिन विरूद्ध पत्नीले दिइन् बलात्कार र धोका गरेको उजुरी

बितेका केही महिनादेखि बलिउड अभिनेता नवाजउद्दिन सिद्दिकी पारिवारिक विवाद जारी छ।

जारी विवादमा नवाज पत्नी आलियाले उनी विरूद्ध बलात्कार र धोका गरेको आरोप लगाउँदै उजुरी दिएकी छन्।
उजुरीले उनको मुश्किल बढ्ने भएको छ।

आलियाले मुम्बई स्थित वर्सोवा प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छिन्।

नवाजविरूद्ध भारतीय दण्ड संहिताको धारा ४२० र ४९३ अन्तरगत कारवाही माग गर्दै उजुरी दर्ता गरिएको छ।

नवाजकी पत्नीले यसअघि नै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरिसकेकी छन्।

त्यसयता उनीहरूले एकअर्काको विरूद्ध आरोपप्रत्यारोप गर्दै आइरहेका छन्।

पत्नी पायलले एक साता अघि नवाज र आफ्ना परिवारका चार सदस्य विरूद्ध नवाजको गृहनगरमा उजुरी दिएकी थिइन्।


Your Views
Related News