धादिङमा पहिरोबाट ट्याक्सी खदा एक जनाको निधन भएको छ । काठमाडौंबाट सुत्केरीलाई लिएर बिहीबार साँझ धादिङबेंसीतर्फ जादै गरेको परिवार सवार ट्याक्सी पहिरोबाट खस्दा एक महिलाको निधन भएको छ ।निधन हुनेमा सुत्केरीका आफन्त ५० वर्षीया बिन्दु तामाङ रहेकी छन् । दुर्घटनामा सुत्केरीसहित अन्य ४ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बा१ज १२६२ नम्बरको ट्याक्सी अन्दाजी १ सय ५० मिटर तल खसेर थोपलखोला खेतमा पुगेको थियो । मलेखु–फुर्केखोला–धादिङबेंसी कालुपाण्डे मार्गको सिद्धलेक–६ तिरतिरेधारा नजिकैको पहिरोबाट ट्याक्सी खसेको थियो ।

यो पनि , नारायणी नदीमा आएको बाढी बस्तीमा पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारियो- चितवन, ९ असोज । निरन्तर परेको पानीले गर्दा चितवनको नारायणी नदीमा आएको बाढी मानव बस्तीमा पसेको छ । तीन दिनदेखि परेको पानीले गर्दा नदीको सतह बढेपछि भरतपुर महानगरपालिकाको वडा नं। २६ मा नारायणी नदी पसेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टाईले बिहीबार दिउँसोबाट नारायणी नदी बस्तीमा पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा राखिएको जानकारी दिनुभयो । ‘नदीले खतराको तह पार गरेको छ त्यसको असर नदीको तटीय क्षेत्रमा परेको छ,’ प्रमुख जिल्ला अधिकारी भट्टराइले भन्नुभयो । त्यस्तै, भरतपुर महानगरपालिकाको वडा नं। २८ मेघौली क्षेत्र, वडा नं। १६ मंगलपुर क्षेत्रमा बाढी पस्ने खतरा भएपछि वस्तीलाई स्थानान्तरण गरेको भट्टराइले जानकारी दिनुभयो ।

जिल्ला भएर बग्ने नारायणी, रापती, माडीको रिउलगायतको नदी र खोलामा बाढी आएको छ । बिहीबार साँझसम्म मानवीय क्षति नभए पनि घर डुबानमा परेको र भौतिक क्षति भने भएको उहाँले जानकारी दिनुभयो । भौतिक क्षतिको विषयमा विवरण संकलन कार्य जारी रहेको उहाँले बताउनुभयो । यसैगरी, राप्ती नदीमा बाढी आएपछि पर्यटकीय क्षेत्र सौराहा डुबानमा परेको छ । नदीको किनार क्षेत्रमा बाढी पसेर होटलहरु डुबानमा परेको उहाँले जानकारी दिनुभयो । सरकारले असोज महिना लागेपछि पर्यटकीय क्षेत्र खोल्न अनुमति दिए पनि पर्यटक नआउँदा चिन्तित बनेको सौराहामा बाढी पसेपछि थप चिन्ता छाएको छ । काठ र कच्ची घरहरुमा डुबानले क्षति पुगेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।

चितवन र नवलपरासीको सीमा भएर बग्ने नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गमथलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ । देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ ई। रामविकेश रायले विहान १० बजेर ३० मिनेट जाँदा नारायणीको सतह ८ दशमलव ८ मिटर पुगेको थियो । आठ मिटरभन्दा माथिलाई खतरा मानिन्छ । यो घनमिटरमा १० हजार २२१ प्रतिसेकेण्ड थियो । यसअघि साउन ६ गते गत ४४ वर्ष यताकै सबैभन्दा बढी बहाव मापन भएको थियो । त्यस दिन विहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो । नारायणी नदी बढेसँगै यसको प्रभाव भरतपुर महानगर र नवलपुर क्षेत्रमा पर्दछ । महानगरका प्रमुख रेनु दाहालले नदी तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गरिएको जानकारी दिनुभएको छ ।

READ MORE

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भी’रबाट ख’साल्दा एकको मृ’त्यु भएको छ भने छ जना घा’इते भएका छन्। जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट ख’सेको पहिरोको कारण बस भी’रबाट ख’स्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीको मृ’त्यु भएको हो।

बस भीरबाट ख’स्दा ग’म्भीर घा’इते भएका केसीको गएराति उ’पचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए।

बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५ ख ७९४० नंको बस माथिबाट खसेको पहिरोका कारण सडकबाट करिब ३० फिट तल ख’सेको थियो। पहिरोका कारण बस ख’स्दा अन्य छ जना घा’इते भएका छन्। घाइते सबैको पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ। बसमा १८ जना सवार थिए।

यसैबीच दाउन्नेको यस खण्डमा बिहीबार बिहान ७ बजेबाट पहिरो ख’सी राजमार्ग ब’न्द भएकामा अझै पूर्णरूपमा सञ्चालन हुनसकेको छैन। गएराति प’हिरो पन्छाएर सामान्यरूपमा यातायात सञ्चालन भएकामा पुनः सोही स्थानमा आज बिहान ३ बजेको समयमा पहिरो खसेपछि अहिले राजमार्ग एकतर्फीरूपमा सञ्चालनमा रहेको प्रहरी नायव उपरीक्षक खाँणले बताए।


Your Views
Related News