वालिङ : स्याङ्जा जील्लामा पहिरोमा पुरिएर ज्या’न गु’माएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दा’हसंस्कार गरिएको छ । पहिराेमा पु’रिएर ज्या’न गु’माएका एकै परिवारका नाै जनाकाे स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दा’हसंस्कार गरिएको हो ।

६ महीनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चि’तामा राखेर दा’हसंस्कार गरिएको नेपाल दलित सङ्घ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताए। नौ जनालाई आठ वटा छुट्टाछुट्टै चि’ता बनाईएको थियो । दा’गबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्त जीबलाल परियारले सबै जनालाई दा’गबत्ती दिएका थिए  ।

“पहिरोमा पुरिएर ज्या’न गु’माएका सबैको श’वलाई गह्रौ प्राथमिक अस्पताल वालिङमा पो’ष्टमार्टम गरेर रामनदीधामस्थित कालीगण्डकी नदीमा अन्तिम दा’हसंस्कार गरेका छौँ”, अध्यक्ष रनपालले भने । एकै परिवारका नौ जनाको एकैपटक दा’हसंस्कार गरिएको यो हृ’दयविदारक घ’टना नौलो भएको अध्यक्ष रनपालले बताए। दा’हसंस्कारका लागि घा’टमा पुगेका मलामी तथा आफन्तजन निक्कै भा’वविह्वल भएका थिए । घ’टनाले एकै परिवारका नौ जनाको ज्या’न गएपछि अहिले गाउँ नै शो’कमा डु’बेको छ ।

READ MORE

आर्थिक अभाव हुँदा अछामका प्रकाशको उपचारमा समस्या

अछामका प्रकाश साउदको उपचारका लागि आर्थिक अभाव भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका–४ कुस्कोट राफाका प्रकाश  साउदको उपचारको लागि आर्थिक अभाव हुँदा परिवारले सबैसँग सहयोगको अपिल गरेका हुन्।

स्थानीय भलिबल खेलाडीसमेत रहेका उनको फोक्सोमा भएको गम्भीर समस्याका कारण उपचारका लागि धनगढी ल्याइएको थियो। तर धनगढीमा पनि उपचार सम्भव नभएपछि साउदलाई थप उपचारका लागि भारतको लखनउ लगिएको छ।

उनी अहिले लखनउस्थित राजा मेडिकलमा उपचारत छन्। उनको उपचारका लागि करिब दस लाख आवश्यक परेको र आफूसँग आर्थिक अवाभ भएकाले प्रकाश  कि आमा खन्टी साउदले सहयोगको लागि सबैलाई आग्रह गरेकी छन्।

सहयोगका लागि खन्टी देवी साउदको नाममा मेगा बैंकक लिमिटेड साँफेवगर शाखामा रहेको खाता नम्बर ०३०००५१०४३०९८ मा रकम जम्मा गर्न सकिने उनले बताइन।  उनले केहि बुझ्न परे ९८४८६७८२०४, ८५४४७४५७२३ मा सम्पर्क गर्न समेत आग्रह गरेकि छन्


Your Views
Related News