काठमाडौ । काठमाडौंको पेप्सीकोलामा एउटा बच्चा झा डीमा फा लेको अवस्थामा नवजात शिशु फेला परेको छ । राजधानीको कागेश्वरी मनोहरा नगरपालिका स्थित पेप्सिकोलामा नवजात शिशु जि वित अवस्थामा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । निलो रंगको प्ला ष्टि कमा राखेर फा लेको अवस्थामा नवजात शिशुलाई देखेपछि स्थानियले खबर गरेका हुन् । प्रहरीले करिब १७ वर्षको एक युवतीलाई पक्राउ गरेको छ ।अहिले उनै युवतीले बच्चाको बाबु भनिएका युवक पनि मिडियामा आएका छन् । तर उनले त्यो शिशुको बाबु आफु नभएको बताएका छन् । युवतीको अरु पनि युवक साथी भएको दावी गर्दै आफ्नो शिशु नभएको उनको भनाई छ । ति किशोरी र शिशु अहिले एउटा संस्थाको संरक्षणमा राखिएको छ ।

स्थानियले बच्चा रो एको सुनेपछि हेर्न जाँदा जि वितै बच्चालाई प्लाष्टिकमा पो को पा रेको अवस्थामा देखेपछि उद्दार गरेका थिए । स्थानिय महिलाहरुले त्यो टोलमा १५ दिन अगाडी भाडामा बस्न आएको एक युवतीले बच्चा जन्माएको हुनसक्ने भन्दै प्रहरीलाई जानकारी दिएपछि ति युवती पक्राउ परेकी थिइन् । जिवितै फेला परेका शिशुलाई प्रहरीले उद्धार गरेर पेप्सीकोलामा रहेको मदरल्याण्ड अस्पतालमा पठाएको थियो । अस्पतालका चिकित्सकले बच्चाको अवस्था अहिले सामान्य अवस्थामा रहेको बताएका छन् । अस्पताल ल्याउनु करिब २ घण्टा अगाडी बच्चा जन्मिएको हुनसक्ने चिकित्सकको भनाई थियो ।मदरल्याण्ड अस्पताल पछाडिको झा डीबाट बच्चालाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीले जानकारी दिए । बच्चा जन्माएर वे’वारिसे अवस्थामा झा डीमा फा लेको आशंका प्रहरीले सिन्धुपाल्चोकको सिपापोखरी घर भएकी १७ बर्षीया किशोरीलाई पक्राउ गरेको हो ।


Your Views
Related News