काठमाडौं । काठमाडौंको बसुन्धरामा बस्दै आएका अनिल रसाइली र निर्मला रसाइलीको एकमात्रै छोरा १९ वर्षीय रवी रसाइलीको दुवै मृगौला फेल भएको छ । गत मंसिरमा दुवै मृगौला फेल भएको थाहा पाएपछि विभिन्न अस्पतालमा उपचार गराउँदा करीब ११ लाख रुपैयाँ सकिसकेको रवीका आमा निर्मलाले बताइन् ।

त्यसो त ज्याला मजदुरी गर्दै आएका रसाइली दम्पतीको कोरोना भाइरसको महामारीका कारण नेपाल सरकारले चरणबद्ध रुपले लागु गराएको लकडाउन र निषेधात्राले रोजीरोटी गुम्यो । दिनभरीको कमाइले छाक टार्दै आएका उनिहरुले जसोतसो छोराको पढाइखर्च धान्दै आएको थिए । तर गत मंसिरदेखि उनिहरुको पिडा झन् थपियो ।

छोराको दुवै मृगौला फेल भएपछि उपचारको लाथि आर्थिक अभावले विचल्लीमा परेका छन् रसाइली परिवार । त्यसैले उनिहरुले विश्वभरका नेपालीसँग सायोगको याचना गरिरहेका छन् ।


Your Views
Related News