काठमाडौं । क्यानडामा एउटा मुसालाई गाँजाको यस्तो लत लाग्यो कि त्यहाँ उसले ठूलो मात्रामा गाँजा सेवन गरी अचेतसम्म भयो ।

वास्तवमा घटनामा एक व्यक्तिको घरबाट गाँजाको बिरुवा लगातार चोरी भइरहेको थियो । एकदिन, उसले देख्यो कि उसको सानो फार्ममा नै, मुसाले धेरै गाँजाका पातहरु खायो र नशाबाट अचेत भयो ।

क्यानाडामा मानिसहरूलाई घरमै निश्चित मात्रामा गाँजा खेती गर्न अनुमति छ । कोलिन नाम गरेको व्यक्तिले आफ्नो फेसबुक एकाउण्टमा यस सम्पूर्ण घटनाको बारेमा जानकारी दिएका छन् ।

उनले तस्बिरहरू राख्दै लेखेका छन्, दुई दिनसम्म यो सानो मुसाले आफ्नो गाँजाको बोटबाट पातहरु चोरिरहेको थियो । उसले अचेत भएर नलडेसम्म यसो गरिरहेको थियो ।

चित्रहरूमा स्पष्ट देखिन्छ कि मुसा गाँजाको बोटको पात खाएपछि उल्टो सुतिरहेको छ । र, उसमा कुनै चेतना छैन । कोलिनकाअनुसार एक हप्तामा मुसालाई गाँजाको लत लागिसकेको थियो ।

READ MORE

छानोबाट घरभित्र दुईवटा ठूला अजिङ्गर खसेपछि…

अस्ट्रेलियाको क्वीन्स्ल्याण्डस्थित एउटा घरमा छानोबाट दुईवटा अजिङ्गर खसेका छन्। आफ्नो घरभित्र ठूलाठूला दुईवटा सर्प देख्दा घरधनी डेभिड टेट आश्चर्यचकित भएको बीबीसीले जनाएको छ । तीमध्ये एउटा उनको शयनकक्षमा थियो भने अर्को चाहिँ बैठक कोठामा।

तिनको कुल तौल २२ किलो भएको बताइएको छ। सर्प समात्ने व्यक्ति स्टीभन ब्राउनका अनुसार ती अजिङ्गरको तौल ‘असाधारण’ थियो।

पोथीका लागि जुध्दै गर्दा ती दुई अजिङ्गर घरभित्र खसेको हुनसक्ने अनुमान गरिएको छ। तर त्यहाँ पोथी सर्प भने फेला परेन।

कार्पेट पाइथनको ती दुई सर्पको लम्बाइ २.८ मिटर र २.५ मिटर रहेको बताइएको छ।

बीबीसीका अनुसार टेटले पहिले आफ्नो छतमा सर्पहरू घाम तापिरहेको देखेको बताएका छन्। छानोको अवस्था देखेपछि खोजी गर्दा उनले ती सर्प फेला पारे। त्यसपछि उनले सर्प समात्ने व्यक्तिलाई बोलाए।

नोर्थ ब्रिस्बेन स्नेक क्याचर्स एन्ड रिलोकेशनका ब्राउनले भनेस् ‘सामान्य आकारसँग तुलना गर्दा ती दुईको आकार असाधारण थियो।’

फेसबुकमा लेखिएको पोस्टमा टेटले आफ्नो छतबाट ती सर्प खसेको घर पुगेपछि मात्रै आफूले थाहा पाएको उल्लेख गरेका छन्।

ब्राउनका अनुसार सर्प नजिक आएको अवस्थामा हलचल नगरी बस्नु उपयुक्त हुन्छ। त्यसो गर्दा सर्पले आफूलाई खतरा भएको भन्ठान्दैनन् र आक्रमण गर्दैनन् ।


Your Views
Related News