सिन्धुपाल्चोक । झिसमिसेमै मोबाइलमा बज्ने घण्टीले निन्द्रा बिथोल्छ,फोन गर्नेले समस्या राखेपछि ‘एकैछिनमा आउँछु अनि सल्लाह गरौंला’ भन्छिन् । र, जुरुक्क उठेर लाग्छिन गन्तब्य । खाना, खाजाको टुगो हुँदैन । त्यसैले उनको झोलामा हम्मेसी टुट्दैन केही पोका विस्कुट र चाउचाउ अनि पानीको बोतल ।

दिनभर जनतासँग बिताउँदा बिताउँदै कतै स्याबासीको धाप मिल्छ त कतै आवेगपूर्ण आक्रोश । सबै–सबै चुपचाप सहेर रात चकमन्न भएपछि फर्किन्छन् डेरामा । दुई महिनादेखि यस्तै नियमित रुटिनमा मेसिन झैं चलिरहेकी छिन् उनी । अर्थात, बाह्रविसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिन ।

अधिक विनासका दृष्टिले विपद् दुःखद हो । तर, दुःखको पाटो बिर्सने हो भने त्यही विपद्ले सुदूर संभावनाको बाटो देखाउँछ र, नेतृत्वको वास्तविक मूल्याकन अबसर पनि दिन्छ । दुःखमा मान्छे चिनिन्छ भने झै बाह्रविसे नगरबासीले यतिबेला उनै पाख्रिनलाई चिनेका छन्, एक सहृदयी जनप्रतिनिधिका रुपमा ।

टाउकामा पालि टोपि, भित्री बस्त्रलाइ छोप्ने सामान्य पहेलो कुर्ता , मोता फराकिलो भएको कालो पाइजामा र पैतालामा फित्ते चप्पल लगाएर पहिरो र बिपत क्षेत्र आसपास देखिने पुरुषको हाइटको कुनै आँटिलो अनुहारको महिला देखियो भने अचेल सिन्धुपाल्चोकका मान्छेहरु भनि हाल्छन हेर त उ त्यो सुशीला दिदी हैन !

असार २४ गते राति बाह्रविसे नगरपालिका–५ को खागदल र जम्बुमा बाढी–पहिरोले वितण्डा मच्चाएयता सुशीलाको रुटिन विहानै पीडित, विस्थापितबीच पुग्नु, दिनभर उनीहरुकै समस्यामा केन्द्रीत हुनु, जम्मा भएका, आएका राहत समानुपातिक रुपमा सबैलाई वितरण गर्नु, मीठो–मसिनु उनीहरुसँगै खानु र राति अबेर डेरा फर्किनु भएको छ । ‘जनताको सेवा गर्छु भनेरै राजनीतिमा लागेकाले दुःखका बेला झन उनीहरुकै साथमा रहनुपर्छ भन्ने लागेकाले सकेसम्म नजिक भएको हुँ’ घुम्थाङ पहिरो पीडतबीच भेटिएकी पाख्रिनले भनिन्– ‘अल्छि र दिक्दार मानेको भए कार्यालयमै बसेर खटन–पटन गर्न सक्थे नि ।’

बाढी–पहिरोले विध्वंश मच्चाएपछि जम्बुका पीडितबीच पुग्ने पहिलो जनप्रतिनिधि पाख्रिन नै थिइन् । त्यसयता निरन्तर जम्बु, खागदल, कुखुरेका पीडितबीच नै रमाइन् । तीनै ठाउँका विपद् पीडित सामान्य लयमा फर्किदै गर्दा पाख्रिनलाई लागेको थियो एक साताजति आराम गर्न पाइएला । तर, फेरी भदौ २७ गते राति झरेको भीमकाय पहिरोले नगरभित्रकै सुन्दर बस्ती घुम्थाङको भीरखर्क र नागपुजेलाई सिनित्त पारेपछि पाख्रिनको मेसिन जस्तो शरीरले आराम पाएन । ‘पहिरोले गाउँ बगाएको खबर बिहान चारै बजे पाएपछि उज्यालो नहुँदै त्यहाँ पुग्दा सुन्दरबस्तीको एक भाग नामेट भएको रहेछ, मन थाम्नै गाह्रो भयो’ मलिन अनुहारमा सुशीलाले भनिन्, ‘परिस्थिति त आफै बिलौना गरेर बस्नेजस्तै थियो । तर, आत्मबल बढाएर केही युवाका साथ उद्दारमा खटिएँ ।’

राहत संकलन र वितरणको संयोजन गर्नु, टेन्टमा सकससँग बसिरहेका झण्डै तीन सय जनालाई खाना खुवाउनु, उनीहरुका गुनासो सुनेर समाधान गर्नु, विस्थापितको अस्थायी आबासस्थलमा खटिएका स्वयम्सेवकको कमाण्ड गर्नु सजिलो काम हैन तर, पनि रमाइरहेकी छिन् उनी

जम्बुको पहिरोपछि नगरपालिकाले उपमेयर र सम्बन्धित वडाध्यक्ष घटनास्थल र मेयर प्रदेश, संघीय सरकारसँगको समन्वयमा केन्द्रित हुने निर्णय नै गरेपछि जनताबीच बस्ने सुशीलाको भावनाले बैधानिकता पायो । भदौ २७ गते पहिरो गएको दिनदेखि उनी निरन्तर घुम्थाङको नागपुजेमै छिन् । सातौ दिन त्यही भेटिएकी उनले भनिन् ‘नगरपालिकाको तदारुकता, दाताको सहयोग र स्थानीय युवाको साथमा विस्थापितलाई अस्थायी ओतमा त ल्यायौं, तर टेन्टको बसाई सहज छैन । तत्काल सोचिएन भने विस्थापितको बेहाल हुन्छ ।’

राहत संकलन र वितरणको संयोजन गर्नु, टेन्टमा सकससँग बसिरहेका झण्डै तीन सय जनालाई खाना खुवाउनु, उनीहरुका गुनासो सुनेर समाधान गर्नु, विस्थापितको अस्थायी आबासस्थलमा खटिएका स्वयम्सेवकको कमाण्ड गर्नु सजिलो काम हैन तर, पनि रमाइरहेकी छिन् उनी । ‘विपद्का बेला नगरका पदाधिकारीले के गर्लान् भन्ने शंका थियो’ वच्छलादेवी मावि व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका स्थानीय युवा अगुवा रेशम प्रधान भन्छन्, तर गर्व गर्न लायक जिम्मेवारी निर्वाह गरे ।’ विस्थापित सुतेपछि मात्रै सुशीला डेरा फर्किन्छन् ।

कहिले झरी, कहिले उखरमौले गर्मी, टेण्टको बसाइ,महिला,बालबालिका,गर्भवती सुत्केरीहरुलाई कम्ती गाह्रो र सकस छैन । यो सबै दृष्य र उनीहरुको पीडा उनले नजिकैबाट नियालेकी छन्,बुझिरहेकी छन् । ‘कहिले काँही त लाग्छ,कुनै दैविशक्तिबाटै यो सबै दुःख दुर गरिदिन पाएपनि हुने,टेन्टमा बस्नेहरुको दुःख सुन्छु,समस्या सुन्छु, सक्ने त गरेकै छु जस्तो लाग्छ’ टेन्टमा भेटिएकी उपप्रमुख पाख्रीनले भनिन् ।

टेन्टमा सकस सँग बसिरहेका झण्डै तिन सय विस्थापितलाई सगोलमा खाना खुवाउनु कम्ती गाह्रो छैन ,तर पनि उनको नेतृत्वमा स्थानीय युवाहरुलाई उनले परिचालन गरिरहकी छिन् । पीडितहरुलाई खुवाउने अनि आफै पनि सँगै बसेर खाने अनि सबैलाई सुताएर मात्रै आफु सुत्न जाने दैनिकी अहिले पनि बदलिएको छैन । ‘साथमा दाताहरुले दिएको पैसा हुन्छ,बेलुकी अबेर फर्कदा मनमा डर पनि लाग्छ तर अहिलेसम्म त त्यस्तो केही पनि भएको छैन’ भित्री डर पनि उनले खोलिन् ।

भोलिपल्ट विहानै विस्थापितको अस्थायी बस्ती पुग्दा केही न केही बोकेर जान्छिन । प्रायः तिनका लागि तरकारी । सखुवाबाट घुम्थाङको झण्डै आधा घण्टाको बाटोमा राहतको सामग्री पनि बोकेकै हुन्छिन । राहतका लागि अनावश्यक किचलो र मदिरा पिएर हो–हल्ला गर्ने तथा कहिले काहिँ आफ्नै कमाण्ड नटेर्नेबीच कडारुपमा प्रस्तुत हुने सुशीला बोली र व्यवहारमा नरम छिन् ।

दुःखका बेला एउटै भाँडाको भात सँगै खाइदिएर वरिपरी बसिदिँदा मात्रै पनि ‘जनता’ जनप्रतिनिधिसँग औधी खुसी हुने रहेछन् । शौचालय बनाउने,खानेपानी, विद्युत लगायत टेन्टमा आवश्यक पर्ने आधरभुत आवश्यकता पुरा गर्न सुशीला आफै खटिएपछि उनलाई सहयोग गर्न स्थानीय युवा र विस्थापितहरु पनि आउँछन् र सुरुवात गरेको काम फत्ते गरेरै छाड्ने गरेका छन् ।

बिपत आफैंमा गहिरो पीडाको अबधि हो । यस अवस्थालाइ जुनसुकै रुपमा पनि प्रयोग गर्नेहरुको पनि ताँति नै छ । कसैलाइ बिपतमा परेकाहरुको दुख देखाएर सेलिब्रेटि बन्नु छ भने धेरैलाइ चर्चित यूटूवर र भाबुक पत्रकार बन्नेहरुको परीक्षण स्थल जस्तो भएको छ सुशीलाको कर्मस्थल, बाह्रबिसेको जम्बु,खागदल तथा नागपुजे क्षेत्र ।

सिन्धुपाल्चोकमा दुइवटा प्रबृत्ति चर्चामा छन । एउटा प्राकृतिक बिपतलाइ केन्द्रमा राखेर आफ्नो म्युजिक भिडियो बनाउने । अनि पुर्व मन्त्रीको बायोडाटा देखायर राहत बाँढेको नाटक गर्ने मात्रै हैन बिभिन्न सामाजिक संजालहरुमार्फत पीडितको दुखमा आफना प्रत्यक्ष परोक्ष स्वार्थ अनुकुलका प्रचार गर्ने । तर, सुशीला यी दुबै अतिबाट टाढै छिन । अर्थात यसो भन्न सकिन्छ कि सुशीला वास्तवमा शुशिल , धैर्यशिल, कर्मशिल र मेहनतशिल छिन ।

सुशीलालाई आमा हुनुको अनुभव भए नभएको सोध्न मिल्ने बिषय होइन । त्यो उनको नीजि जिवनको कुरा हो । तर धेरैले उनलाइ आमा जस्तै ममताकी खानीका रुपमा लिएको देखियो पीडितहरुले । सन्तान गुमाएकाहरु उनलाइ आफनो सन्तानको नयाँ औतारको रुपमा बुझ्नेहरु पनि भेटिए । नयाँ पुस्ताका धेरैका लागी सुशीला दिदी साँच्चै संकटको साहाराको रुपमा अहिले बाह्रबिसे क्षेत्रमा भेटिन्छिन ।

उनलाइ कसै कसैले सोध्छन राहतमा के आवस्यक छ म्याम । उनि भन्छिन ब्रा पेन्टि, सेनिटरी प्याड, सुत्केरी र गर्भवतीलाइ पोषण युक्त खाने र बाल बालिकालाइ पर्याप्त खेल्ने कुरा । दाल चामल नुन तेल चिनी चिया पत्ति साबुन मन्जन बुरुस जस्ता आवस्यक सामाग्री त हामी आफैंले दिएकै छौं 

टाउकामा पालि टोपि, भित्री बस्त्रलाइ छोप्ने सामान्य पहेलो कुर्ता , मोता फराकिलो भएको कालो पाइजामा र पैतालामा फित्ते चप्पल लगाएर पहिरो र बिपत क्षेत्र आसपास देखिने पुरुषको हाइटको कुनै आँटिलो अनुहारको महिला देखियो भने अचेल सिन्धुपाल्चोकका मान्छेहरु भनि हाल्छन हेर त उ त्यो सुशीला दिदी हैन !

उनलाइ कसै कसैले सोध्छन राहतमा के आवस्यक छ म्याम । उनि भन्छिन ब्रा पेन्टि, सेनिटरी प्याड, सुत्केरी र गर्भवतीलाइ पोषण युक्त खाने र बाल बालिकालाइ पर्याप्त खेल्ने कुरा । दाल चामल नुन तेल चिनी चिया पत्ति साबुन मन्जन बुरुस जस्ता आवस्यक सामाग्री त हामी आफैंले दिएकै छौं ।

जेष्ठ उमेरका बुबा आमाहरुले मिठो मसिनो खान नपाएको निकै दिन भएको छ । अँगेनाको वरीपरी तातोमा बसेर शरिरको सन्तुलन मिलाइ रहेका उनीहरुको शारीरिक सन्तुलन त खलबलिएको छनै त्रिपालमुनि मानसिक पीडामा समेतको बोझ माथी जमिन मुनिको चिसोका कारण शरिरमा पर्न भएको असुबिधाले हजुर बा हजुर आमाहरु स्वास्थ्य हराम भएको प्रति गहिरो चिन्ता व्यक्त गर्ने सुशीलाको त्यो जन जन उत्तरदायित्वपन साँच्चै अर्को अनुसरणीय पाटो हो ।

सुशीला असल स्वभावका लागि सुशील नै छिन । तर कसैले उनको स्वभावको दुरुपयोग गर्न खोज्यो भने सोझै जाइ लाग्ने स्वभावकी पनि छिन । उनी मान गर्नु पर्नेलाइ मान्न र बेइमानीलाइ हान्न पनि जान्दछिन भन्छन् उनलाइ नजिक बाट चिन्नेहरु । सुशीलाको यो सुशीलमन अनि जनप्रतिनिधि भएर जनतालाई गर्ने यो व्यावहार सबै जनप्रतिनिधिले गर्ने हो भने आम जनप्रतिनिधिहरुलाई जनताले हेर्ने दृष्टीकोण सकारत्मक हुने थियो । सुशीलाको यो कर्मलाई हाम्रो पनि सलाम!


Your Views
Related News