नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। यो सँगै कुल मृतक संख्या ४ सय ६७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज मृत्यु भएकामा सबै आठजना पुरुष छन्। मृतकमध्ये छ जना वृद्ध छन्।

आज मृत्यु हुनेहरुमा काठमाडौँ उपत्यका चारजना छन्। जसमध्ये काठमाडौँका दुई, ललितपु र भक्तपुरका एक/एकजना छन्।

संक्रमित हुनेहरुमा मृत्यु हुनेहरुको प्रतिशतमा ०.६५ प्रतिशत छ।

READ MORE

सरकारको आग्रह : कोरोनाको बहानामा घरभेटीहरुले मानवीयता नगुमाउनू

सरकारले मात्रै सीमाको रक्षा गर्न सक्दैन : गृहमन्त्री
दार्चुला : गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताएका छन्।  ‘सीमाको रक्षा सरकारले मात्र गर्न सक्दैन, सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अझ राम्रोसँग गर्न सक्छन्’, उनले भने। सीमा क्षेत्रका नागरिकको सुरक्षा र उचित व्यवस्थापन गर्न सके मात्रै सीमा बलियो हुनसक्ने उनले बताएका छन्।  दार्चुलाको उत्तरी सीमा क्षेत्र रणनीतिक महत्वको रहेको बताउँदै गृहमन्त्रीले विश्‍वका दुई ठूला देश चीन र भारतसँग सीमा जोडिएको यस क्षेत्रलाई सरकारले विशेष महत्व दिएको बताए।  उनले यस क्षेत्र पर्यटनको ठूलो सम्भावनासमेत रहेकाले यहाँको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गरेका छन्।  गृहमन्त्री थापाले यो क्षेत्रमा अध्यागमन स्थापनाको लागि छिट्टै आवश्यक निर्णय लिने र व्यासमा प्रभावकारी सञ्चार सुविधाका लागि थप टेलिफोन लाइन जडान गरिने बताए।  ‘व्यासमा रहेको सीमा प्रशासन कार्यालयलाई छिट्टै सञ्चालनमा ल्याइन्छ’, उनले भने, ‘कर्मचारीलाई स्थायी रुपमा राख्‍ने गरी पठाइन्छ।’  गृहमन्त्री थापासँग व्यासको छाङ्गरुमा सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल, गृहसचिव महेश्‍वर न्यौपाने, दार्चुलाका सांसद गणेशसिंह ठगुन्‍ना, राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेललगायत थिए।


Your Views
Related News