मोटोपन अहिले धेरैका लागि टाउको दुखाइको विषय बनेको छ । यद्यपि मोटोपन क्रमिक रुपमा बिस्तारै बढ्छ, जुन हाम्रो खानपान र जीवनशैलीसँग सम्बन्धित छ । जबकि अचानक पनि मोटोपन बढ्न सक्छ ।

मानौं, तपाईंको खानपानमा खास परिवर्तन छैन । जीवनशैली उस्तै छ । जंकफुड वा तारेको, भुटेको खानेकुरा पनि त्यति खानु भएको छैन । दिनभर सुत्ने काम पनि गर्नुभएको छैन । तर अचानक मोटोपन बढ्यो, किन ?

यसरी मोटोपन बढ्नुमा भौतिक वा शारीरिक कारण मात्र नहुन सक्छ । भावनात्मक कारणले पनि मोटोपन बढ्न सक्छ।

जहिले पनि धेरै खानेकुरा खाएकाले मोटोपन बढ्छ भन्ने छैन । ऐश-आरामपूर्ण जीवनको कारण मात्र पनि मोटोपन बढ्छ भन्ने छैन । कुनैबेला यावत कारणविना नै मोटोपन बढ्न सक्छ । खासगरी यसमा हाम्रो भावनात्मक स्वस्थ्य जोडिएको हुन्छ । हामीमा पैदा हुने भावनात्मक स्थितिको सोझो असर शरीरमा पनि पर्छ। त्यसैले स्वस्थ्यका लागि शरीर मात्र होइन भावनात्मक स्थिति पनि ठिक हुनुपर्छ।

मोटोपन नियन्त्रणका दश प्राकृतिक तरिका

मोटोपन कसरी घटाउने रु धेरैले आफ्नो खानपानमा कटौती गर्छन् । कति कडा शारीरिक श्रम गर्छन् । व्यायाम गर्छन्, जीम धाउँछन् । यद्यपि सन्तुलित जीवन अपनाएर प्राकृतिक रुपमा पनि मोटोपन घटाउन सकिन्छ ।

–स्वस्थ्य खानपान पहिलो सूत्र हो । दिनभर थोरैथोरै खाना खाने । एकसाथ धेरै खानेकुरा सेवन गर्दा पनि मोटोपन बढ्छ।

–बिहान चाँडै उठ्ने । उठेपछि कागती र मह मिसाएको पानी पिउने । यदि तपाईंलाई कोलेस्ट्रल कम गर्नु छ भने तातो पानीमा दालचिनी पनि मिसाउन सक्नुहुन्छ । मधुमेह नियन्त्रण गर्ने हो भने मेथी दाना भिजाएर राख्ने र त्यसैको पानी सेवन गर्ने । साथसाथै यी पेयले मोटोपन घटाउन पनि सहयोग गर्छ ।

–अंकुरित गेडागुडी, दूध, अन्डा, ड्राइ फ्रुट्स आदिलाई बिहानको नास्तामा सामेल गर्न सकिन्छ ।

–बिहान नास्ता खाइसकेपछि जब भोक लाग्छ, खाना खानुभन्दा अघि थोरै फलफूल सेवन गर्नु उचित हुन्छ । यसले तपाईंलाई भिटामिनका साथसाथै मिनरल्स पनि प्रदान गर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । फलफूलको सेवन कम क्यालोरीमै भरपुर पोषण पनि मिल्छ ।

–खानामा दाल, सलादलाई प्राथमिकता दिनुपर्छ । मौसम अनुकूल सलादलाई हरेक छाकमा सामेल गर्नु उचित हुन्छ ।

–साँझको खाना हल्का र सुपाच्य हुनु जरुरी छ । सकेसम्म झोलयुक्त खानेकुरा, सागसब्जीको रस, फलफूल सेवन गर्नु उचित हुन्छ ।

–साँझको खाना खानसाथ सुत्ने वा आराम गर्ने, टिभी हेर्ने, मोबाइल चलाउने जस्ता गतिविधि त्याग्नुपर्छ । साँझ खाना खाएर हल्का हिँडडुल गर्नु उचित हुन्छ ।

–पर्याप्त निद्रा जरुरी हुन्छ । नियमित ७ देखि ८ घण्टासम्मको गहिरो निद्रा लिनुपर्छ।

–दिनभर एकै स्थानमा बसिरहने नगरौं । केही न केही सानोतिनो काम गर्ने वा शारीरिक श्रम गर्ने गरौं । आफ्नो काम सकेसम्म आफैँले गरौं ।

–बगैंचाको काम, खेतीको काम वा कुनै पनि किसिमको शारीरिक काम गर्नु उचित हुन्छ।

READ MORE

व्यायाम गर्दा गर्दै नगर्नुहोस् यी गल्ती


Your Views
Related News