काठमाडौँ : सरकारले पीसीआर परीक्षण शुल्क दुईपटक घटाएर २ हजार रुपैयाँ कायम गरे पनि निजी अस्पताल र प्रयोगशालाले दोब्बर असुलिरहेका छन् । काठमाडौं उपत्यकाका ११ प्रयोगशालाको अनुगमन गर्दा ८ वटाले ३ हजार ९ सय रुपैयाँ लिइरहेको पाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले दुई दिन लगाएर हालै अनुगमन गरेको थियो । अनुगमनमा संलग्न एक स्वास्थ्यकर्मीका अनुसार सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरी एन्ड रिसर्च सेन्टर, इन्टरपिड डायग्नोस्टिक सेन्टर, डिकोड जेनोमिक्स एन्ड रिसर्च सेन्टर, सूर्या हेल्थ केयर सेन्टर, बी एन्ड बी अस्पताल, ह्याम्स अस्पताल, नेपाल मेडिसिटी र स्टार अस्पतालमा रहेका प्रयोगशालाले तोकेभन्दा बढी शुल्क लिइरहेका छन् । यस्ता प्रयोगशालाले बढी शुल्क असुलेको उजुरी मन्त्रालयमा परेको थियो ।

‘सरकारी मापदण्ड लत्याएको पाइयो । अधिकतम २ हजार शुल्क लिनुपर्नेमा ३ हजार ९ सय रुपैयाँ असुलेको पाइयो’, अनुगमनमा संलग्न एक कर्मचारीले भने । अनुगमनका क्रममा बिद ल्याबोरेटरी, काठमाडौं मेडिकल कलेज र नेपाल–कोरिया जनमैत्री अस्पतालले भने तोकिएकै शुल्क लिइरहेको पाइएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पीसीआरमा प्रयोग हुने रिएजेन्ट, किट, स्वाब संकलन गर्ने भीटीएमदेखि पीपीईलगायत सामग्रीको मूल्य घटेपछि भदौ २८ गते शुल्क घटाइएको हो । तर, निजी प्रयोगशाला सञ्चालकले असोज ५ गतेदेखि ३ हजार ९ सय शुल्क लिइरहेको पाइएको अनुगमनमा संलग्न स्वास्थ्यकर्मीले बताए । याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

यो पनि पढ्नुस्

सत्तारूढ नेकपा सचिवालय बैठक, स्थायी कमिटी र विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको सुझावअनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुर्नगठन गृहकार्य अन्तिम चरणमा पु-याएका छन् ।

प्रधानमन्त्रीे ओलीले गत शुक्रबार मन्त्रिपरिषद् बैठकमा ‘केही मन्त्रीको बिदाइ र केहीलाई निरन्तरता दिनेगरी पुनर्गठन’ संकेत गरे । त्यसअनुसार छलफल र गृहकार्य तीव्र पारिएको प्रधानमन्त्रीनिकट स्रोतले राजधानीलाई बतायो ।

ओली नेतृत्वको सरकारले ‘मुलुकलाई विकास, सुशासन र समृद्धितर्फ डोहो-याउन मन्त्रीका रूपमा ल्याइने सारथि इमानदार, जनउत्तरदायी र शतप्रतिशत परिणाम दिन’ सक्षम व्यक्ति हुनुपर्ने राजनीतिक तथा प्रशासनविज्ञ सुझाउछन् ।

नयाँ मन्त्री सुशासन ऐन २०६४ अनुसार काम गर्न सक्ने, समग्र कार्यमा गति दिन सक्ने, जनप्रिय कार्यक्रम ल्याउन सक्ने तथा नीति बजेट कार्यक्रम परिणाममुखी बनाउन सक्ने गुणयुक्त हुनुपर्ने सुझाव उनीहरूको छ । कोभिड–१९द्वारा सिर्जित संकट समाधान, नवीनत्तम योजना तथा कार्यक्रम बनाउन सक्ने क्षमताका ‘भिजेनरी’ मन्त्री बनाउनुपर्ने आवश्यकता राजनीतिक तथा प्रशासनविज्ञले औंल्याएका छन् ।

निजीभन्दा सार्वजनिक हित प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेल्न सक्ने, उच्चस्तरको नैतिकता र आचरण प्रर्दशन गरिरहेका तथा जनताको समस्यालाई आफ्नै समस्याका रूपमा आत्मसात् गरी सधंै जनताको घरदैलो र छहारीमा नै बस्न रुचाउने सादा जीवन उच्च विचारका कर्तव्यनिष्ट व्यक्तिलाई मन्त्रीका रूपमा ल्याउन सकिए सरकार छोटो समयमा नै सफल हुने राजनीतिक विश्लेषकको सुझाव छ । याे खबर राजधानी दैनिकमा छ ।

READ MORE

आज असोज ७ गते बुधबारको राशिफल पढ्नुस्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

स्वास्थ्य बिग्रनाले रोगव्याधको प्रकोप नियन्त्रणमा आउन कठिनाई उत्पन्न होला । राजनैतिक परिस्थिति अनुकूल बन्न नसक्नाले दबाबमा पिल्सिनु पर्ला । नोकरीमा खिचातानीको शिकारले नैराश्यता बढाउनेछ । जग्जजमिनको कारोबारले आर्थिक तंगी हटाउन गाह्रो पर्नेछ । अनाबस्यक खर्च बढ्ने तथा भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नु पर्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

चलि आएका परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ भने परिवारका आवश्यकताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउने तथा बिजयको योग रहेको छ । व्यापार व्यावसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापार व्यावसायमा लगानि गरि सोचेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुसि हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ । सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ भने आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथिभाईबाट टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनितिमा आलोचना गर्नेहरु सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । कृषि क्षेत्रमा गरिएको लगानि भने फस्टाएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउँनेछ । उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति हुने हुनाले एक दुई कदम अगाडि बढि अग्रगामि छलाङ मार्न सकिनेछ । व्यापार गर्ने शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरु सँग भेटघाट हुने हुनाले मन प्रशन्न रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउँनेछ । आफन्तबाट भनेजस्तो सहायोग पाईने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउँने हुनाले मन प्रशन्न हुनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पछि सम्म आम्दानि हुने व्यावसायमा लगानि बढाउन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

नया प्रबिधिको प्रयोग गरि रचनात्मक कार्य गर्न सकिनेछ । राजनितिकर्मि हरुका लागि जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । बिद्यार्थी वर्गहरुका लागि मेहनेत गरि अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेकोछ । सुन्दर तथा बिलाशिताका सर सामान प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखी बिछोड भएका मित्रहरु सँग भेट हुनाले दिन रमाईलो गरि बिताउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

काम गर्दा बिशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तह टाडिनेछन् । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । तरपनि कामको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेको छ । बिदशी सामानको व्यापार व्ल्यावसाय फस्टाएर जानेछ भने बिदेशमा बसेर श्रम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बिद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउने हुँदा राम्रा परिणाममुखि काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोग मार्फत यथेश्ट धन आर्जन हुने ग्रह योग रहेको छ । नयाँ सवारि साधन तथा मन परेको भौतिक सम्पति लाभ हुने गतिलो सम्भावना रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सम्मानित काम गरि सबैको मन जित्न सकिनेछ भने व्यापार व्यावसायमा प्रसश्त आम्दानि गर्न सकिनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । परिवारजनको सहयोगले महत्वपुर्ण कामहरु बन्नेहुनाले आर्थिक अवस्था सुदृड हुनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरु भन्दा निकैनै अगाढि बडि पुरस्कार तथा प्रशंसापत्र जित्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

सामाजिक काम गरि समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुसि पार्न सकिनेछ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तिर्थ यात्राको प्रसस्त सम्भावना रहेको छ । व्यापार व्यावसायमा लगानि बढाई प्रसस्त नाँफा कमाउने समय रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि दिन उत्तम रहेको छ ।


Your Views
Related News