पढाइ सबैकाे लागि निकै महत्वपू्र्ण बिषय हाे । त्यस्तै, धेरैलाइ लाग्नेगर्छ कि कलाकारहरुले कित पढेका हुन्छन् ? यस्ताे बिषय धेरै मान्छेले जिज्ञासा राखेकाे पाइएकाे छ । यसमा त झनै, नायिकाहरू प्रति त झन् मानिसले नराम्राे नजरले हेर्छन् । यद्धपी केही नेपाली नायिकाहरुले हामीले सोचेको भन्दा धेरै पढेका छन् ।यी नेपाली ६ कलाकार, जसले धेरै पढेः

केकी अधिकारीः
पछिल्लाे समय नायिका केकीकाे चर्चा सामाजिक संजालमा छरिएकाे छ । मसान चलचित्र खेलेर वाहीवाही बटुलेकी केकी अधिकारी नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका हुन् । फिल्म निर्देशक बद्री अधिकारीकी छोरी भएका नाताले पनि कलिउडमा उनको इज्जत नगर्ने भेटीदैँनन् । नायिका केकीले हुमन रिर्सोस म्यानेजम्यान्टमा स्नातकोत्तर गरेकी छिन् ।

रिमा विश्वकर्माः
चलचित्र खेलेर भन्दा पनि मोडलिङ र कार्यक्रम चलाएर हिट बनेकी रिमा विश्वकर्माले पिनाकल एकेडेमीबाट अंग्रेजी र मास मिडियामा स्नातक गरेकी छन् । पछिल्लो समयमा नेपाल आईडलको प्रस्तोता हुँदा उनले धेरैको मन जितेकी थिइन् ।

ऋचा शर्माः
नायिका ऋचा शर्माले लिटिल एञ्जल स्कुल हात्तीवनबाट स्कुले जीवन प्रारम्भ गरेकी थिइन् । पछि गोल्डेनगेटबाट ब्यवस्थापनमा स्नातकोर गरेकी छिन् । उनले यस बाहेक जर्मनी र फ्रान्सबाट कलाकारिता सम्बन्धी अध्ययन गरेकी छिन् । जिवन्त अभिनय गर्ने क्षमताकी धनि ऋचाले नेपाली रजतपटमा ‘फस्ट लभ’ चलचित्रबाट पाईला टेकेकी थिइन् । जुन सर्वधिक सफल चलचित्र मानिन्छ ।

निशा अधिकारीः
कहिले सगरमाथा चढेर त कहिले कपाल पूरै मु ण्डन गरेर चर्चामा आईरहने निशा अधिकारी पछिल्लो समय नेपाली क्रिेटर शरद भेष्वाकरसंग विवाह गरेर नयाँ जिवन बिताइरहेकी छन् । उनले फिल्म र सामाजिक विज्ञानमा स्नातक सम्मको अध्ययन गरेकी छिन् ।

संचिता लुईटेलः
नेपाली चलचित्रकी ‘अप्सरा’ संचिता लुईटेल पछिल्लो समय चलचित्रमा देखिएकी छैनन् । निखिल उप्रेतीसंग दोश्रो विवाह गरेर दुई सन्तान जन्माएकी उनले बागबजारको पद्मकन्या क्याम्पसबाट समाजशास्त्रमा एम ए गरेकी छिन् ।

प्रियंका कार्कीः
नायिका प्रियंका कार्की नेपाली चलचित्र क्षेत्रकी एक चर्चित नायिका हुन् । उनी हाल नायक अायुसमान देशराज श्रेष्ठसँग बिवाह गरेर नयाँ जीवनकाे सुरुवात गरेकि छि्न् । उनलेले अमेरीकाको युनिर्भसिटी अफ अलबामाबाट चलचित्रमा डिप्लोमा गरेकी थिइन् ।

READ MORE NEWS

एसियाली राजमार्गसँग जोडियो नेपाल

काठमाडौँ : एसियाली राजमार्गसँग नेपाली राजमार्ग जोडिएका छन् । एसियाली मुलुकबीच सडक सञ्जाल जोडेर निर्वाध रूपमा आवतजावत तथा व्यापार गर्न पाउने अवधारणाअन्तर्गत यस्तो पहुँच जोडिएको हो । नेपाल र भारत जोड्ने सीमामा रहेको मेची नदीमा चार लेनको पुल निर्माण भएसँगै ‘ए क्लास’ को एसियाली राजमार्गसँग नेपालको पहुँच जोडिएको हो ।

एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा निर्माण भएको सो पुलको लम्बाइ ७९० मिटर रहेको छ । मेची पुलसँगै नेपालतर्फ डेढ किलोमिटर ‘एसियन हाइवे एप्रोच रोड’ समेत निर्माण गरिएको छ ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले मेची नदीमा पुल निर्माण भई सञ्चालनमा आएसँगै अब नेपालको पहुँच ए क्लासको ‘एसियन हाइवे’ सँग भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेची नदीमा यसअघि दुई लेनको मात्र पुल थियो, अहिले चार लेनको पुल निर्माण भएसँगै नेपाल सीमापारि निर्माण गरिएको ए क्लासको ‘एसियन हाइवे’ सँग जोडिएकोे छ ।” यसअघि सीमापारि पनि ए क्लासको ‘एसियन हाइवे’ निर्माण गरिएको थिएन ।

नेपालको पूर्व–पश्चिम राजमार्ग र अरनिको राजमार्ग ‘एसियन हाइवे’ अन्तर्गत पर्दछन् । पूर्व–पश्चिम राजमार्ग ‘एसियन हाइवे’ को रुट–२ र अरनिको राजमार्ग रुट–४२ अन्तर्गत पर्दछन् । नेपालको पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने काम सुरु भइसकेको बताउँदै उहाँले भन्नुभयो, “उक्त राजमार्गको नारायणगढ–बुटवल खण्डमा बिस्तार कार्य सुरु भइसकेको छ भने नारायणगढ–हेटौँडा–पथलैया–कमला हुँदै काँकडभिट्टासम्म परापर्शदाता नियुक्त हुने प्रक्रियामा रहेको छ ।” याे खबर गाेरखापत्र दैनिकमा छ ।

यो पनि पढ्नुस्

सत्तारूढ नेकपा सचिवालय बैठक, स्थायी कमिटी र विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको सुझावअनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुर्नगठन गृहकार्य अन्तिम चरणमा पु-याएका छन् ।

प्रधानमन्त्रीे ओलीले गत शुक्रबार मन्त्रिपरिषद् बैठकमा ‘केही मन्त्रीको बिदाइ र केहीलाई निरन्तरता दिनेगरी पुनर्गठन’ संकेत गरे । त्यसअनुसार छलफल र गृहकार्य तीव्र पारिएको प्रधानमन्त्रीनिकट स्रोतले राजधानीलाई बतायो ।

ओली नेतृत्वको सरकारले ‘मुलुकलाई विकास, सुशासन र समृद्धितर्फ डोहो-याउन मन्त्रीका रूपमा ल्याइने सारथि इमानदार, जनउत्तरदायी र शतप्रतिशत परिणाम दिन’ सक्षम व्यक्ति हुनुपर्ने राजनीतिक तथा प्रशासनविज्ञ सुझाउछन् ।

नयाँ मन्त्री सुशासन ऐन २०६४ अनुसार काम गर्न सक्ने, समग्र कार्यमा गति दिन सक्ने, जनप्रिय कार्यक्रम ल्याउन सक्ने तथा नीति बजेट कार्यक्रम परिणाममुखी बनाउन सक्ने गुणयुक्त हुनुपर्ने सुझाव उनीहरूको छ । कोभिड–१९द्वारा सिर्जित संकट समाधान, नवीनत्तम योजना तथा कार्यक्रम बनाउन सक्ने क्षमताका ‘भिजेनरी’ मन्त्री बनाउनुपर्ने आवश्यकता राजनीतिक तथा प्रशासनविज्ञले औंल्याएका छन् ।

निजीभन्दा सार्वजनिक हित प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेल्न सक्ने, उच्चस्तरको नैतिकता र आचरण प्रर्दशन गरिरहेका तथा जनताको समस्यालाई आफ्नै समस्याका रूपमा आत्मसात् गरी सधंै जनताको घरदैलो र छहारीमा नै बस्न रुचाउने सादा जीवन उच्च विचारका कर्तव्यनिष्ट व्यक्तिलाई मन्त्रीका रूपमा ल्याउन सकिए सरकार छोटो समयमा नै सफल हुने राजनीतिक विश्लेषकको सुझाव छ ।


Your Views
Related News