एजेन्सी । अष्ट्रेलियाका चर्चित पूर्व क्रिकेटर डिन जोन्सको भारतमा निधन भएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) को कमेन्ट्रीका लागि स्टार इन्डियासँग आबद्ध भई भारतको मुम्बईमा रहेका बेला उनको बिहीबार निधन भएको हो । आकस्मिक रुपमा हृदयघात भएर उनको ५९ बर्षको उमेरमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

स्टार इन्डियाद्धारा जारी वक्तव्यमा लेखिएको छ, “डिन मेर्भीन जोन्सको निधन भएको जानकारी गराउनु पर्दा हामीलाई अत्यन्त दुःख लागेको छ । यो दुःखद् घडीमा हामी उहाँका परिवारजन, सुवेच्छुक र समर्थकहरुको साथमा छौँ । उहाँको हृदयघातका कारण आकस्मीक निधन भएको हो ।”

images

उनको अन्त्येष्टिको व्यवस्थापनका लागि आफूहरु अष्ट्रेलियाली उच्च आयोगको सम्पर्कमा रहिरहेको पनि स्टार इन्डियाले जनाएको छ । क्रिकेट खेलसम्वन्धी विभिन्न भूमिकामा रहेर लामो समय काम गरेका जोन्सलाई दक्षिण एसियामा क्रिकेटको विकासका लागि महत्वपूर्ण योगदान गरेको व्यक्तिका रुपमा चिनिन्छ । उनले क्षमतावान युवा क्रिकेटरहरुलाई प्रोत्साहन र सहयोग गरेका थिए भने उनका दशौँ लाखौँ समर्थकहरु थिए । उनी सन् १९८० देखि १९९० सम्ममा अष्ट्रेलियामा अत्यन्त आक्रामक रुपमा खेल क्षेत्रमा लोकप्रिय रहेका थिए ।

चर्चित व्याड्सम्यान डिनले खेल जीवनपछि लामो समय विभिन्न देशमा प्रशिक्षक र कमेन्टेटरका रुपमा क्रिकेट क्षेत्रमा योगदान पुर्याएका थिए । डिन अफगानिस्तान क्रिकेट टिमको अन्तरिम प्रशिक्षक भएका थिए भने पाकिस्तान सुपर लिगमा इस्लामाबाद युनाइटेडको मुख्य प्रशिक्षक समेत भएका थिए ।

READ MORE NEWS

फोक्सोमा गम्भीर संक्रमण भएका भलिबल खेलाडी प्रकाश आर्थिक अभावमा अस्पतालमा छट्टपटिदै

खेलाडी देशका गहना हुन् । खेल जगतबाट आफ्नो माटोको पहिचान बनाउने खेलाडीहरु बेलाबेला विभिन्न समस्यासँग मुकाबिला गरिरहनुको परेको समाचार पनि बाहिर आउने गरेका छन् । उर्जाशिल उमेर खेलमा लगाएपनि राज्य तहबाट कुनै पनि सहयोग नहुँदा खेलाडीहरु बेला बेला निकै गुनासो गर्ने गर्छन् ।

त्यस्तै भलिबललाई जीवन बनाएका सुदूपश्चिम प्रदेश अछाम जिल्ला मेल्लेख गाउँपालिका वडा नं ४ कुस्कोट ,राफा निवासी एक खेलाडी फोक्सोमा संक्रमण देखा परेपछि जीवन मृत्यु सँग संघर्ष गरिरहेका रहेका छन् ।  बुबा  प्रेमबहादुर साउद र आमा
खन्टि साउदका छोरा कुस्कोट भलिबल  टिमका  कप्तान ,  प्रकाश साउदको फोक्सोमा भएको गम्भीर संक्रमणको कारण उनी भारतको एक अस्पालमा जीवनको भीक मागिरहेका छन् ।

images

एक हप्ताको नोभा हस्पिटल धनगढीमा उपचार पश्चात् सम्भव नभई थप उपचारको निम्ति लखनउ रिफर गरिएका उनको घरको आर्थिक स्थिती निकै दयनिय रहेको छ ।   लखनउ स्थित  राजा मेडिकल एण्ड होस्पीटल लखनमा आइसीयूमा उपचार गराइरहेको उनको १० लाख रुपैया लाग्ने अस्पताले जनाएपछि उनको परिवारले छोरा प्रकाशलाई जिवनको भीक मागिरहेका छन् ।  उनको  आर्थिक  अबस्था निकै  नाजुक  भएको कारणले  थप  उपचार  गर्न  एकदमै  गाह्रो  भईरहेको भन्दै परिवारजनहरुले दुखेसो पोखेका छन्।

उनका आफन्तहरुले  प्रकाश बचाउ अभियान जारी गर्दै  सहयोगी मनहरुमा निजको आमा खन्टी देवी साउदको नाममा मेघा बैंकक लिमिटेड साँफे वगर शाखामा रहेको खाता नं 0300051043098 ,  पैसा जम्मा गरिदिन अपिल गरेका छन् । सानो सानो सहयोगले प्रकाशको ज्यान बच्न सक्ने अभिलासाका साथ प्रकाशm बचाउ अभियानको थालनि गरिएकाले सहयोग मनहरुलाई सके जति सहयोग गरिदिनुहुन आग्रह उनका आफन्तहरुले जनाएका छन् । साथै उनका अाफन्तजनहरुसँग सम्पर्क गरेर भए पनि सहयाेग गरिदिन भनेका छन् ।
राम साउद (भिनाजु) सम्पर्क नं 8544745723 खाता बालाको नाम :

सुनिल चलाउने खाता नम्बर :11563752471 State bank of india I.f.s.c:SBIN0008840 मा आफ्नो तर्फबाट सक्दाे रकम सहयोग गरिदिनहुन अनुरोध गर्दछौं

थप सम्पर्क व्याक्ति हरु राम ब साउद 9848678204

गम्भीर साउद 9848514267

भिम साउद 9868849186

मनाेज कुमार साउद 9848460159

REQAD MORE NEWS

डर्टमण्ड अग्सवर्गसँग २–० गोल अन्तरले पराजित

जर्मन बुन्डेस लिगा फुटबलमा बोरोसिया डर्टमण्ड पराजित भएको छ । शनिबार राति भएको खेलमा डर्टमण्ड अग्सवर्गसँग २–० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा अग्सवर्गलाई  जितका लागि फेलिक्स उडोखी र डेनियल काल्गिरीले एक–एक गोल गरे । खेलको ४० औँ मिनेटमा फेलिस्कले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको अग्सवर्गले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको थियो ।

images

खेलको ५४ औँ मिनेटमा डेनियलले गोल गर्दै अग्सवर्गलाई २–० गोलको जित निकाले । जितसँगै अग्सवर्गले दुई खेलबाट ६ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा उभ्याएको छ । पराजित डर्टमण्डको ३ अंक छ ।

 


Your Views
Related News