मोटोपन घटाउने काइदा छाकमा कटौती गरेर होइन । खानपानमा कटौती गर्ने होइन । पोषक तत्व आपूर्तिका लागि दिनभरमा हामीलाई पटक(पटक खानेकुराको आवश्यक हुन्छ । त्यसैले खानेकुरा खाइरहनुपर्छ । तर, खानेकुराको नाममा जंकफूड, फास्टफूड वा प्रशोधित र बजारमा उपलब्ध तयारी खानेकुरा सेवन गरिन्छ भने, त्यसले पक्कै मोटोपन बढाउँछ । किनभने ति खानेकुरामा पोषक तत्व त हुँदैनन् नै, त्यसले पेटमा अतिरिक्त बोझ थपिदिन्छ ।

तपाईंले यी खानेकुराका लागि चाहि मुखमा ताल्चा लगाउनैपर्छ । मदिरा र मासुजन्य परिकारले मोटोपन बढाउँछ । यो कुरा पनि ख्याल राख्नुपर्छ ।फलफूल, पानी र सात्विक एवं सुपाच्य खानाले मोटोपन पटक्कै बढाउँदैन ।

तौल नियन्त्रणका लागि प्रोटिनको अहंम भूमिका हुन्छ । प्रोटिन सेवन नगर्दा मेटाबोलिज्म बढ्छ । त्यतीमात्र होइन, प्रोटिनको सेवन गर्दा शरीरमा भोक जगाउने हर्मोन ग्लेरिनको स्राव कम हुन्छ । त्यही कारण हामीलाई कम भोक जाग्छ र अनावश्यक खानेकुरा खाइँदैन ।

कतिपय मानिसमा तौल नियन्त्रण गर्नु यसकारण गाह्रो हुन्छ, उनीहरु जानेर वा नजानेर धेरै क्यालोरी ग्रहण गर्छन । त्यसैले कुनैपनि खानेकुरा सेवन गर्नुअघि त्यसले शरीरमा क्यालोरीको मात्रा बढाउँछ कि रु सर्तक हुनुपर्छ । मोटोपन नियन्त्रण नहुनुमा फाइबरयुक्त खानेकुरा सेवन नगर्नु पनि एउटा कारण हुनसक्छ ।

तपाईंले भन्नुभयो, ‘म मज्जाले एक्सरसाइज गर्छु ।’ तर, कसरी गर्नुहुन्छ रु कुरा त्यो हो । सही ढंगले व्यायाम नगर्दा पनि मोटोपन नियन्त्रण हुँदैन । वा व्यायामको प्रभाव पर्दैन । तौल नियन्त्रणका लागि तपाईले आफ्नो वर्कआउट प्लानमा सबै किसिमको व्यायाम, जस्तो कि योग, कार्डियो, वेट ट्रेनिक सम्मिलित गर्नुपर्छ । शरीरको मेटाबोलिज्म बढाउनका लागि वेट ट्रेनिङ एकदमै फाइदाजनक हुन्छ ।

तपाईं कति घण्टा सुत्नुहुन्छ रु यो प्रश्न तपाईंलाई असान्दर्भिक लाग्न सक्छ । र, भन्नुहोला, ‘मोटोपन घटाउने कुरामा निन्द्राको के नाता रु’ नाता छ नि, पर्याप्त मात्रामा निद्रा नलिदा पनि मोटोपन बढ्ने संभावना रहन्छ । सात वा आठ घण्टा मस्त निदाउनुपर्छ ।

पर्याप्त पानी सेवन नगर्दा पनि मोटोपन नियन्त्रण नहुन सक्छ । त्यस्तै कतिपय शारीरिक समस्या जस्तो कि, हाइपोथाइराइड, पलिस्टिक आभेरियन सिन्ड्रोम आदिको कारण तौल बढ्छ । यसका साथै केही औषधीको सेवन मोटोपन बढ्छ ।

तौल नियन्त्रण गर्नु एक सुस्त प्रक्रिया हो । तपाईं आजको भोलि नै त्यसको नतिजा

तौल कसरी घटाउने रु अहिले संभवत धेरैले खोज्ने प्रश्न हो यो । यसका जवाफ पनि फटाफट मिल्छ । तर, सबैको हकमा एउटै जवाफ प्रभावकारी हुँदैन । किनभने तौल नियन्त्रणको प्रसंगमा फेला पर्न जवाफ भनेको, खानपानमा कटौती नै हो । अर्थात खानेकुरा नियन्त्रण गरेपछि मोटोपन घट्छ भन्ने आम बुझाई छ ।

के त्यसो हो भने आफ्नो नियमित खुराकमा कटौती गर्ने रु खानाको मात्रा कम गर्ने ?

images

खाना छाडेपछि वा आफ्नो खुराक घटाएपछि शरीरलाई आवश्यक पोषण तत्वको अभाव हुन्छ । यसले मोटोपन घट्ने होइन, कुपोषण हुने खतरा हुन्छ । त्यसैले खानेकुरा घटाउने होइन, बरु व्यवस्थापन गर्ने हो । उचित खानेकुरा, सही ढंगले सेवन गरेर मोटोपन घटाउन सकिन्छ ।

बढ्दौ तौल, बढ्दो चिन्ता

तौल बढ्नु भनेको रोगलाई निमन्त्रणा गर्नु पनि हो । किनभने शरीरमा जम्ने अतिरिक्त बोसोले तौल बढाउँछ । यस्ता बोसोले शरीरका भित्री अंगको कार्य संचालमा अवरोध पुर्‍याउँछ ।त्यसैले त अहिले मान्छेहरु तौल नियन्त्रण गर्ने अनेक काइदा खोजिरहेका छन् । कोही जिम धाइरहेका छन्, कोही खानेकुरामा कटौती गरिरहेका छन् ।

आफ्नो तौललाई लिएर मानिसहरु अक्सर तनावमा रहने गर्छन् । बढेको तौल कसरी कम गर्ने, कम भएको तौललाई कसरी नियन्त्रण गर्ने भन्ने कुराले उनीहरुको मन सधै अशान्त रहने गर्छ । किनकी विभिन्न अध्ययन अनुसन्धानहरुले जनाए अनुसार तौल बढेमा उच्च रक्तचाप, मधुमेह, हृदय रोग, मोटोपना लगायतका समस्या निम्तिने गर्छ ।

त्यसैले, तौललाई कम गर्न खाना खान  छाड्ने भन्दापनि स्वस्थ आहार अपनाउनु पर्छ । प्रत्येक साता एक दुई पाउण्ड वजन कम गर्नु राम्रो मानिन्छ । अन्यथा, एकै पटक धेरै तौल कम गर्दा जसरी तौल घट्यो, त्यसैगरी बढ्ने गर्छ ।

खाना नछोड्ने

दिनको सुरुवात् स्वास्थ्यवर्दक नाश्ता गर्ने । दिनमा कम्तीमा तीन पटक खाना खाने । यसले शरीरलाई ताकत प्रदान गर्नुका साथै भोक लाग्दैन ।

खानाको भाग नियन्त्रण गर्ने

सानो प्लेटको प्रयोग गर्ने । र, थोरै थोरै मात्रामा धेरै प्रकारका खानेकुरा खाने । नथप्ने ।

भोक लाग्दा मात्र खाने

भोक लाग्दा मात्र खाने । आराम गर्न तथा बोर कम गर्नका लागि नखाने । बरु घुम्न जाने ।

जो खानुहुन्छ, त्यो सबै कापीमा लेख्ने

दिनभरी खाएको खानेकुराको विवरण कापीमा लेख्ने । त्यसमा आहारका प्रकार, खानाको मात्रा र जुन समयमा खाएको हो, त्यो सबै समावेश गर्ने । अझ सकिन्छ भने, त्यही विवरण हेरेर आफ्नो आनीबानीलाई व्यवस्थित गर्ने ।

कसरत गर्ने

कसरत गर्नका लागि खास योजना चाहिदैन । घरकै सिढी चढेर, केही समय हिडेर, सातामा कम्तीमा पाँच दिन हिडेर, साइक चढेर, स्वीमिङ्ग खेलेर तथा हाइकिङ्ग गरेर पनि कसरत गर्न सकिन्छ । यसबाहेक, दिनमा एक घण्टा नियमित व्यायाम गरेर पनि कसरत गर्न सकिन्छ । यदपी, कुनै पनि ठूलो खालको  कसरत गर्नु पूर्व चिकित्सकसित सल्लाह गर्न जरुरी छ ।

चिनी तथा गुलियो नियन्त्रण गर्ने

डोनट, कुकिज, केक लगायत चिनी तथा गुलियोको मात्रा धेरै भएको खानेकुरा खाँदा नियन्त्रित मात्रामा खानुपर्छ । यस्ता खानेकुरामा क्यालोरीको मात्रा धेरै हुनुका साथै पोषक तत्वको कमी हुन्छ । चिसो पेय पदार्थमा कृतिम गुलियोको प्रयोग धेरै हुने भएकोले यस्ता पेय पदार्थको सेवन कम गर्नुपर्छ ।

 पानी पिउने

पर्याप्त मात्रामा पानी पिउने मानिसको तौल कम हुने सम्भावना बढी हुन्छ । यसको लागि प्रत्येक दिन छ देखि आठ गिलास पानी पिउनु पर्छ ।

बाहिरको खानेकुरा खाँदा सचेत रहने

बाहिरको खानेकुरामा नुन तथा चिल्लोको अत्याधिक मात्रामा प्रयोग गरिएको हुन्छ । त्यसैले, बाहिरको खानेकुरा खादा कम चिल्लो, सूप तथा सलाद वा कम चिल्लो भएको खानेकुरा खानुपर्छ । सस तथा डे्रसिङ्ग बेग्लै लिनुपर्छ । खाना धेरै भएमा कसैसित बाढ्नु पर्छ वा बढी भएको खानेकुरा घर लैजानु पर्छ । थालीमा स्वास्थ्यवर्दक खानेकुरामात्र खानुपर्छ ।

नास्ता गर्ने

प्याक गरिएको खानेकुराको सट्टा ताजा फलफूल, सागसब्जी वा चिल्लोरहित दही खानुपर्छ । होल ग्रने सिरियल्स, ओट मिल, रोटी लगायतका खानेकुरा शरीरका लागि राम्रो मानिन्छ ।

खाना पकाउँदा तेलको प्रयोग कम गर्ने

खानेकुरा पकाउँदा अत्याधिक तेलको प्रयोग गर्नुको सट्टा खानेकुरालाई सेकेर, हल्का भुटेर वा उसिनेर पनि खान सकिन्छ । यसरी खाना पकाउँदा खानामा तेलको मात्रा कम हुनुका साथै खाना स्वस्थकर हुन्छ ।

खाद्यान्न खरीद गर्दा होशियारी अपनाउने

आफूले के के खाने भन्ने कुराको पहिले नै योजना बनाउने । त्यसको सुची तयारी गर्ने । अनिमात्र खाद्यान्न किन्ने । अनावश्यक खरीदारी गर्नबाट बच्ने । अझ भोक लागेको समयमा त खानेकुरा किन्दै नकिन्ने । फलफूल, हरिया सागसब्जी, अंकुरित अनाज, सिङ्गो अनाज अरीद गर्ने । मासु किन्दा बोसो नभएको मासु किन्ने । दूग्धजन्य पदार्थ खरीद गर्दा फ्याटबारे विशेष ध्यान दिने । किनकी यस्ता ससाना परिवर्तनले पनि स्वास्थ्यलाई विभिन्न तरीकाले लाभ हुन्छ ।

 


Your Views
Related News