सुनसरीको बराहक्षेत्र नगरपालिका– १ कटहरेकी १२ वर्षीया बालिका मिना राई लाई सोही ठाउँका १५ वर्षीय रञ्जीत राईले बलात्कार पछि हत्या गरेको खुलेको छ।

बलात्कार गर्न लाग्दा प्रतिकार गरेपछि रञ्जितले मिनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

शुक्रबार राति हत्या गरिएको अवस्थामा उनी घरमै मृत फेला परेकी थिइन। साँझ  छिमेकीको  घरमा धामी बसेको हेर्न मिना उनकी आमा बिमला र बुवा दशरथसँगै गएकी थिइन्।

निन्द्रा लागेपछि उनी सुत्न एक्लै घर फर्किएकी थिइन्।  दशरथको घरमा  पसल समेत छ। पसलमा  रञ्जित ११ बजे टर्चको ब्याट्री खरिद गर्न पुगेको अनुसन्धामा पाइएको सुनसरी प्रहरी प्रमुख कमल थापाले बताए। सोही बेला उनले घटना घटाएको प्रहरीको भनाइ छ।

घटना लगत्तै  धरानस्थित सङ्घीय प्रहरी इकाई कार्यालयबाट ‘लैला’ नामको तालिमप्राप्त कुकुर मगाई अनुसन्धान भएको थियो।  लैला घटनास्थलदेखि रञ्जितको घरसम्म पुगेको थियो।

मिना र रञ्जितको घर करिब ७० मिटरको अन्तरमा छ। नाताले भने दुवै जना मामा–भान्जी हुन्।

एक महिनाअघि गाउँमा ट्याक्टर चलाउँदा मान्छे किचेर रञ्जित फरार भएका थिए। केही दिन अघि मात्र उनी गाउँमा देखिएको स्थानीय वीरबहादुर राईले बताए।

‘कक्षा ५ मा पढ्दै गरेकी बालिका निकै चलाख र मिजासिली थिइन्। दुई दिदी बहिनी छन्। उनी घरमा आमाबुवालाई काम सघाउँथिन्, चटपटे बनाएर बेच्थिन्। अपराधीले कसरी मार्न सक्यो होला,’ वीरबहादुरले भने।

रञ्जित राईसहित ८ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान भइरहेको सुनसरी प्रहरी प्रमुख थापाले जानकारी दिए। ‘हामी चाँडै हत्यारालाई सार्वजनिक गर्दैछौँ,’ उनले भने।

उनका अनुसार मिनाको हत्यामा राईको संलग्नता पुष्टि भइसकेको छ भने बाँकी ७ जनाको अनुसन्धान भइरहेको छ। पक्राउ परेका रञ्जितले मिनाको हत्या आफूले गरेको प्रहरी समक्ष स्वीकार गरिसकेका छन्।

इलाका प्रहरी कार्यालय चकरघट्टी र जिल्ला प्रहरी कार्यालय सुनसरीको दुई वटा अनुसन्धान टोलीले बाँकी पक्राउ परेकाहरूको पनि संलग्नता छ÷छैन भनेर अनुसन्धान गरिरहेका छन्।

हत्या हुनु केही घण्टा अघि रञ्जित र बाँकी ७ जना युवासँगै रहेको अनुसन्धानले देखिएकाले उनीहरू अनुसन्धानको दायरामा परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार राति मिना घर आएपछि ढोकाको ताला नखोली झ्यालबाट छिरेर तल्लो तलाको खाटमा सुतेकी थिइन्। मिना सुतेको देखेपछि रञ्जित पनि सोही झ्यालबाट छिरेर जबरजस्ती गर्न खोजेका थिए।

अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार रञ्जितले बलात्कार गर्ने मनसायले मिनाको सुरुवाल धेरै पटक खोल्ने प्रयास गरेको देखिएको छ।

‘प्रतिकारको क्रममा मिनाले रञ्जितको हातमा टोकेपछि फलामको औजारले टाउकोमा प्रहार भएको र मिना ढलेको अनुसन्धानमा खुलेको छ,’ उनले भने।

त्यसपछि उनकै सलले घाँटी थिची हत्या गरिएको हुँदा  मिनाको टाउको र घाँटीमा चोट छ। पक्राउ परेका रञ्जितको हातमा मिनाले टोकेको चोट भेटिएको पनि ती प्रहरीले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानअनुसार मिनाको बलात्कार प्रयास मात्र भएको र आवेगमा हत्या भएको प्रहरीले जनाएको छ।

READ MORE NEWS

चीनतिरका नाका नचल्दा पानीजहाजबाट भारत हुँदै सामान ल्याउन थाले व्यापारी

दसैं नजिकिएको छ। अरूबेलाभन्दा दसैंका बेला लुगाफाटा, खाद्यान्न लगायत सामानको धेरै किनमेल हुन्छ।

daraz

तर बजारमा यतिबेला खोजेजस्ता पर्याप्त सामग्री छैनन्। छ महिना लामो लकडाउन र त्यसपछि निषेधाज्ञाले मात्र होइन नेपाल–चीनको मुख्य नाका रसुवागढी पूर्ण रूपमा सञ्चालनमा नआउँदा सामग्री आयातमा समस्या छ। तीजका लागि अर्डर गरिएका सामग्री अझै काठमाडौं आइपुगेका छैनन्।

दसैंका लागि अर्डर गरेका सामग्री पनि चीनबाट रसुवागढी नाका हुँदै ल्याउन गाह्रो भइरहेको व्यपारीहरूले गुनासो गरेका छन्।

दसैंका बेला बिक्री वितरण गर्ने तयारीसहित आफूले अर्डर गरेका रेडिमेड गार्मेन्टहरू नाकामै रोकिएको व्यापारी बच्चु पौडेल बताउँछन्।

‘हामीले अर्डर गरेका सामग्री नाकामा रोकिएका छन्,’ पौडेलले सेतोपाटीसँग भने, ‘दिनमा चार–पाँचवटा मात्रै गाडीका सामान ल्याउन दिइएको छ।’

अर्डर गरेका सामान नाकामा आइपुगे पनि सहज रूपमा त्यहाँबाट काठमाडौं ल्याउन नसकिएको उनले बताए।

‘चीनबाट सामान बोकेर आएका कन्टेनरहरू सिधै आउन पाएका छैनन्। मितेरी पुलमा सामान झारेर उताको गाडी फर्किन्छ। यहाँबाट गएका गाडीले पुनः लोड गरी सामग्री ल्याउनु पर्दा पनि धेरै समय लाग्ने गरेको हो,’ उनले भने।

रेडिमेड गार्मेन्ट, जुत्ता, चप्पल, इलोक्ट्रोनिक्स, कस्मेटिकलगायत सामग्री अधिकतम चीनबाट काठमाडौं ल्याइने उनले जानकारी दिए।

चीनसँग यसअघि सञ्चालनमा आएको सिन्धुपाल्चोकको तातोपानी नाका पनि केही महिनादेखि बन्द छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार असारपछि बन्द भएको नाका खुलाउने तयारी भइरहेको छ।

‘सामान आएर पारि थुप्रिएको छ। लोड गर्ने कामदार र भन्सारका कर्मचारीको पिसिआर परीक्षण भइसकेको छ,’ उनले भने,‘छिट्टै नाका सञ्चालन गर्छौं।’

चीन तिरका दुबै नाकामा अवरोध भएपछि व्यापारीले भने सामान पानीजहाजको बाटो हुँदै ल्याउन थालेका छन्।

‘धेरै सामान नाकामै अड्किएको छ,’ पौडेलले भने, ‘विकल्पको रूपमा पानीजहाजबाट भारत हुँदै ल्याउने गरिएको छ। मैले पनि केही रेडिमेड गार्मेन्टका सामान पानीजहाजबाट ल्याएँ।’

चीनतर्फ सडकमा पहिरो गएकोले पनि केही दिनदेखि सामान आयातमा समस्या भइरहेको रसुवागढी भन्सारका प्रमुख पुण्यविक्रम खड्काले बताए। दिनमा चार-पाँच कन्टेनरबाट मात्रै सामान आउने गरेको उनको भनाइ छ। रसुवागढी नाकामा सामान्य अवस्थामा दैनिक २५ भन्दा बढी कन्टेनर भित्रिन्थे।

‘चीनतर्फ सडकमा केही पहिरो गएको छ, त्यसले पनि सामान आयातमा समस्या भइरहेको छ,’ खड्काले सेतोपाटीसँग भने।

चीनबाट स्वास्थ्य सामग्री, इलोक्ट्रोनिक सामग्री र चीनले नै सहायता दिएका केही सामग्री आउने गरेको उनले जानकारी दिए।

नेपालका व्यापारीले अर्डर दिएअनुसार लत्ताकपडाजस्ता सामग्री ल्याउन पहिरोले सडक अवरूद्ध हुने गरेकोले पनि आउन ढिला भएको उनले बताए।

उनकाअनुसार पछिल्लो पटक तीन सातादेखि चीनतर्फका सडक पहिरोले राम्रोसँग सुचारू हुन सकेको छैन। आएका सामग्री भने कन्टेनरले मितेरी पुलमा छाड्ने गरेको छ।

‘उनीहरूले पुलसम्म सामान ल्याएर छाडिदिन्छन्,’ उनले भने, ‘नेपालबाट गएका कन्टेनरमा लोड गरेर सामान ल्याउने गरिएको छ।’

चीनले गत माघमा कोरोनाभाइरसको कारण देखाएर रसुवागढी नाकाबाट सामान ल्याउन रोकेको थियो। पाँच महिनापछि गत असार तेस्रो साताबाट नाका खुले पनि स्वास्थ्य सामग्री मात्रै आयात गरिएको थियो।

रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले शुक्रबारसम्म कन्टेनर आएको बताए।

‘पहिरोले चीनतर्फ सडक अवरूद्ध हुँदा शनिबार गाडी आएन। शुक्रबारसम्म आएकै थिए,’ उनले भने।


Your Views
Related News