राष्ट्रिय ब्याडमिन्टन खेलाडीहरुको प्रशिक्षण आइतबारदेखि शुरु हुने भएको छ । नेपाल ब्याडमिन्टन सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको समन्वयपछि प्रशिक्षण पुनः आरम्भ गर्न लागेको हो । कोरोना भाइरसको महामारीका कारण बन्द गरेको प्रशिक्षण नेपाल ब्याडमिन्टन सङ्घले गत साउनमा पुनः सञ्चालन गरेको थियो । उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै फेरी प्रशिक्षण बन्द गर्नुपरेको थियो । सङ्घका उपाध्यक्ष सुवास श्रेष्ठले आइतबार पुनः थाल्ने प्रशिक्षणमा डेढ दर्जनभन्दा बढी खेलाडी सहभागी हुने जानकारी दिनुभयो ।

सङ्घले प्रशिक्षण अघि खेलाडी र प्रशिक्षकको पिसिआर परीक्षण गरेको छ । प्रशिक्षण अवधिमा समेत पिसिआर परीक्षण समय समयमा गरिने उहाँले बताउनुभयो । सामाजिक दूरी कायम गरी खेलाडीलाई प्रशिक्षण दिइने सङघलको योजना छ । प्रशिक्षण स्थललाई खेलाडी प्रवेश गराउनु अघि निर्मलीकरण गरिने बताइएको छ।

READ MORE NEWS

‘कप्तान’ सिल्भाको बिर्सनलायक डेब्यु

एजेन्सी – चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले शनिबार वेस्ट ब्रोमविरुद्ध खेलमा अनुभवी डिफेन्डर थियागो सिल्भालाई प्रिमियर लिग डेब्युमै कप्तानको जिम्मेवारी सुम्पिएका थिए । तर सिल्भाको डेब्यु खेलमा प्रदर्शन बिर्सनलायक रहयो ।

सिल्भाले खेलको २५ औं मिनेटमा गम्भीर गल्ती गरेपछि वेस्ट ब्रोमले खेलमा २-० को अग्रता बनाएको थियो । सिल्भाले पासलाई राम्रोसँग नियन्त्रणमा लिन नसक्दा क्यालम रबिन्सनले उनीबाट बल खोस्दै झन्डै मैदानको बीच भागबाट बल अघि बढाउँदै गोल गरेका थिए । त्यसको केहि मिनेटमा नै चेल्सीको डिफेन्सको गल्तीमा काइल बार्टलीले ३-० को अग्रता दिलाए ।

खेलको दोस्रो हाफमा प्रशिक्षक फ्रान्क लाम्पार्डले सिल्भालाई परिवर्तन समेत गरे । खेलको अन्तिम मिनेटमा गोल गर्दै चेल्सी हारबाट त जोगियो । तर सिल्भाको डेब्यु प्रदर्शनले भने यसैपनि कमजोर देखिएको चेल्सीको डिफेन्स सुधार गर्न केहि कठिन हुने देखिन्छ । पीएसजीबाट फ्री ट्रान्सफरमा आएका सिल्भाले लिग कपमा बार्न्स्लीविरुद्ध भने सरल प्रस्तुति दिएका थिए ।

प्रशिक्षक लाम्पार्डले पहिलो खेलमा केहि असहज भएपनि आउने खेलमा सिल्भाले आफ्नो स्तरअनुसार प्रदर्शन गर्न सक्नेमा विश्वस्त रहेको बताए । ‘ सिल्भाले हाम्रो लागि राम्रो प्रदर्शन गर्नेछन् । उनले आफ्नो करिअरभर आफ्नो स्तर देखाएका छन् र मैले उनलाई अर्को नजरबाट हेर्ने छैन,’ लाम्पार्डले भने ।

‘हामीले केहि गल्तीबारे केहि भनिरहनु पर्दैन । गल्ति भएको हो र हामी सबैले त्यसबारे सोच्नेछौं । हामी एकतावद्ध भएर अगाडी बढ्नुपर्छ र दोस्रो हाफमा हामीले त्यो देख्यौं पनि । सिल्भाको बारेमा मैले केहि बोल्नुपर्छ जस्तो लाग्दैन । त्यो उनको गल्ती थियो र उनले स्वीकार्नेछन् ।’

‘त्यो दोस्रो गोलबाहेक उनले खेलमा खासै गल्ति गरेको देखिन । प्रिमियर लिगमा पहिलो खेल सहज भएन । हामीले उनको फिटनेस सुध्रिएसँगै राम्रो प्रदर्शन गरेर टोलीलाई उचाल्ने विश्वास राखेका छौं ।’

केन र सनको जादु रोक्ने न्युकासलको लक्ष्य

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) राति लन्डन क्लब टोटेनहम हट्स्परले घरेलु मैदानमा न्युक्यासल युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल टोटेनहम हट्सपर स्टेडियममा नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ ।

घरेलु मैदानमा टोटेनहम न्युक्यासलमाथि सहज जितको खोजीमा हुनेछ । प्रिमियर लिगको दोस्रो राउन्डको खेलमा साउथह्याम्टनमाथि ५–२ को सानदार जित पाएको टोटेनहम सोही जितको लयलाई निरन्तरता दिने दाउमा हुनेछ । लिगमा उच्च प्रदर्शन गरिरहेका ह्यारी केन र ह्युङ मिन सनको जोडीले युरोपा लिगको प्लेअफमा जित हासिल गर्दा समेत प्रभाव छाडेका थिए ।

टोटेनहमका लागि ह्युङ मिन सन नै मुख्य हतियार हुनेछन् । उनीसँगै टोटेनहमसँग ह्यारी केन, जियोभानी लो सेल्सो, लुकास मौउरा, ह्यारी विङ्स, इरिक डाएर, बेन डेभिस, माट डोहर्टि र गोलरक्षकमा ह्युगो लोरिस रहनेछन् ।

यस्तै यसै समरमा लोनमा रियल म्याड्रिडबाट टोटेनहम आएका सर्जियो रिगुइलोनले खेल्ने सम्भावना रहेको छ । ग्यारेथ बेलको भने खेल्ने सम्भावना निकै कम छ । उनी घुँडाको चोटका कारण पूर्ण रुपमा फिट छैनन् ।

यता, न्युक्यासल पनि टोटेनहमलाई स्तब्ध पार्दै ३ अंक जोड्ने दाउमा हुनेछ । न्युक्यासलसँग कलुम विल्सन, आइज्याक हेडेन र जमल लेविस लगायतका खेलाडी रहेका छन् । गत सिजन जोएलिन्टनको गोलमा न्युकासलले जित हासिल गरेको थियो ।

यी दुई टोली हालसम्म १९ पटक आमनेसमाने हुँदा अधिकांश नतिजा टोटेनहमकै पक्षमा रहेको छ । टोटेनहमले ११ खेल आफ्नो पक्षमा पर्दा न्युक्यासल ६ खेलमा विजयी भएको छ । २ खेल बराबरीमा सकिएको छ । दुवै टोलीको समान दुई खेलबाट ३ अंक रहेको छ ।


Your Views
Related News