दोहा कतार ।
आगामी अक्टोबर १ तारिखबाट खाडी राष्ट्र कतारबाट नेपालका लागि दैनिक ३ वटा नियमित उडान हुने भएका छन् l नेपाली राजदूतावास दोहा कतारले आज एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो l

सूचनामा जनाइए अनुसार एक तारिख अर्थात् असोज १५ बाट दैनिकरूपमा दोहाबाट नेपाल, हिमालयन तथा कतार एयरवेजले एक एक उडान गर्नेछन् l अब कतारबाट नेपाल जान चाहने यात्रुहरूले सम्बन्धित एयरलाइन्सका एजेन्सीहरू बाट टिकट लिएर कोभिड-१९ को PCR परीक्षण गरी ७२ घण्टा भित्रको Covid-19 PCR Negative Certificate उल्लेख भएको प्रमाणपत्रको सक्कल प्रति लिएर सिधै उडान गर्न पाउने भएका छन् भने दूतावासको फाराम भर्नु नपर्ने र यस अघि फाराम भरिसकेका व्यक्तिले समेत सिधै सम्बन्धित एयरलाइन्सको टिकट खरिद गरेर उड्न पाउने छन् l

असोज १५ बाट नेपाली राजदूतावासले कुनै प्राथमिकता सूचि प्रकाशित नगर्ने भएको छ l आज दोहाबाट भएको ४७ औँ सजहिकरण उडानबाट ८ महिला सहित १४७ जना नेपाल फर्किएका छन् l

READ MORE NEWS

रोकिएन कर्नेसको अराजकता, दूतावासको अनुरोध पनि टेरेनन् नेपालीले


Your Views
Related News