रौतहट। आफुहरुको ज्यान खतरामा छ भन्दै एक दम्पत्तीले प्रहरीलाई फोनमा खबर गरे । तर प्रहरी पुग्नु अगावै एक हुल पुग्यो र उनीहरुलाई आ क्र म ण गर्यो । श्रीमानलाई बचाउन खोज्दा श्रीमतीको ज्यान गएको छ भने श्रीमान गम्भिर अवस्थामा अस्पतालमा उपचारार्थ छन।

रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथी आ क्र म ण भएको हो । उनीहरुलाई गाउँकै युवाहरुले आ क्र म ण गरेका थिए। श्रीमानलाई बचाउन खोज्दा महेशकी श्रीमती जगरामी देवीको निधन भएको छ । उनीहरुलाई ४ जनाले आ क्र म ण गरेका हुन्।



शुक्रवार साँझ देवाही गोनाही–५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखिया सहित चार जना मिलेर दम्पतीलाई आ क्र म ण गरेका हुन् । प्रजित र सोनालाल दाजुभाई हुन् । साँझ चिया खाएर गफ गर्दै बसेका उनीहरुलाई एक समुह पुगेर ध म्की दियो । उनीहरुको टोली गाउँतिर गएपछि ‘हामी खतरामा छौं’ भनेर दम्पत्तीले प्रहरीलाई फोन गरे।

तर प्रहरी समयमा पुगेन । प्रहरी नपुग्दै त्यो समुह फेरी फर्केर आएर दम्पत्ती माथि आ क्र म ण गरेको हो । घटनामा संलग्नहरु अन्य ३ जना फ रा र छन् । गम्भीर घाइते भएका महेशको बिरगञ्ज स्थित एलएस न्युरो अस्पतामा उपचार भईरहेको छ । उनको अवस्था गम्भीर छ । घटनामा संलग्न मध्येका स्थानीय बली मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धीविक्रम शाहाले जानकारी दिएका छन्।

असारमा मुखिया परिवार र दुवे परिवार बिच बाटोको निकाश निकाल्ने बारेमा विवाद भएको थियो । सो विवादमा दुवेको तर्फबाट अदालतमा महेश तिवारी साक्षी बनेका थिए । साक्षी बसेको विषयमा मुखिया परिवारले उनलाई ध म्की दिँदै आएको थियो । (रातोपाटी)

READ MORE NEWS

घुस अस्वीकार गर्ने १७ जना ट्राफिक प्रहरी सम्मानित

काठमाडौं। सवारी नियम उल्लङ्घन गरेपछि सवारी चालकहरूले घुस दिएर प्रलोभनमा पार्न खोज्दा अस्वीकार गर्ने १७ जना ट्राफिक प्रहरीलाई सम्मान गरिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा एक कार्यक्रम गरी ती ट्राफिक प्रहरीलाई एसएसपी भीम ढकालले टीका, दोसल्ला र प्रशंसा पत्र दिएर सम्मान गरेका हुन्।



नेपाल प्रहरीको आर्थिक शून्य सहनशीलतालाई अक्षरश: पालना गरी सवारी नियम उल्लङ्घन गर्ने चालक/सह-चालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा प्रलोभनमा नपर्ने उनीहरुलाई सम्मान गरिएको हो। उनीहरुले नियम तोड्ने चालक/सह-चालकलाई कारवाहीको दायरामा ल्याएर जिम्मेवारी पूरा गरेको महाशाखाका प्रमुख ढकालले बताए।

‘संगठनको छवि उच्च पारी दिइएको जिम्मेवारी इमान्दारीसाथ पूरा गर्ने ट्राफिक प्रहरीलाई प्रोत्साहन गरिएको हो’, उनले भने, ‘सम्मान गरेपछि ट्राफिक प्रहरीको काममा पारदर्शिता र इमान्दारीता देखिन थालेको छ।’

यसअघि प्रलोभनमा नपर्ने ५० जना ट्राफिक प्रहरीलाई पुरस्कृत गरिएको महाशाखाले जनाएको छ। यसै वर्ष सेवाग्राहीसँग घुस लिनेसहित ७७ जना ट्राफिक प्रहरीलाई विभागीय कारवाही गरिएको महाशाखाले जनाएको छ। जसमा ४ जनालाई जागरिबाटै हटाइएको

READ  MORE NEWS

जसले अस्विकार गरे ३ लाख राशिको ‘पद्मश्री साहित्य पुरस्कार’

काठमाडौं। उपन्यासकार सञ्जीव उप्रेतीले आफ्नो पछिल्लो कृति ‘हंस’का लागि प्रदान गर्ने घोषणा गरिएको ‘पद्मश्री साहित्य पुरस्कार’ अस्वीकार गरेका छन्। उप्रेतीसँगै पद्मश्री साधना सम्मानका लागि छनौट गरिएका राजनीतिज्ञ तथा लेखक मोदनाथ प्रश्रित यौन दुर्व्यवहारको आरोप लागेका व्यक्ति भएकाले उनीसँग एउटै मञ्चमा बसेर पुरस्कार लिन आफूले नसक्ने उनले आयोजकलाई जानकारी गराएका छन्।

‘म लैंगिक हिंसा, उत्पीडन, जातीय-भेदका बिरुद्ध बोलिरहने व्यक्ति भएर यौन उत्पीडनको आरोप लागेका व्यक्तिसँग एउटै मञ्चमा बसेर पुरस्कार लिन सक्दिनँ,’ उनले भने, ‘प्रश्रितको देवासुर संग्राम मैले पनि पढेको छु, साहित्यकारका रुपमा मेरो उहाँलाई सम्मान छ तर उत्पीडनको आरोपमा उहाँमाथि किताब नै लेखिएको छ, त्यसलाई म बेवास्ता गर्न सक्दिन।’



खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार उप्रेतीको उपन्यास ‘हंस’ लाई र पद्मश्री साधना सम्मान प्रश्रितलाई प्रदान गर्ने निर्णय गरेको थियो। दुवै पुरस्कारको राशि ३/३ लाख रुपैयाँको छ।


Your Views
Related News