काठमाडौँ। विश्वमा सबैभन्दा धेरै पिउने पेय पदार्थ हो चिया। दिनभरिको थकान मेटाउन होस् वा तनावको स्थितिलाई कम गर्नुहोस् चिया धेरै उपयोगी मानिन्छ। चिया यस्तो उपयोगी हुँदा हुदैपनि कतिपय मानिसहरू यसको परहेजमा बस्ने गर्दछन्।

जानिराखौँ चियाका यी ७ आश्चर्यजनक फाइदाहरु:



१. चिनी बिनाको कालो चिया: चिनी बिनाको कालो चिया स्वास्थ्यको धेरै फाइदाजनक छ, चिया पत्तिमा पाइने एन्टी अक्सीडन्ट र फाइटोकेमिकल्सले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै यसमा अदुवा मिलाएर पिउँदा चिसोबाट पनि बच्न सकिन्छ। त्यस्तै यस्तो चियाले पाचन शक्तिलाई वृद्धि गरी मुटु रोग समेतलाई फाइदा पुर्याउदछ।

२ मसला चिया: मसला चिया विशेषगरि महिलाहरूको लागि निकै फाइदाजनक मानिन्छ। मसलामा पाइने अदुवा र दालचिनीको मिश्रणले हर्मोन्सलाई सन्तुलनमा राख्न मद्दत गर्दछ। त्यस्तै, यसले महिनावारिमा हुने दुखाइलाई पनि कम गर्दछ।

३ ग्रिन टि: नेपाल तथा विश्वभर अहिले ग्रिन टी पिउनेको सङ्ख्या बढ्दो रहेको छ। यसले तनाव मात्रै कम गर्दैन यसमा पाइने विशेष गुणहरूले शरीरको पाचन शक्तिलाई बढाई शरीरको तौल नियन्त्रणमा राख्न मद्दत गर्दछ। यसै गरी, ग्रिन टिले क्यान्सर जस्तो प्राणघातक रोगसँग लड्न समेत मद्दत गर्दछ भने यसले शरीरलाई जवान राख्न मद्दत गर्दछ।

४. स्तन क्यान्सरका लागि उपयोगी: एक अध्ययनको अनुसार दैनिक चिया पिउने महिलाहरू स्तन क्यान्सर र गर्भमा हुने क्यान्सरको जोखिमबाट बच्न सक्छन्। त्यसै गरी, चियाले कार्यक्षमतालाई वृद्धि गर्दछ।

५. लेमन टि: लेमन टी स्वास्थ्यको लागि धेरै फ़ाइदजनक छ। कागतीमा भएका विशेष भिटामिन तथा गुणहरूले शरीरमा भएका निकोटिन तथा अन्य हानिकारक तत्त्वहरूलाई नष्ट गर्दछ भने यसले शरीरलाई चुस्त र तदुरुस्त राख्न मद्दत गर्दछ।

६. कफी भन्दा धेरै फाइदाजनक चिया: चिया, कफीभन्दा धेरै लाभकारी रहेको एक अध्ययनले देखाएको छ। चियालाई प्राय: सेवन गर्दा छानेर सेवन गरिन्छ भने कफीलाई नछानी त्यतिकै सेवन गरिन्छ। नछानी चिया तथा कफी पिउँदा त्यसमा रहेको क्याफिन शरीरमा प्रत्यक्ष रूप प्रवेश गर्छ, जसले शरीरलाई नकारात्मक असर पुर्याउदछ।

७. आलस्यपन बाट मुक्ति: सबैलाई थाहा भएको कुरा हो चियाले आलस्यपन बाट मुक्ति दिने गर्दछ, साथै यसले मानिसको कार्यक्षमतालाई पनि बढाउँछ।

READ MORE NEWS

०७७ साल असोज १२ गते सोमबार, ई स ०२० सेप्टेम्बर २८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

आजको पञ्चाङ्ग

वि.सं.२०७७ असोज -१२,सोमवार,ई.सं.२०२० सेप्टेम्बर – २८,शक संवत्-१९४२,नेपाल संवत्-११४०,प्रमादी,दक्षिणायन-शरद,अधिक आश्विन शुक्लपक्ष तिथि-द्वादशी , २१:४५ बजे उप्रान्त त्रयोदशी,नक्षत्र-धनिष्ठा , २४:२८ बजे उप्रान्त शतभिषा,योग-धृति , २२:०८ बजे उप्रान्त शूल,करण-वव ०९:३४ बजेदेखि वालव , २१:४५ बजे उप्रान्त गर,चन्द्रराशि-मकर,आनन्दादि योग-शुभ, सूर्योदय-०५:५५, सूर्यास्त- १७:५१,दिनमान-२९ घडी ५० पला,धनिष्ठा पञ्चक ११:५६ बजे प्रारम्भ।



मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –

बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउने समय रहेकोछ भने परिवारजनको आवस्यक्ताहरु पुरा गर्न सकिने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुने तथा आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । बुवा तथा आफन्तबाट तपाईले थालनि गर्नुभएको काममा सहयोग तथा समर्थन पाईने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –

बिहानको समय राम्रो रहेकोले धार्मिक तथा सामाजिक कार्यमा सहभागि भई समाजको काम गर्ने बाताबरण बनेर जानेछ । नबिनतम् बिचारको प्रयोग गरि सामाजिक काम गरि नाम तथा दाम कमाउन सकिनेछ । सानो लगानिबाट सुरु गरिएका व्यावसायबाट भनेजस्तो आम्दानि हुनेछ भने आर्थिक स्थिति मजभुत हुनेछ । मध्यान्हबाट सरकारी काममा सेवा प्रभाव गर्नेहरुले समयमा काम नगर्दिनाले बिभिन्न अवसरबाट बञ्चित हुनु पर्नेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –

लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । धार्मिक अनुष्ठान तथा मन्दिरमा गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेकोछ । बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट ब्यात्तिहरु सँग भेटघाट हुनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –

बिहानको समय राम्रो रहेकोले भौतिक सम्पति तथा विलाशी बस्तुको व्यापार गरि मनग्गे धन सम्पति जोड्न सकिनेछ । लामो दुरिको व्यापारीक यात्रा हुनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि सफलता हात पार्न सकिनेछ। मध्यान्हबाट सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन्। अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –

बिहानको समय राम्रो रहेकोले जागिर वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपार्यँको नाम अग्र स्थानमा आउनेछ । मध्यान्हबाट व्यापारको सवालमा लामो दुरिको यात्रा हुने भएपनि कष्टकर हुन सक्छ ध्यान दिनुहोला । घर परिवार तथा आफन्तसँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । जीवन साथि सँग एक्कासि हुने मनमुटाबले महत्वपुर्ण उपलब्धि गुम्न सक्छ ध्यान दिनुहोला।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –

बिहानको समय राम्रो रहेकोले अध्ययनमा प्रविधिको प्रयोग गरि राम्रो नतिजा ल्याउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । मध्यान्हबाट हुलमुलमा बिवादमा फस्ने योग रहेकोछ ध्यान दिनुहोला । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । आर्थिक रुपमा केहि कमजोरी भएको महशुष हुनेछ । पुराना रोग तथा समस्या हरु पुनह बल्झिन सक्छ ध्यान दिनुहोला।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) –

साथिभाई तथा आफ्नो बिषेश मान्छेसँग दिनभर मिठा मिठा कुरा गरेर समय ब्यातित हुँने हुँदा मन खुसि रहनेछ । सवारि साधन,भौतिक सम्पति तथा आकस्मिक धनसम्पति लाभ हुनेछ । चिठ्ठा पर्ने तथा बिषेश मानिसबाट उपाहार पाईने अधिक सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जाने हुनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ । बौद्धिक क्षेत्र फराकिलो हुनेछ भने बौद्धिकताको प्रयोग मार्फन आम्दानि बढाउँन सकिनछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) –

बिहानको समय राम्रो रहेकोले लामो तथा छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । मध्यान्हबाट राजनितिमा जनताको काम गर्न सक्दा पद प्राप्तिको योगलाई नकार्न सकिदैन । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । सवारि साधनको प्रयोग तथा पैदल यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) –

बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्ठान्न भोजनका साथ रमाउन सकिनेछ । मध्यान्हबाट आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । माया प्रेममा अबिश्वास बढ्ने हुँदा आजको दिन नभेट्दा नै राम्रो रहनेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछन्।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –

अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुनेछ । धनसम्पति तथा आय आर्जनमा बृद्धि भएर जानेछ । आफन्त,साथिभाई तथा कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । सांगितिक क्षेत्रमा समय दिनेहरुका लागि आजको दिन उत्तम रहेको छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) –

प्रतिभाको उच्च मुल्यांकन हुनुका साथै सामाजिक रुपमा ख्याति बढ्नेछ । सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि जनताबाट प्रत्यक्ष सहभागिता सहितको समर्थन पाईने हुँनाले समाज परिवर्तन गर्न जोस जागर बढेर आउनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –

बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ भने इच्छित चाहानाहरु पुरा गर्न सकिने हुँदा घर परिवारका सदस्यहरु खुसि रहनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ। दिउँसोबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । तरपनि बिदेशी समानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ।


Your Views
Related News