रौतहट। आफुहरुको ज्यान खतरामा छ भन्दै एक दम्पत्तीले प्रहरीलाई फोनमा खबर गरे । तर प्रहरी पुग्नु अगावै एक हुल पुग्यो र उनीहरुलाई आ क्र म ण गर्यो । श्रीमानलाई बचाउन खोज्दा श्रीमतीको ज्यान गएको छ भने श्रीमान गम्भिर अवस्थामा अस्पतालमा उपचारार्थ छन।

रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथी आ क्र म ण भएको हो । उनीहरुलाई गाउँकै युवाहरुले आ क्र म ण गरेका थिए। श्रीमानलाई बचाउन खोज्दा महेशकी श्रीमती जगरामी देवीको निधन भएको छ । उनीहरुलाई ४ जनाले आ क्र म ण गरेका हुन्।



शुक्रवार साँझ देवाही गोनाही–५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखिया सहित चार जना मिलेर दम्पतीलाई आ क्र म ण गरेका हुन् । प्रजित र सोनालाल दाजुभाई हुन् । साँझ चिया खाएर गफ गर्दै बसेका उनीहरुलाई एक समुह पुगेर ध म्की दियो । उनीहरुको टोली गाउँतिर गएपछि ‘हामी खतरामा छौं’ भनेर दम्पत्तीले प्रहरीलाई फोन गरे।

तर प्रहरी समयमा पुगेन । प्रहरी नपुग्दै त्यो समुह फेरी फर्केर आएर दम्पत्ती माथि आ क्र म ण गरेको हो । घटनामा संलग्नहरु अन्य ३ जना फ रा र छन् । गम्भीर घाइते भएका महेशको बिरगञ्ज स्थित एलएस न्युरो अस्पतामा उपचार भईरहेको छ । उनको अवस्था गम्भीर छ । घटनामा संलग्न मध्येका स्थानीय बली मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धीविक्रम शाहाले जानकारी दिएका छन्।

असारमा मुखिया परिवार र दुवे परिवार बिच बाटोको निकाश निकाल्ने बारेमा विवाद भएको थियो । सो विवादमा दुवेको तर्फबाट अदालतमा महेश तिवारी साक्षी बनेका थिए । साक्षी बसेको विषयमा मुखिया परिवारले उनलाई ध म्की दिँदै आएको थियो । (रातोपाटी)

READ MORE NEWS

अब नमुना दिने ब्यक्तिले नै सिधै कोरोनाको रिपोर्ट पाउने, मन्त्रालयको फोन कुर्न नपर्ने

काठमाडौं। अब कोरोना परिक्षणका लागि नमुना दिएका ब्यक्ति आफैले रिपोर्ट लिन पाउने भएका छन् । अहिले सम्म स्वास्थ्य मन्त्रालयले कोरोना सम्बन्धी व्रिफिगं गरेपछि मात्र मन्त्रालयवाट फोन गरेर सम्बन्धित ब्यक्तिलाई कोरोना वारे जानकारी दिने गरिएको थियो । सरकारले कोरोना परीक्षणको रिपोर्ट नमुना दिने स्वयम् व्यक्तिलाई दिने निर्णय गरेपछि अब कोरोनाको रिपोर्ट पनि छिटै पाइने भएको छ । कतिपय व्यक्तिले नमुना संकलन गरेको महिना दिनसम्म पनि रिपोर्ट नपाएर हैरानी भोग्नु परेको थियो।

परिक्षणका लागि नमुना दिएपछि त्यो पनि नेगेटिभ आए थाहै नपाउने र पोजेटिभ आए केन्द्र सरकारको दैनिक मिडिया ब्रिफिङ र ल्याबबाट फोन गरेपछि मात्र थाहा हुन्थ्यो । पछिल्लो समय प्रदेश सरकार तथा अस्पतालबाट पनि सार्वजनिक हुँदै अहिले स्वयम् व्यक्तिले नमुना दिएकै ठाउँबाट पाउने व्यवस्था मिलाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबारको मिडिया ब्रिफिङमा जानकारी दिएका छन्।



विगतको झन्झटिलो प्रथाको अन्त्य गर्दै नेगेटिभ वा पोजेटिभ जुनसुकै रिपोर्ट आए पनि स्वाब संकलन गरेका र ल्याबमा परीक्षण गराएका संस्थाले सीधै सम्बन्धित व्यक्तिलाई नै रिपोर्ट दिनुपर्ने स्वास्थ्य मन्त्रालयबाट निर्णय गरिएको डा। गौतमले बताए।

सरकारको यो निर्णयसँगै रिपोर्टका लागि अन्योलमा हुने परीक्षणवाला र संक्रमित भएकाहरुलाई केही समयमै जानकारी हुने भएको छ । आवश्यकता अनुसारको सुरक्षा अपनाउँदा थप व्यक्ति संक्रमित हुने र एकबाट अर्कोमा कोरोना संक्रमण फैलने सम्भावना न्यून हुनुका साथै संक्रमितले समयमै सावधानी अपनाई आफ्नो व्यवस्थापन गर्न सहज हुने भएको छ।

READ MORE NEWS

घुस अस्वीकार गर्ने १७ जना ट्राफिक प्रहरी सम्मानित

काठमाडौं। सवारी नियम उल्लङ्घन गरेपछि सवारी चालकहरूले घुस दिएर प्रलोभनमा पार्न खोज्दा अस्वीकार गर्ने १७ जना ट्राफिक प्रहरीलाई सम्मान गरिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा एक कार्यक्रम गरी ती ट्राफिक प्रहरीलाई एसएसपी भीम ढकालले टीका, दोसल्ला र प्रशंसा पत्र दिएर सम्मान गरेका हुन्।



नेपाल प्रहरीको आर्थिक शून्य सहनशीलतालाई अक्षरश: पालना गरी सवारी नियम उल्लङ्घन गर्ने चालक/सह-चालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा प्रलोभनमा नपर्ने उनीहरुलाई सम्मान गरिएको हो। उनीहरुले नियम तोड्ने चालक/सह-चालकलाई कारवाहीको दायरामा ल्याएर जिम्मेवारी पूरा गरेको महाशाखाका प्रमुख ढकालले बताए।

‘संगठनको छवि उच्च पारी दिइएको जिम्मेवारी इमान्दारीसाथ पूरा गर्ने ट्राफिक प्रहरीलाई प्रोत्साहन गरिएको हो’, उनले भने, ‘सम्मान गरेपछि ट्राफिक प्रहरीको काममा पारदर्शिता र इमान्दारीता देखिन थालेको छ।’

यसअघि प्रलोभनमा नपर्ने ५० जना ट्राफिक प्रहरीलाई पुरस्कृत गरिएको महाशाखाले जनाएको छ। यसै वर्ष सेवाग्राहीसँग घुस लिनेसहित ७७ जना ट्राफिक प्रहरीलाई विभागीय कारवाही गरिएको महाशाखाले जनाएको छ। जसमा ४ जनालाई जागरिबाटै हटाइएको छ।


Your Views
Related News