डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ। सोमबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई ३–१ गोलअन्तरले पराजित गरेको हो।

लिभरपुलको जितमा साडियो माने, एन्ड्रेव रोबर्टसन र डियगो जोटाले गोल गरे। यता, आर्सनलका लागि भने एलेक्सजेन्डर लुकाजेटले गोल फर्काए। खेलमा सुरुवाती अग्रता भने आर्सनलले लिएको थियो। खेलको २५औं मिनेटमा लुकाजेटले गोल गर्दै घरेलु टिम लिभरपुलविरुद्ध आर्सनलले १–० गोलको अग्रता बनायो।

 

खेलको २८औं मिनेटमा मानेले गोल गरेपछि लिभरपुलले आर्सनलविरुद्ध १–१ गोलको बराबरी बनाएको थियो। खेलको ३४औं मिनेटमा रोबर्टसनले गोल गर्दै लिभरपुललाई २–१ गोलको अग्रता लियो। पहिलो हाफमा २–१ गोलअन्तरले अघि रहेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गर्दै स्पष्ट जित निकालेको हो। ८८औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई ३–१ गोलको जित दिलाए।

जारी प्रिमियर लिगमा लिभरपुलको लगातार यो तेस्रो जित हो। यसअघि भएका खेलमा लिभरपुलले लिड्स युनाइटेडलाई ४–३ र चेल्सीलाई २–० गोलअन्तरले पराजित गरेको थियो।

READ MORE NEWS

मुम्बईविरुद्ध बैंग्लोरको सुपर ओभरमा जित

रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दोस्रो जित निकालेको छ। सोमबार राति भएको खेलमा बैंग्लोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा बैंग्लोरले डिफेन्डिङ च्याम्पियन मुम्बईविरुद्ध रोमाञ्चक जित दर्ता गरेको हो। २०२ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २०१ रन नै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो।

सुपर ओभरमा जानुअघि मुम्बईका लागि इशान किशनले उत्कृष्ट प्रदर्शन गर्दै ५८ बलमा ९ छक्का र २ चौका प्रहार गर्दै ९९ रन बनाए। त्यस्तै कइरन पोलार्डले २४ बलमा ५ छक्का र ३ चौका प्रहार गर्दै अविजित ६० रन बनाए।

सुपर ओभरमा भने मुम्बईले पहिले ब्याटिङ गर्दै बैंग्लोरलाई ८ रनको चुनौती दिएको थियो। सुपर ओभरको अन्तिम बलमा कप्तान विराट कोहलीले चौका प्रहार गर्दै जित दिलाए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०१ रन बनाएको थियो। बैंग्लोरका लागि एबी डिभिलियर्सले २४ बलमा ४ छक्का र ४ चौकाको मद्दतमा अविजित ५५ रन बनाउँदा देवदुत्त पदिकलले ५४ र आरोन फिन्चले ५२ रन बनाए। त्यस्तै, शिभम दुबले १० बलमा अविजित २७ रन बनाए। बलिङतर्फ मुम्बईका लागि टे«न्ट बोल्टले २ विकेट लिए।

बैंग्लोरको यो तेस्रो खेलमा दोस्रो जित हो। यसअघि पहिलो खेलमा बैंग्लोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको थियो भने आफ्नो दोस्रो खेलमा किंग्स इलाभेन पञ्जाबविरुद्ध ९७ रनको हार ब्यहोरेको थियो। यता, मुम्बईको भने यो दोस्रो हार हो।

गण्डकी प्रदेशमा खेल पर्यटनको सम्भावना

विश्वमा खेलकुदले ठूलो रोजगारीको अवसर सिर्जना गरको छ । युरोपियन फुटबलका माध्यमबाट खेलाडीसँगै त्यससँग सम्बन्धित लाखौंको रोजीरोटी चलेको छ । छिमेकी भारतकै प्रसंगमा हेर्दा पनि क्रिकेटका कारण धेरैले रोजगारी पाएका छन् । आम्दानीका लागि लगानी पनि त्यहि अनुरुप गर्नुपर्ने हुन्छ ।

भारतमा क्रिकेटसँगै हक्की, ब्याडमिन्टन, कुस्ती लगायतका खेल लोकप्रिय छन् । तर जति क्रिकेटले रोजगारी दिएको छ, सायदै अरु खेलले दिएको होला । भारतमा फुटबलमा पनि त्यतिकै लगानी हुन थालेको छ । विशेषगरी पछिल्लो समय फ्रेन्चाइज लिग पद्दतिमा लाग्दै भारतीय खेलकुदमा व्यावसायिकता बढ्दो छ ।

भारतको क्रिकेट र हक्की विश्वकै उत्कृष्ट टोलीमा पर्दछन् । दक्षिण एसियालमा हेर्ने हो भने भारतको फुटबल टोली पनि सफल मानिन्छ । भारतको लिग पनि विस्तारै लोकप्रिय हुने क्रममा रहेको छ । क्लब क्रिकेट इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वकै उत्कृष्ट फ्रेन्चाइज लिग हो । आइपिएलको आर्थिक गतिविधिले देशकै अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पारेको छ । स्तरकै हिसाबमा रणजी ट्रफी पनि विश्वको उत्कृष्ट घरेलु क्रिकेट पद्दतिमा गनिन्छ ।

अर्को छिमेकी मुलुक चीन पनि मार्सलआर्ट, टेबल टेनिसलगायतका खेलमा अब्बल छ । एसियामा जापानी फुटबल लोकप्रिय छ । विश्व फुटबलमा जापानको थोरबहुत चर्चा हुन्छ । देशलाई चिनाउनका लागि खेलकुद एउटा सशक्त माध्यम हो भन्ने विश्वले स्वीकार गरिसकेको विषय हो । नेपालमा खेलकुदमा भने व्यावसायिक बन्न अझै धेरै लगानी र त्यहि अनुरुपको योजना अघि सार्न बाँकी छ । फुटबल र क्रिकेटका हकमा अर्धव्यवसायिकता बाहेक नेपालको खेलकुदलाई व्यवसायिक बनाउने योजनाबद्ध पहल भएकै छैन ।

नेपालमा पनि खेलका हिसाबले धेरै खेलिन्छ । तर, व्यावसायिक नभै एमेच्योर हिसाबमा । तर पनि नेपालको खेलकुदलाई पयर्टनसँग जोडेर योजना अघि सार्ने हो भने त्यसले देशको अर्थतन्त्र उकास्न धेरै सहयोग पुग्नेमा दुविधा छैन । तथापी ठोस कदम भने अहिले सम्म चालेको पाइन्न ।

खेलकुद विकासका लागि भौतिक पूर्वाधार न्युनतम आवश्यकता  हो । नेपाल त्यसमै चुकिरहेको छ । अधिकांश पुरानै संरचनाले नेपालको खेलकुद थेगेको छ । गत वर्ष नेपालले १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) आयोजना गर्यो । काठमाडौं र पोखरामा थोरबहुत पूर्वाधार तयार भए । अधिकांश भने पूर्न संरचना गरियो ।

पोखराको हकमा भने रंगशालाले नयाँ स्वरुप पायो । सागमा पोखराले महिला फुटबल, महिला क्रिकेट, ह्याण्डबल, आर्चरी, ब्याडमिन्टन, भारोत्तोलन र ट्राइयाथोलन आयोजना गर्न सफल भयो । तर, पोखरा अझ गण्डकी प्रदेशलाईलाई पयर्टकिय खेलकुदसँग जोड्न सकियो भने त्यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

यसैपनि पोखराको सुन्दरताले स्वदेशी मात्र होइन विदेशीलाई पनि लोभ्याउछ । पोखरालाई पयर्टकिय खेलकुदको गन्तव्यस्थलका रुपमा विकास गर्न सकियो भने त्यसले विश्वभर देशको अझै व्यापक प्रचार हुन सक्ने सम्भावना छ ।

खेलकुद र पर्यटन छुट्टाछुट्टै विषय हुन् । तर, यी दुई विषयलाई एकै ठाँउमा जोड्न सकेको खण्डमा त्यसले यहाँ आर्थिक अवस्थालाई चलायमान बनाउनेछ । गण्डकी प्रदेशमा हाल खेल पूर्वाधारलाई महत्त्व दिएको देखिन्छ ।

यसै वर्षका लागि तय भएको नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशले आयोजना गर्नुपर्ने छ । सागका कारण अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदान, बहुउद्देश्यीय कर्भड हल तथा अन्य खेल मैदान निर्माण भए । कतिपय निर्माण सम्पन्न हुने क्रममा छन् ।

गण्डकी प्रदेशले पनि खेल क्षेत्रमा लगानी गर्न सक्ने हो र पयर्टनसँग जोड्ने हो भने प्रदेश समृद्ध प्रदेश बन्न सम्भवना छ । खेलकुदको क्षेत्रमा गरेको लगानी खेर भने जादैन । नेपालमा यस्तो पनि एउटा सोच थियो, खेलकुद क्षेत्रको लगानीले बालुवामा पनि हाले बराबर हो । तर, अहिले त्यो सोचमा परिवर्तन आउँदै गरेको देखिन्छ ।

गण्डकी प्रदेश पर्यटकीय प्रदेश भएकै कारणले यहाँ साहसिक खेलहरुको आयोजना गराउन र ती खेलहरुको विकास गर्न सके समृद्धिको सपना पुरा गर्ने एउटा बलियो माध्यम बन्न सक्छ । गण्डकी प्रदेश जहाँ हिमाली क्षेत्रमा अर्थात चिसो ठाउँमा खेलिने खेल देखि तराईको गर्मी क्षेत्रमा खेलिने खेल पनि आयोजना गर्न सकिन्छ ।

प्याराग्लाइडिङ पोखरामा मात्र छ । पर्वतमा पनि हाल विश्वकै दोस्रो उच्च स्थानमा रहेको बन्जिजम्प बनेको छ । कालीगण्डकीले विश्वकै उच्च क्षेत्रमा र्याफ्टिङको सम्भावना बोकेको छ । मनाङ र मुस्ताङमा रक क्लाइम्बीङ, माउन्टेन बाइक रेस लगायत उच्च भेगमा खेल्न सकिने खेल आयोजनाको सम्भावना देखिन्छ । यद्दपी त्यसका बारेमा अध्ययन हुन बाँकी छ ।

त्यस्तै क्यानोइनङ, हाई अल्टिच्युड अल्ट्रा रेस, हाइअल्टिच्युड म्याराथन जस्ता साहसिक खेलहरुको आयोजना गर्न सकिन्छ । पर्यटनसँग जोडिएका ती प्रतिस्पर्धामा विदेशी खेलाडीलाई सहभागी गराउन सक्दा पक्कै पनि अर्थतन्त्रमा समेत टेवा पुग्छ ।

खेल क्षेत्रमा पर्यटन क्षेत्रले लगानी गर्न सक्यो भने मात्रपनि हामीले देखेको समृद्धिको सपना पुरा हुने एउटा माध्यम बन्न सक्छ । तर गण्डकी प्रदेशमा खेलकुद पर्यटन क्षेत्रमा लगानी पर्याप्त हुन सकेको छैन । खेल पर्यटनलाई विकासका लागि अब कदम चाल्नु पर्ने अवस्था आइसकेको छ । खेलक्षेत्रको लगानी राज्यको समृद्धिको आधार हो । वर्षौंदेखि खेलकुदलाई अनुत्पादक रुपले उपयोग गर्दै आएको नेपाल अब यसलाई आर्थिक आर्जनको माध्यम बनाउने योजनाका साथ बहस सुरु गरिनुपर्दछ ।

खेलकुदलाई आर्थिक रुपले पनि उत्पादनमुलक क्षेत्रको रुपमा उपयोग गर्नकै लागि पर्यटकीय खेलकुद राम्रो विकल्प पनि हो । नेपालको प्राकृतिक श्रोतले पनि खेलकुद पर्यटनका लागि सहज देखिन्छ । सम्भावनाका बाबजुद गण्डकी प्रदेश लगानी गर्नबाट चुकेको छ । पर्यटन व्यवसाय र खेल क्षेत्रको दुरीले पनि यहाँको प्राकृतिक श्रोतको भरपुर उपयोग हुन सकेको छैन ।

पर्यटकीय खेलकुदको माध्यमबाट अर्थोपाजर्न गर्ने वैधानिक आधार प्रष्ट छैन । पयर्टन खेलकुदलाई पनि खेलकुदको दायरमा ल्याउन प्रयास गर्न अब ढिला गर्नुहुँदैन । गण्डकी प्रदेशमा पर्यटकको चाप बढाउनका लागि खेल पयर्टन एउटा बलियो आधार बन्न सक्न । पर्यटन गण्डकी प्रदेशको मेरुदण्ड हो भन्दा फरक पर्दैन ।

पर्यटन विकासका लागि ठूलो अन्तराष्ट्रिय प्रतियोगिता आयोजना अर्को आधार हो । आयोजना स्थल, एयरपोर्ट, होटललगायतका अन्य व्यवस्थापन गर्न सकेको खण्डमा पोखरा ठूला प्रतियोगिता आयोजनाका लागि पनि सहि गन्त्व्य हो । पोखरा रंगशाला हाता भित्रै क्रिकेट मैदान पनि छ । एकै ठाँउमा क्रिकेट र फुटबलको मैदान अन्य कुनै जिल्लामा छैन ।

फुटबल पोखरामा यसै लोकप्रिय छ । पोखरा प्रिमियर लिग (पिपिएल) को दुई संस्करणको आयोजनाले पोखरामा क्रिकेटको लोकप्रियता बढ्ने सम्भावना देखिएको छ । अहिलेको अवस्थासम्म आइपुग्दा दर्शकबाट शुल्क लिन सकिने खेल नेपालमा फुटबल, क्रिकेट र आशिंक रुपमा भलिबल मात्रै हुन् ।

एयरपोर्ट, ठूला होटललगायत अन्य कारणले पनि पोखराले ठूलो प्रतियोगिता आयोजनाको सम्भवना बोकेको छ । सागका ८ खेल आयोजनाले पनि त्यसलाई थप पुष्टि गरिसकेको छ । त्योसँगै साहसिक र पयर्टकिय खेल आयोजना गर्न सकेको खण्डमा गण्डकी प्रदेशको आम्दानीको एउटा बलियो माध्यम बन्ने सक्छ । किसिमका खेलको आयोजना गर्दा र खेलक्षेत्रमा मनखोलेर लगानी गर्दा पर्यटन, आर्थिकका साथै समृद्धिको आधार समेत बन्न सक्छ ।

पयर्टन र खेलक्षेत्रमा लगानी आवश्यक – सम्पन्न श्रेष्ठ (राखेप सदस्य)

फुटबल, क्रिकेट, ह्यान्डबल, भलिबल, मार्सल हार्ट, टेनिसलगायत अन्य खेलकुदका लागि पोखरासँग अब पर्याप्त भौतिक पूर्वाधार तयार भइसकेको छ । अब साहसिक खेलहरुको प्रबद्र्धनमा ध्यान दिनुपर्ने समयम आएको छ । रक क्लाइम्बीङ , प्याराग्लाइडिङ्ग, बन्जिजम्प, स्की, र्याफ्टिङ जस्ता खेल गण्डकी प्रदेशमा त्रिभाउन सक्ने हो भने त्यसले पयर्टन खेलकुद को ढोका खोल्नेछ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद भए पनि फरक किसिमको खेल हुन आवश्यक छ । साहसिक खेलका भौतिक पुर्वाधार निर्माण गर्ने हो भने भिन्नै खालको खेलकुदको विकास हुन्छ , जसले पर्यटकलाई आकर्षित गर्नेछ । त्यस्ता प्रतियोगिता गण्डकी प्रदेशले मात्र गराउने सामर्थ्य राख्छ ।

यस्ता खाले प्रतियोगिताको लागि पोखरानै जान पर्छ भन्ने तरिकाले पूर्वाधार निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता हो । पूर्वाधार निर्माण चुनौतीपूर्ण भए पनि गर्न इच्छा शक्ति भएको अवस्थामा निर्माण सम्भव छ । यसका लागि प्रदेश सरकार र संघिय सरकार तयार हुनुपर्दछ । खेल पदाधिकारीले पनि सरकारलाई बुझाउन सक्नुपर्दछ ।

साहसिक खेललाई लक्षित गर्दै पूर्वाधार तयार गर्न सकेको खण्डमा विदेशी पर्यटन भित्र्याउन सकिन्छ । सुन्दर पर्यटकीय क्षेत्र विश्वकै नमुना पर्यटन क्षेत्र पोखराको हो । हिमालको काखमा बसेको सुन्दर र लोभलाग्दो सहरमा खेल्न पाउँदा को लोभिदैन होला ।

पर्यटकलाई लक्षित गरेर सहसायिक, पर्टकटिय खेल र अन्य खेलकुद गर्न सकेको अवस्थामा पोखरामा अहिलेको आए रहेका पर्टयकको संंख्यामा व्यापक वृद्धि हुन सक्छ । फुटबलका लागि सबै पोखरा आउन बाध्य हुँदैनन तर प्याराग्लाइडिङ गर्न र हेर्न पोखरा नै आउनुपर्ने हुन्छ ।

अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि तुलानात्मक रुपमा अन्य देशमा भन्दा नेपालमा सस्तो पर्न जान्छ । अन्य देशमा करोडौं लाग्ने यहाँ लाखौंमा सकिन्छ । तर, सामान्य खाले प्रतियोगिताले पयर्टक आउन गाह्रो हुन्छ । आयोजनाको स्तर पनि ठूलै हुनुपर्दछ ।

राज्यले पर्यटन र खेलकुद क्षेत्रमा साचे अनुरुप लगानी नै गर्न सकेको छैन । अहिले विस्तारै खेलकुदलाई हेर्ने दृष्टिकोणमा केहि फरक हुँदै गएको छ । खेलकुदले देशको अर्थतन्त्रमा प्रभावपार्ने एउटा सशक्त माध्यम हो भन्ने विषयलाई आत्मसात गर्दै लगानी बढाउँदै जाने हो भने भोली यो क्षेत्र आम्दानीको एउटा बलियो आधारमा हुनेमा शंका छैन ।


Your Views
Related News