फिल्मी फण्डा । यही दशैंमा रिलिज हुने फिल्म ‘लक्ष्मी पूजा’को स्याड भर्सनको गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ । माण्डवी त्रिपाठीको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द तथा विपिन आचार्यको संगीत र एरेन्ज छ ।
गीतमा अस्मिता जुरेली, जयकिशन बस्नेत, नीर शाहलगायत फिचर्ड छन् । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भइरहेको फिल्ममा समिर मियाँको निर्देशन तथा शोभित बस्नेतको निर्माण छ ।
फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ । फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।
निर्माता शोभितका अनुसार जाहान्वीको शीर्ष भूमिका रहने फिल्ममा उनी दोहोरो भूमिकामा देखिँदैछिन् । उनले पारिवारिक प्रेमकथा रहने फिल्ममा दशैं र तिहारको परिवेश देखाइनेछ ।
फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ ।
भिडियो :
READ MORE NEWS
कलाकारलाई विपद्मा सहयोग गर्न कोष खडा, बन्यो कार्यविधि
फिल्मी फण्डा । कुनै पनि विपद्मा फिल्मकर्मी र कलाकारलाई सहयोग गर्न चलचित्रकर्मी विपद् व्यवस्थापन कोष कार्यविधि निर्धारण समिति गठन गरिएको छ ।
बोर्ड सदस्य नरेन्द्र महर्जनको संयोजकत्वमा गठित समितिले कार्यविधि समेत बनाएको छ । कार्यविधि अनुसार कुनै पनि विपद्मा परेका फिल्मकर्मीलाई कोषले सहयोग गर्ने बताइएको छ ।
समितिले कार्यविधि निर्माण गरि लागु गर्न चलचित्र विकास बोर्डमा बुझाइएको छ । कोषको अन्य सदस्यहरुमा कलाकार संघबाट मोहन निरौला, निर्माता संघबाट छवि ओझा, निर्माता संघबाटै किसन पोखरेल, प्राविधिक संघबाट अर्जुन कुमार पोखरेल,
निर्देशक समाजबाट राजेन्द्र उप्रेती, द्धन्द संघबाट राजाराम गौतम, आदिवासी जनजाति चलचित्र महासंघबाट अमृत सुनुवार, नृत्य संघबाट जनक काकी, चलचित्र संघबाट देवेन्द्र खड्गी, चलचित्र विकास बोर्डबाट प्रभाकर भट्टराई र आमन्त्रित सदस्य केशव घिमिरे रहेका छन् ।
कोषको कार्यविधि निर्माण समितिले बाढी, पहिरो, आगलागी, भु–कम्प, आँधीबेरी, अतिबृष्टी, अनाबृष्टी, पशुपंक्षी तथा अन्य जीवबाट सरुवा भई आउने रोग वा सरुवा रोगको महामारी, प्राकृतिक कारणले हुने दुर्घटना जस्ता दैवी प्रकोपलाई विपद् भनि ब्याख्या गरिएको छ ।
त्यस्तो अवस्था फिल्मकर्मी र कलाकारहरुलाई राहतको व्यवास्थापन तथा अन्य समस्याहरुको समाधान गर्ने गरि कोषले सहयोग गरिने बताइएको छ । यस कोषलाई कार्यविधि अनुसार संचालन गर्न चलचित्र विकास बोर्डले स्विकृती दिनुपर्नेछ ।
बोर्डले स्विकृति दिए लगतै त्यहि समिति वा फेरबदल गरि अर्को समिति बनाई कार्यविधिलाई कार्यन्वयनमा ल्याईनेछ । जसको लागि बार्षिक रुपमा विकास बोर्ड सहित अन्य निकायले पनि सहयोग गर्दै जानेछन् ।