काठमाडौँ । आज विश्व मुटु दिवस, मुटुलाई स्वस्थ राख्नको लागि शारीरिक सक्रियता अत्यन्तै जरुरी हुन्छ । वर्ल्ड हार्ट फेडरेशनका अनुसार, विश्वमा हरेक तीनमा एकजनाकाे हार्ट डिजीजकाे कारणा मृत्यु भइरहेकाे छ । फेरी याे काेराेनाकालमा त झनै २० प्रतिशत बढेकाे बताइएकाे छ ।

यसकारण दैनिक १५ मिनेटको वर्कआउटले हार्ट अट्याक तथा स्ट्रोकबाट बच्न सकिन्छ । अमेरिकन हर्ट एसोशिएसनका अनुसार, स्वस्थ मुटुको लागि हप्तामा ६ दिन ३०-३५ मिनेटको वर्कआउट काफी हुन्छ ।

वर्ल्ड हार्ट फेडरेशन हरेक वर्षको २९ सेप्टेम्बरमा “वर्ल्ड हार्ट डे” मनाउँछ । यसको उद्धेश्य नै मुटु रोगीको जागरुकता र खतराबाट बचाउनु मा केन्द्रित हुन्छ । उनीहरुका अनुसार मुटु स्वस्थ राख्नको लागि फिटनेशको प्लान गर्नुपर्ने बताउँछन् ।

१. दैनिक ३०-४५ मिनेट वाक गर्नुहोस् ।
२. पिठ्यूँ र छटपटाहट भए २५-३५ मिनेट साइक्लिङ्ग गर्नुहोस् ।
३. हप्तामा अढाइदेखि तीन घण्टाको स्विमिङ्ग गर्नुहोस् ।
४. डान्सिङ्ग पनि एरोबिक भन्दा कम छैन ।
५. जगिङ्ग गर्नुहोस् ।

यति कुरा गर्न सकियो भने हामी मुटुको रोग लाग्नबाट बच्न सक्छौँ र लागेकामा पनि कम गर्दै स्वस्थ जीवन जिउन सक्छौँ ।

READ MORE NEWS

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो

काठमाडौं–मंगलबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ। मंगलबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको छ। सोमबार छापावाल सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँ थियो।
त्यसैगरि चाँदीको मूल्य पनि बढेको छ। मंगलबार एकै दिन चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको हो।

मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ तोकिएको छ। सोमबार चाँदी ११ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।


Your Views
Related News