काठमाडाैं । विभिन्न जनचेतनामुलक कार्यक्रम गरी विश्वभर आज मुटु दिवस मनाइदैछ । विश्व मुटु महासंघको आह्वानमा हरेक वर्ष सेम्टेम्बर महिनाको २९ तारिखमा यो दिवस मनाइने गरिन्छ ।

पछिल्लो समय मुटु रोगबाट प्रभावित हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । मुटु रोग अहिले घरघरकै समस्याजस्तो भएको छ । विलासी जीवनशैली, शारीरिक अभ्यासको कमी र जथाभावी खानपानका कारण मुटु समस्याले युवास्थामै धेरैलाई पिरोल्दै आएको छ ।

कलेजो दायाँ बायाँ दुई भाग हुन्छ। बाहिरबाट हेर्दा मुटु मुठ्ठी आकारको हुन्छ । मुटुमा चारवटा कोठा हुन्छन्, दुईवटा तल र दुईवटा माथि । मुटुबाट दुईवटा नसा निस्किएका हुन्छन् जसमध्ये एउटा  टाउकोबाट आएको हुने गर्छ भने अर्को शरीरको तल्लो भागबाट आउँछ ।  तलबाट आउने नसाले फोहर रगत लिएर आउछ । यसरी आएको रगत मुटुको दायाँ भाग हुँदै फोक्सोमा जान्छ । फोक्सोमा पुगेपछि अक्सिजन युक्त रगत मुटुको देब्रे भागमा चारवटा नलि मार्फत फर्किन्छ । मुटुले पम्प गरिसकेपछि त्यो रगत शरीरभरी सञ्चार हुन्छ । स्वस्थ मुटुले यसरी काम  हुन्छ । स्वस्थ मुटु प्रतिमिनेट ६० देखि ९० पटक सम्म धड्किन्छ । भर्खर जन्मिएको बच्चाको १ मिनेटमा १ सय ४० पटक धड्किन्छ । उमेरसँगै मुटुको धडकन कम हुदै जान्छ ।

मुटु विशेषज्ञका अनुसार रक्तचापमा गढबढ भएमा यसले मुटुमा असर गर्छ । उच्च रक्तचापले मुटुमा भार बढाउने, हृदयघात, स्ट्रोक, मिर्गौलामा असर पुर्‍याउनुका साथै आँखामा समेत असर पुर्‍याउँछ । आवश्यकताअनुसार रक्तचापको अवस्था जाँच गराउनुपर्छ ।

रगतमा दुई किसिमको कोलेस्टेरोल हुन्छ । एउटा असल कोलेस्टेरोल ( एचडीएल) अर्को- खराब कोलेस्टेरोल (एलडीएल) । मुटु विशेषज्ञहरूका अनुसार खराब कोलेस्टेरोलले रक्तनली अवरुद्ध (जाम) गरी बन्द गराउँछ । जसले गर्दा ह्रदयघात वा स्ट्रोक गराउने जोखिम हुन्छ।असल कोलेस्टेरोलले ह्रदयघात हुनबाट बचाउँछ । विज्ञकाअनुसार जन्मजात मुटुरोग हुने र मुटुको मसल कमजोर हुने समस्या पनि बढ्दै गएको छ ।

रगतमा कोलेस्टेरोलको मात्रा केकति छ ? सम्बन्धित चिकित्सकसँग परामर्श गरी जानकारी लिइ सजग हुनुपर्छ। यसको जाँच गरेपछि रगतमा तीन महिनासम्मको औसत चिनीको मात्रा थाहा पाउन सकिन्छ। रगतमा चिनीको मात्रा धेरै भएमा मुटु, मस्ष्तिक, रक्तनली, मिर्गौलालगायतका अंगमा असर पुग्छ ।

चिकित्सकका अनुसार मुटु रोग लाग्नुमा प्रमुख कारण तनाव हो । त्यसैले मुटु रोग लाग्नबाट बच्नका लागि सबैभन्दा पहिले तनाव कम गर्न जरुरी छ । नियमित व्यायाम तथा चिकित्सकको सल्लाहअनुसार मुटुसम्बन्धि व्यायाम गरेमा मुटु रोग लाग्नबाट बच्न सकिन्छ ।

मुटुरोग दुई किसिमका हुन्छन् । एउटा जन्मजात र अर्को वयस्कमा हुने मुटुरोग । जन्मजात हुने मुटुरोगका कारण र वयस्कमा हुने मुटुरोगका कारण फरक फरक हुन्छन् । उमेर बढेसँगै हुने मुटु रोगका पनि कारण फरक हुन्छ ।
मुटु रोगका लक्षण

छाती दुख्नु/ भारी हुनु, मुटु पोल्नु, वाकवाकी र बान्ता हुनु

अधिक पसिना आउनु, थकान महसुस हुनु

बंगारा, घाँटी र पाखुरा दुख्नु, सास फेर्न गाह्रो हुनु

छाती तथा काँधमा पिडा हुनु।

शरीरबाट अनायासै पसिना बग्नु

मुटु रोग लागेमा रुघाखोकी लागेमा लामो समयसम्म सताइरहन्छ

खुट्टा तथा पैताला सुन्निनु

पटक पटकमा चक्‍चर लागिरहनु तथा टाउको घुम्नु, बेहोस हुनु तथा थकान महसुस हुनु

कस्तो खाना खाने ?

फाइबर (रेसा) भएको खाना खाने

होल ग्रेन, गेडागुडी, दाल, फलफूल, हरिया सागसब्जी

वनस्पतिको तेल

घिउ, नरिवलको तेल सक्दो कम गर्ने

आइसक्रिम, कुकिज, चाउचाउ, बट्टाको जुस आदि प्रशोधित खाना कम खाने

खानामा नुनको प्रयोग कम गर्ने

तारेका, भुटेका भन्दा उसिनेका, पोलेका खानेकुरा खाने

ध्यान दिनुपर्ने कुरा

मुटुलाई स्वस्थ्य राख्न खानपानमा विशेष ध्यानदिनुपर्छ।खानाबाट नै मुटुसम्बन्धी रोग लाग्ने संभावना बढी रहने भएकाले कुन परिकार कति खाने भन्ने जानकारी राख्नुपर्छ। चिनी, रक्तचाप नियमित जाँच गराउने।नियमित व्यायाम गर्ने।पानी धेरै पिउने । तनावबाट मुक्त रहने ।

मुटु स्वस्थ राख्ने कसरी राख्ने ? 

शरीरको तौल नियन्त्रण हुनुपर्छ । अहिले सहरीया जिवनशैलीका कारणले शरीरको वजन एकदमै बढिरहेको छ । यसको लागि शारीरिक ब्यायम गर्नुपर्छ । यसको लगि कम्तिमा ३० मिनेट पसिना आउने गरि ब्यायम गर्नुपर्छ । तारेको भुटेको खानेकुराहरु सकेसम्म खान भएन । कार्वोहाइड्रेट बढि हुने भात आलु गुलियो पदार्थहरु कम खानुपर्छ।

धुम्रपान र मद्धपानबाट टाढा रहनुपर्छ । चिन्तारहित जिन्दगी जिउने प्रयास गर्नुपर्छ । नियमित रुपमा स्वास्थ्य परिक्षण गर्नुपर्छ ।

विशेष गरि ३५ वर्षभन्दा माथिको उमेर भएकाहरुले बर्षमा २ पटक स्वास्थ्य परिक्षण गर्नुपर्छ ।

यसैगरी सुगर र कोलस्ट्रोललाई नियन्त्रण गर्नुपर्छ भने चिल्लो र बोसोजन्य खाना अनि मासु कम खानुपर्छ ।

दौडादौडको दैनिकीले मानिसलाई भागिरहने-दौडिरहने बनाएको छ । यसले गर्दा मुटुको धडकन पनि बढ्न जान्छ । यसलाई पनि नियन्त्रण गर्न सक्नुपर्छ । पर्याप्त मात्रामा सुत्नपर्छ । यदि सुताइ पुगेन भने मुटुको चालमा गडबढी हुन सक्छ । हरियो सागसब्जी फलफुल हरियो तरकारी भिटामिन भएका खानाहरु र स्वच्छ अनि ताजा खानेकुरामा बढि जोड दिनुपर्छ ।

सरकारी सुविधा
यस्तै सरकारले मुटुरोगीलाई एक लाख रुपियाँ औषधि उपचारबापत बेहोर्दै आएको छ । १५ वर्षभन्दा मुनिका बालबालिका तथा ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि स्वास्थ्य उपचार तथा मुटुसम्बन्धी सम्पूर्ण शल्यक्रिया निःशुल्क रूपमा गरिरहेको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, मनमोहन कार्डियोभास्कुलर सेन्टर लगायतका सरकारी स्वास्थ्य संस्थामा १५ वर्षभन्दा कम र ७५ वर्ष उमेरभन्दा माथिका वृद्धको निःशुल्क उपचार हुने गरेको छ ।

मुटुको भल्ब बिग्रिएको रोगको सरकारले निःशुल्क उपचार गर्ने गरेको छ । मुटुको भल्ब फेर्नुपर्ने व्यक्तिलाई पनि भल्ब निःशुल्क उपलब्ध गराउँदै आएको छ । मुटुको भल्बमा उमेरको छेकबार लाग्दैन । त्योबाहेक अरू कारणले बिग्रेको छ भने सरकारले सहयोग गर्दैन । यस्तै बाइपास अपरेसनमा पनि सरकारी सुविधा छैन ।

विश्वमा बर्सेनि एक करोड ८० लाख मानिस मुटुरोगका कारण मर्ने गर्दछन् । यसमध्ये विकासोन्मुख राष्ट्रमा मुटुरोगबाट मर्नेको सङ्ख्या ८० प्रतिशतभन्दा बढी पर्न आउँछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०३० सम्ममा मुटुरोगबाट विश्वभर मर्नेको सङ्ख्या बर्सेनि दुई करोड ५० लाख पुग्ने अनुमान छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा करिब ७५ लाख मुटुरोगी भएको अनुमान गरिएको छ । नेपालमा करिब ३० प्रतिशत वयस्क मानिसलाई उच्च रक्तचाप छ, २० प्रतिशतलाई कोलस्टेरोल, १० प्रतिशतलाई मधुमेह रहेको छ । त्यस्तै एक प्रतिशत बालबालिकालाई बाथमुटु रोग छ । बर्सेनि एक हजार बालबालिका बाथ–मुटुरोगका कारण मर्ने गर्दछन् । चुरोट, सुर्ती सेवन गर्ने ४० प्रतिशत रहेका छन् । यसैबीच विश्व मुटु महासङ्घको आह्वानमा विश्वभरि ‘मन लगाउँ, मुटु बचाउँ’ भन्ने नाराका साथ विश्व मुटु दिवस मनाइँदैछ । मुटुसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर विश्व मुटु दिवस मनाइने गरिन्छ ।


Your Views
Related News