काठमाडौं– कोरोना भाइरसविरुद्धको साढे २ करोड डोज खोप नेपालमा ल्याउनका लागि सम्झौता भएको छ। रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधी उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुटनिक-५’ नेपाल ल्याउने सम्झौता भएको हो।
२ करोड ५० लाख भ्याक्सिनले नेपालको ९० प्रतिशत जनासंख्यालाई समेट्ने बताइएको छ। ‘रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डसँग समन्वय गर्दै हामीले कोरोना भाइरसविरुद्धको खोप नेपाल भित्र्याउने सम्झौता गरेका छौं,’ ट्रिनिटीका निर्देशक किशोर अधिकारीले भने, ‘हामी स्पुटनिक-५ को अन्तिम परीक्षणको पर्खाइमा छौं। र, नेपाल सरकारको इजाजतको समेत आवश्यकता पर्ने भएकाले त्यसको समेत पहल गरिरहेका छौं।’
रुसी फन्डले यस सम्झौतासम्बन्धी समाचार आफ्नो वेबसाइटमा समेत प्रकाशित गरिसकेको छ।
READ MORE NEWS
काठमाडौं– संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड- १९ का कारण विदेशमा अप्ठ्यारोमा परेका नेपाली श्रमिकहरुको उद्धार तथा स्वदेश फिर्ती निर्देशिका संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको उक्त निर्देशिकामा श्रम स्वीकृति लिएर गई कोरोनाका कारण करार अवधि भित्र समस्या परेका श्रमिकहरुलाई मात्रै कोषको रकममार्फत उद्धार गरिने व्यवस्था गरिएको छ।
यो व्यवस्थाका कारण श्रम स्वीकृति लिएर गएका तर करार अवधि सकिएका बेखर्ची श्रमिकहरू थप समस्यामा परेको पाइएको छ।
कुटनीतिक नियोग तथा राजदूतहरुले पनि एक पटक श्रम स्वीकृति लिएर गई अप्ठ्यारो परेका श्रमिकहरुलाई कोषको रकम प्रयोग गरी स्वदेश फिर्ता गर्ने गरी निर्देशिका संसोधन गर्न आवश्यक रहेको सुझाव दिँदै आएका थिए।