काठमाडौँ । अहिले सामाजिक सञ्जालले नै कलाकारलाई स्टार बनाइरहेको छ । सामाजिक सञ्जालमा जम्न नसकेकाहरुलाई गुमनामपनि बनाइरहेको छ ।
यो एक यस्तो अड्डा हो जहाँ कुनै अभिनेत्रीको सुन्दर तस्बिर यदि एक पटक भाइरल भएमा सोच्नुहोस् उक्त अभिनेत्री रातारात स्टार अवश्य बन्ने छिन्। यस्तोमा आज हामी पञ्जाबी चलचित्र क्षेत्रका एक अभिनेत्रीको बारेमा चर्चा गर्न गईरहेका छौं जसको तस्बिरले इन्टरनेटमा सनसनी मच्चाएको छ ।
आज हामी पञ्जाबी चलचित्रकी अभिनेत्री खुशी गढवीको बारेमा चर्चा गर्न गईरहेका छौँ जो एक मोडेल हुन्। खुशी अहिले मोडेलिंग गर्दैछिन्।खुशीको जन्म सन् १९९० मा भएको थियो। तर २८ वर्षको उमेरमा खुशीका यी तस्बिरले इन्टरनेटमा तहल्का मच्चाईरहेको छ।
खुशीले अहिले सम्म स्टारडमको पहिचान प्राप्त नगरे पनि उनको विदेशमा लाखौँको संख्यामा फ्यानहरु छन्। सामाजिक सञ्जालमा उनका धेरै चाहने वालाहरु छन् जो उनको नयाँ–नयाँ तस्बिर हेर्नको लागि उनलाई फलो गर्दछन । खुशी आफ्नो फिगर मेन्टेन गर्नको लागि जिममा घन्टौं पसिना बहाउने गर्छिन् । खुशीले थुप्रै पञ्जाबी गीतहरुमा काम गरेकी छिन् जसले युट्युबमा खुबै चर्चा पाईरहेको छ। खुशी पञ्जाबी चलचित्र उद्योगको चर्चित अनुहार हुन्।
खुशी सामाजिक सञ्जालमा प्रायः सक्रिय नै रहन्छिन र आफ्नो फ्यानको लागि ताजा–ताजा फोटोहरु शेयर गरिरहन्छिन । फेसबुकमा उनका थुप्रै सुन्दर फोटाहरु छन् । खुशीको सुन्दरता देखेर मानिसहरु सामाजिक सञ्जालमा अनेक अड्कलहरु काटिरहेका छन्।
पारिवारिक निकट श्रोतका अनुसार उनी अब चाँडै बलिउडमा पनि कदम राख्न गईरहेकी छिन् । सन् २०१६ मा खुशीको पहिलो पञ्जाबी गीत ‘इल्जाम’ सार्वजनिक भएको थियो जुन सर्दूल सिकन्दरले गाएका थिए।खुशीले आफ्नो करियरको सुरुवात एक मोडेलको रुपमा गरेकी थिईन । खुशीको गीत ‘इल्जाम’ युट्युबमा एकदमै हिट साबित भएको थियो।
यस गीतले राम्रो सफलता प्राप्त गरे पछि खुशी एक अर्को पञ्जाबी गीत ‘दो नैन’ मा पनि काम गरिन्। गीत ‘दो नैन’ गायक कमाल खानले गाएका हुन्।केवल यति मात्र नभई खुशीले टलिउड फिल्ममा पनि काम गरिसकेकी छिन्।
उनी तेलुगु फिल्म ‘लभ पोइजन’ मा देखिएकी थिईन।युट्युबमा खुशीको हिट गीतका पूरा सूची तयार पारिएको छ । खुशीको जन्म फिल्मी नगरी मुम्बईमा भएको थियो। उनको केही मोटोपनपनि खुबै राम्रो देखिएको छ । (एजेन्सी)

READ MORE NEWS
प्रेममा कहिलै धोका दिँदैनन यी राशि भएका व्यक्तिले, हुन्छन् निकै बफादार
काठमाडौँ । भनिन्छ, मायामा नै संसार अडिक छ। साँचो माया त्यही हो जसले आपतमा सहयोग गर्छ, जो जहाँ एक अर्काका लागि तन, मन, धन सबै किसिमले सहयोग, समर्पण गर्ने र संघर्ष गर्न सक्ने क्षमता हुन्छ अनि एक अर्काप्रति अटुट विश्वास र ढृड निश्चय हुन्छ।
माया विश्वास हो, मायामा आत्मसन्तुष्टि, सद्विचार, सद्भावना र सद्चरित्र छ भन्ने कुरामा दुई मत नहोला । मायामा सर्मपण, दया, करुणा, सहयोगी भावना हुनैपर्छ । मायामा सुख, आनन्दका सारा संसारको खुसीमा नै मायामा छ।
ज्योतिषको अनुसार केही यस्ता राशि भएका व्यक्ति छन्, जसलाई प्रेममा निकै बफादार मानिने गरिन्छ।
आउनुहोस् जानौँ कुन कुन हुन् ती राशि :
वृष राशिका मानिसहरु धेरै नै शान्त स्वाभावका हुन्छन् । जुन युवतीको राशि वृष हुन्छ उनी प्रेमको सम्बन्धमा कहिले पनि धोका नदिने खालकी हुन्छिन् भन्ने मान्यता छ। यस राशिकी युवतीले आफ्नो पार्टनरलाई धेरै नै माया गर्छिन् ।
कर्कट राशि
यस राशिका युवतीहरु निकै नै भावुक हुन्छन् । त्यसैले यिनीहरु आफ्नो पार्टनरलाई धोका दिँदैनन् र आफ्नो पार्टनरलाई धेरै नै माया गर्छन् ।
कन्या राशि
कन्या राशि भएकाहरुलाई धेरै नै समझदार मानिन्छ । कन्या राशि भएकी युवतीले पनि प्रेममा कहिले पनि धोका दिँदैनन् ।
वृश्चिक राशि
वृश्चिक राशि.यस राशिका मानिसहरु धेरै नै भावुक मानिन्छन्। यस राशिकी युवतीहरुले आफ्नो पार्टनरलाई साँचो माया गर्ने खालका मानिन्छन् र यिनीहरुले सम्बन्धको महत्वसमेत राम्ररी बुझेका हुन्छन् ।
मकर राशि
मकर राशिका युवतीहरु पनि धेरै नै भावुक खालका हुन्छन् । यिनीहरु जब कुनै केटासँग प्रेम गर्छन् तब पूरा सच्चाइका साथ गर्छन् र कहिले पनि अलग हुन चाहँदैनन् ।
पतिपत्नी बीच झगडा भइ रहन्छ, यी उपाय अपनाउनुहोस् सुमधुर हुन्छ सम्बन्ध
काठमाडौँ । पति पत्नीबीच बेलाबेलामा झगडा पनि हुन्छ भने प्रेमपनि हुने गर्दछ। शिष्टाचार र व्यवहारले सम्बन्धमा निकै गहिरो प्रभाव पार्दछ।
कयौँ समय पति पत्नीबीच सानो सानो कुरामा झगडा तथा मन मुटाव यति धेरै बढ्छ की सम्बन्धमा दरार आउन समय लाग्दैन। आफ्नो सहपाटीको सानो कुरामा पनि रिसाउनु, बहाना बनाउने बानी हुनुले सम्बन्धमा खट्पट आउन थाल्दछ।
यदी तपाईको सहकर्मी पनि सानो सानो कुरामा रिसाउने गर्दछन् भने सबै भन्दा पहिले तपाईले त्यस्तो व्यवहार देखाउनुको पछाडिको कारण जान्न आवश्यक छ।
त्यसको समाधान निकाल्न सक्नु भएन भने कुनै ज्योतिषका उपाय अप्नाउनु उत्तर रहन्छ। ज्योतिषका अनुसार गुरु ग्रहको विवाहका कारण ग्रह मानिने गरिन्छ। विवाहको स्थान, जन्म पत्रिकाको सप्तम स्थान हुने गर्दछ।
कुण्डलीमा यसको स्थान यदी सूर्य, गुरु, राहु, मंगल, शनि जस्ता ग्रह भएका वा यी स्थानमा यिनको दृष्टी भएमा वैवाहिक जीवन सुखी हुन सक्दैन्।
सप्तम स्थानमा सूर्य हुनु निश्चित सम्बन्ध विच्छेदको कारण हो। त्यही कुण्डलीमा गुरु कमजोर भएमा पनि विवाहसँग सम्बन्धीत समस्याको समाधान गर्नु पर्दछ।
शिव लिंगको पुजाः पति पत्नीले आफ्नो झगडाबाट बच्नका लागि सोमबार एकसाथ भगवान् शिवको पुजा आरधना गर्नु भएमा तपाईको सम्बन्धमा सुधार आउन सक्छ।
सिन्दुरको डिब्बा पति सुत्ने ठाउँमा राख्नेः यदी पती पत्नीबीच झगडा भइरहन्छ भने पत्नीले पतिलाई नसोधेर पति सुत्ने ओछ्यानको मुनी सिन्दुरको डिब्बा राखिदिनु पर्दछ। त्यसपछि बिहान उठेर उक्त डिब्बाको सिन्दुर लगाउने गर्यो भने पनि तपाईको कुण्डलीको दोष मेटिन सक्छ।
सूर्यलाई जल चढाउनेः विवाहित जोडिले हरेक बिहान सुर्यलाई जल चढाउने गर्यो भने पनि तपाईबीच हुने गरेको झगडा प्रेममा परिनत हुन थाल्दछ।
गौमती चक्रः यति तपाई पति पत्नीबीच प्रेम बढाउन चाहनुहुन्छ भने तपाईले लगाउने गरेको सिन्दुरको डिब्बामा एउटा गौमती चक्र राख्नु पर्दछ। किनकी उक्त चक्रलाई शुभ मानिने गरिन्छ।