काठमाडौं । भारतको केन्द्रीय सरकारले सर्वोच्च अदालतमा सहमति जनायो कि राज्यका यौ–नकर्मीहरुलाई विशेष छुट दिने व्यवस्था गर्ने जनाएको छ ।

 

ट्रा–न्सजेन्डरको रुपमा यौ–नकर्मीहरुलाई प्रतिमहिना १,५०० रुपैयाँ दिने सर्वोच्व अदालतको प्रश्नमा केन्द्र सरकारका सल्लाहकारले सरकारको निर्देशन लिएर अदालतलाई जानकारी गराउने जनाइएको छ । अदालतले राज्य सरकारलाई खाद्यन्न र अन्य सुविधा प्रदान गर्न भनेको छ ।

 

 

सबै राज्य सरकारहरूले यौ–नकर्मीलाई राशन कार्ड प्रदान गर्ने लगायत अन्य व्यवस्थामा जवाफहरू अदालतमा पेश गर्नेछन् । यसभन्दा अघि सर्वोच्च अदालतले लकडाउन र कोरोनाका कारण यौ–नकर्मीहरूले भोगिरहेका समस्याहरूका बारेमा जानकारी लिएको थियो ।

 

राज्य सरकारलाई उनीहरूलाई सहयोग गर्न आग्रह गरेको थियो । यस सम्बन्धमा आज सुनुवाइ भएको थियो । न्यायाधीश एल नागेश्वरको नेतृत्वमा रहेको इजलासले भनेको थियो कि कोरोनाका कारण यौ–नकर्मीहरूले समस्या भोग्नु परेको जनाएको थियो । सर्वोच्व अदालतले यस सन्दर्भमा यो पनि भनेको थियो कि उनीहरूसँग राशन कार्ड नभए पनि राज्य सरकारहरूले उनीहरूलाई सहयोग पुर्‍याउनु पर्छ भनेको छ ।

 

 

 

अदालतले देशका सबै राज्य सरकारहरूलाई यस सम्बन्धमा अदालतमा पेश हुन भनेको छ । यो पहिलो पटक होइन जब सर्वोच्च अदालतले यौ–नकर्मीहरूको समस्याका बारे सुन्नु भएको छ । सर्वोच्च अदालतले यौ–नकर्मीहरूलाई पुनःस्थापना गर्न र सहयोग पुर्‍याउने निर्देशनहरू धेरै पटक जारी गरिसकेको छ ।

READ MORE NEWS

डान्सबारबाट मलेसियामा चर्चित डेविट भनिने दुर्गाबहादुर श्रेष्ठ पक्राउ

काठमाडौ । रेष्टुरेष्टबाट मलेसियामा चर्चित डेविट भनिने दुर्गाबहादुर श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीले अ’प’ह’र’ण गरेको अभियोगमा डेविट भनिने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ ।

 

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले मंगलवार साँझ उनलाई काठमाडौंबाट पक्राउ गरेको हो। मलेसियमा बसेर गु’न्डाग’र्दी गरेको तथा अ’प’ह’र’णको उजुरी परेपछि नेपाल आएको समयमा उनलाई नियन्त्रणमा लिएको व्यूरोका डीआइजी सहकुल थापाले बताए।

 

 

 

पीडित परिवारले उजुरी दिएपछि हामीले नियन्त्रणमा लिएका हौं। थप अनुसन्धान भइरहेको छ, डीआइजी थापाले भने। डेविडले १५ लाख रुपैयाँ फि’रौती मागेको अभियोगमा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

 

 

पक्राउ परेका श्रेष्ठ मलेसियामा रेष्टुरेष्ट तथा डान्सबार संचालन गर्दै आएका छन्। उनले काठमाडौंको दरबारमार्गमा समेत रेष्टुरेष्ट संचालन गर्ने तयारी गरिरहेका थिए। उनी धेरै जसो मलेसियमा नै बस्दै आएका छन्।

READ MORE NEWS

मंसिर दोस्रो सातासम्म कोरोना भ्याक्सिन नेपाल आइपुग्ने, खरिद सम्झौताको नालिबेली

काठमाडौ । रुसले बनाएको कोरोनाविरुद्धको खोपको सफल परीक्षण भए आगामी मंसिरको दोस्रो साता नेपालमा पनि ल्याइने भएको छ। रूसले बनाएको कोरोनाविरुद्धको स्पुतनिक खोपको तेस्रो चरणको परीक्षण चलिरहेको छ। यसको सफल परीक्षण भए नेपालमा पनि ल्याउने सहमति भएको हो।

 

 

रसियन डाइरेक्ट फन्ड र नेपालको ट्रिनिटी फर्मास्युटिकलबीच परीक्षण क्रममा रहेको खोप सफल भए मंसिरको दोस्रो साता खोप नेपाल ल्याइने सहमति भएको छ।

 

 

रुसमा तेस्रो चरणमा रहेको खोपले सफलता पाए अक्टोबर पहिलो साता अर्थात् यही असोज तेस्रो साता प्रयोगमा अनुमति पाउनेछ।

 

 

एक महिनाअघि रसियन फन्डसँग खोप ल्याउने सहमति भएको थियो। परीक्षण क्रममा रहेको खोप नेपालले पनि बुक गरेको ट्रिनिटी फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीले जानकारी दिए।

 

 

उनका अनुसार खोपले सफलता प्राप्त गरे नेपालले पहिलो प्राथमिकतामा पाउनेछ। खोप ल्याउने चरणमा पुगेपछि नेपाल सरकारसँग सहमति मागिने उनले बताए।

 

 

अहिले ट्रिनिटी फर्मास्युटिकल्स कम्पनी र रसियन फन्डसँग सम्झौतामात्र भएको छ। नेपालस्थित रूसी राजदूतावासको सहकार्यमा यस्तो सम्झौता भएको हो। तर यो बारेमा सरकारसँग भने कुनै जानकारी छैन ।

 

 

खोप सरकार आफैले ल्याएर वितरण गर्ने वा नीजि क्षेत्रलाई दिने भन्नेपनि कुनै एकिन छैन । यो खोप नेपालका लागि निशुल्क लिने वा शुल्क लिने भन्नेपनि कुनै खुलेको छैन ।


Your Views
Related News