काठमाडौं । विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरसले अहिलेसम्म १० लाख भन्दा धेरैको ज्यान लिइसकेको छ । यो बीचमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोरोना भाइरस संक्रमण पहिचानका लागि छिटाछरितो र सर्वसुलभ तरिकाबाट परीक्षण गरिने बताएको छ ।

 

 

डब्लूएचओका अनुसार न्यून र मध्यम आय भएका मुलुकहरुमा कम शुल्क र छिटो परीक्षण गरी कोरोना भाइरस संक्रमितको पहिचान गरिने भएको छ । यो परीक्षणका लागि ५ अमेरिकी डलर ( ५८८ नेपाली रुपैयाँ) लाग्ने र १५ देखि ३० मिनेटमा परीक्षणको नतिजा आउने बताइएको छ ।

 

 

 

सोमबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लूएचओले दिएको जानकारीअनुसार ६ महिनाभित्र एन्टिजेनमा आधारित १२ करोड ‘र्यापिड डायग्नोस्टिक टेस्ट’ गरिनेछ । यो परीक्षण ग–र्भ परीक्षण जस्तै हुने बताइएको छ ।

 

टेस्ट किटमा दुई वटा निलो धर्सा देखिए कोरोना पोजिटिभ भएको मानिने पनि डब्लूएचओले बताएको छ । यो परीक्षण चिकित्सक र प्रयोगशाला कम भएका देशहरुमा प्रभावकारी हुने बताइएको छ ।

 

योपनि पढ्नुहोस्

 

 

परीक्षणका लागि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन र टेस्ट किट उत्पादक कम्पनीहरु एबोट र एसडी बायोसेन्सरसँग सम्झौता भएको छ । सम्झौताअनुसार कम आम्दानी भएका विश्वका १३३ देशहरुमा परीक्षण किट उपलब्ध गराइनेछ ।

 

 

जसमा कोरोना महामारीबाट अतिप्रभावित ल्याटिन अमेरिकी देशहरु पनि रहेका छन् । यसका लागि ग्लोबल फन्डबाट सुरुवाती चरणमा ५० मिलियन अमेरिकी डलर छुट्याइएको छ ।

 

 

डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानेमा गेहेब्रेयससले यसलाई कोरोना परीक्षणको कोशेढुंगाका रुपमा लिएका छन् । कोरोना परीक्षण र नतिजा आउनलाई लाग्ने समयले गर्दा कोरोना संक्रमण रोकथाममा चुनौती देखिएको भन्दै अब त्यसलाई न्यूनीकरण गर्न यो सम्झौताले महत्वपूर्ण योगदान पुऱ्याउने उनले बताए ।

READ MORE NEWS

काठमाडौ । रुसले बनाएको कोरोनाविरुद्धको खोपको सफल परीक्षण भए आगामी मंसिरको दोस्रो साता नेपालमा पनि ल्याइने भएको छ। रूसले बनाएको कोरोनाविरुद्धको स्पुतनिक खोपको तेस्रो चरणको परीक्षण चलिरहेको छ। यसको सफल परीक्षण भए नेपालमा पनि ल्याउने सहमति भएको हो।

 

 

रसियन डाइरेक्ट फन्ड र नेपालको ट्रिनिटी फर्मास्युटिकलबीच परीक्षण क्रममा रहेको खोप सफल भए मंसिरको दोस्रो साता खोप नेपाल ल्याइने सहमति भएको छ।

 

 

रुसमा तेस्रो चरणमा रहेको खोपले सफलता पाए अक्टोबर पहिलो साता अर्थात् यही असोज तेस्रो साता प्रयोगमा अनुमति पाउनेछ।

 

 

एक महिनाअघि रसियन फन्डसँग खोप ल्याउने सहमति भएको थियो। परीक्षण क्रममा रहेको खोप नेपालले पनि बुक गरेको ट्रिनिटी फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीले जानकारी दिए।

 

 

उनका अनुसार खोपले सफलता प्राप्त गरे नेपालले पहिलो प्राथमिकतामा पाउनेछ। खोप ल्याउने चरणमा पुगेपछि नेपाल सरकारसँग सहमति मागिने उनले बताए।

 

 

अहिले ट्रिनिटी फर्मास्युटिकल्स कम्पनी र रसियन फन्डसँग सम्झौतामात्र भएको छ। नेपालस्थित रूसी राजदूतावासको सहकार्यमा यस्तो सम्झौता भएको हो। तर यो बारेमा सरकारसँग भने कुनै जानकारी छैन ।

 

 

खोप सरकार आफैले ल्याएर वितरण गर्ने वा नीजि क्षेत्रलाई दिने भन्नेपनि कुनै एकिन छैन । यो खोप नेपालका लागि निशुल्क लिने वा शुल्क लिने भन्नेपनि कुनै खुलेको छैन ।

READ MORE NEWS

कोरोनापछि चीनमा फैलियो अर्को भाइरस ‘बबोनिक प्लेग’, आपतकाल घोषणा

  • जनबोली न्यूज नेटवर्क
  •  मङ्गलबार १३ असोज, २०७७

बेइजिंग । चीनमा कोरोना भाइरसपछि बबोनिक प्लेग फैलिएपछि देशको दक्षिण पश्चिम क्षेत्रमा आपतकालिन स्थिति लगाएको छ ।

 

यसबीच ३ बर्षका एक बच्चा प्लेगको चेपटामा आएको छ । ती बच्चा चीनको युनान प्रान्तको मेंघाइ काउन्टीका हुन् । चीनमा विगत सप्ताहमा प्लेग फैलिरहेको केही घटनाहरु अगाडी आएको थियो तर यसको पुष्टी आइतबार मात्रै भयो ।

 

 

बच्चाको स्वास्थ्य स्थिर बताइएको भएपनि चिनियाँ प्रशासनले उक्त इलाकामा चौथो स्तरको आपतकालिन स्थिति घोषणा गरेको छ । प्रशासनले कारोना भाइरस जस्तै अर्को महामारी फैलिन नदिन आपतकालिन स्थितिको घोषणा गरिएको जनाएको छ । यसअघि युनानमा प्लेग संक्रमित तीन वटा मुसा मृत अवस्थामा फेला परेका थिए ।

 

 

 

चीनको सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार मेंघाइको सिडिंग गाउँमा मुसाको प्रसार रोक्न निर्देशन जारी गरेको छ । यसअघि अगस्टमा उत्तरी मंगोलियामा प्लेग फैलिएको घटना बाहिर आएको थियो । यी घटना बाहिर आएपछि देशब्यापी तेस्रो स्तरको चेतावनी जारी गरिएको थियो । मंगोलियामा पनि प्लेगका २२ संदिग्ध घटना देखिएकोमा ६ वटा पुष्टि भएको थियो ।

 

 

बबोनिक प्लेग ब्याक्तेरिया संक्रमणका कारण हुन्छ । यो प्राणघातक पनि हुनसक्छ । यद्यपी यसका लागि एन्टिबायोटिक प्रयोग गर्न सकिन्छ । तस्रो स्तरको चेतावनीपछि प्लेग फैलाउने जनावर खानमा रोक लगाइएको छ । सन् २०१७ मा माडागास्करमा बबोनिक प्लेगका ३ सय संक्रमण भेटिएको थियो ।

 

 

 


Your Views
Related News