काठमाडौं । नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले ११ केभी लाइन रुटमा पर्ने रुखका हाँगा काट्न विद्युत लाइन काटेको छ । वितरण केन्द्रले बिहानन ८ बजेदेखि विद्युत लाइन काटेको हो ।
विद्युत लाइन काटिँदा कावासोती नगरपालिको हसौरा, कालिका विद्यालय, हुप्सेकोट गाउँपालिकाको १, २ र ३ नम्बर वडाको विद्युत सेवा अवरुद्ध भएको छ । काटेर सफाई गर्ने काम सकिएपछि अपरान्ह ४ बजेसम्म लाइन काटिने वितरण केन्द्रले जनाएको छ ।
यस्तै, प्राधिकरण नुवाकोट वितरण केन्द्रअन्तर्गत देवीघाट–१ र चैनपुर फिडरको विद्युत लाइन काटिएको छ । वितरण केन्द्रले यी फिडरको मर्मत गर्न बिहान ११ बजेदेखि विद्युत लाइन काटेको हो । अवरुद्धद विद्युत लाइन अपरान्ह ४ बजेबाट सुचारु हुनेछ ।
यस्तै, प्राधिकरण वितराटनगर वितरण केन्द्रअन्तर्गत विराटनगर–३ फिडरको सेवा अवरुद्ध भएको छ । ११ केभी वितरण लाइनको जम्पर मर्मत गर्न १ घन्टाका लागि विद्युत लाइन काटिएको वितरण केन्द्र प्रमुख राजीव सिंहले बताए ।
जम्परको मर्मत सकिएपछि यस फिडरको आपूर्ति सुचारु हुनेछ । पुलचोक वितरण केन्द्रको खोकना फिडरको अवरुद्ध सेवा सुचारु भएको छ । बुङमति क्षेत्रमा तारमा आगलागी भएपछि विद्युत लाइन काटिएको थियो ।
काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले ग्राहक तथा उपभाेक्ताकाे हितलाइ ध्यानमा राखेर विद्युत् महसुल भुक्तानीमा थप लचिलाे नियम ल्याएकाे छ । काेराेना महामारीका कारण प्राधिकरणले नियमित मिटर रिडिङ गर्न नसकेकाे र यही कारण उपभाेक्तामा अन्याेल उत्पन्न भएकाे भन्दै केही सहज बनाइएकाे हाे ।
प्राधिकरणका अनुसार भदाै महिनाकाे महसुल भुक्तानी गर्दा असाेज २२ गतेसम्म तिर्दा कुनै पनि थप दस्तुर तथा जरिवाना लाग्ने छैन । यसअघि असाेज ८ गतेसम्म तिर्दा जरिवाना नलाग्ने बताइएकाे थियाे ।
काेराेनाका कारण प्राधिकरणका कर्मचारी भदाैमा नियमित मिटर रिडिङमा जान नसकेकाे र असाेजमा एकै पटक दुई महिनाकाे बिल र जरिवाना जाेडेर आउँदा ग्राहकहरू अन्याेलमा परेका थिए । केही ग्राहकले त मिटर रिडिङ नै नगरी जरिवाना जाेडेकाे भन्दै आक्राेस व्यक्त गरेका थिए ।
ऊर्जा खबरले याे विषय बाहिर ल्याएपछि ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री वर्षमान पुनकाे समेत ध्यान आकर्षण भएकाे थियाे । उनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक सहित उच्च अधिकारीहरूलाई बाेलाएर यसमा ग्राहकलाई मर्का नपार्न निर्देशन दिएका थिए ।
मन्त्रीकाे निर्देशन लगत्तै प्राधिकरणले महसुल भुक्तानी गर्ने समय र जरिवाना नलिने तथा भुक्तानीकाे समय थपी केही सजिलाे बनाएकाे छ । २०७७ साल भदाै महिनामा देशका अधिकांश स्थानहरूमा काेभिड-१९ काे संक्रमणले गर्दा लकडाउन भएकाले विद्युतको मिटर रिडिङ तथा बिलिङ समयमा हुन नसकी महसुल भुक्तानीका सम्दर्भमा उपभोक्तामा अन्योल उत्पन्न भएको हुँदा सहजीकरण गरिएकाे जनाइएकाे छ ।
प्राधिकरणले मंगलबार जारी गरेकाे सूचनामा भनिएकाे छ- उपभोक्ता बर्गको सुविधा तथा हितलाई ध्यानमा राखी २०७७ साल भाद्र महिनाको महसुल भुक्तानी गर्दा छुट तथा थप दस्तुर लाग्ने समय हेरफेर गरी २०७७ आश्विन २२ गतेसम्म महशुल भुक्तानी गरेमा कुनै थप दस्तुर नलाग्ने र आश्विन २३ देखि ३० गतेसम्म भुक्तानी गर्दा ५ प्रतिशत मात्र थप दस्तुर लाग्ने व्यवस्था गरिएको छ ।
२०७७ भाद्र महिनाको विद्युत महशुल भुक्तानी सम्बन्धी अन्य व्यवस्था तथा २०७७ आश्विन महिनादेखिको नियमित महसुल भुक्तानी सम्बन्धी व्यवस्था विद्युत् महशुल संकलन विनियमावली २०७७ मा तोकिए वमोजिम हुने पनि सूचनामा उल्लेख छ । कुनै उपभोक्ताले २०७७ भदाैको महसुल भुक्तानी गर्दा थप दस्तुर यसअघि तिरेको भए उक्त रकम आगामी बिलमा समायोजन गरिने जनाइएकाे छ ।
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले कोरोना भाइरस (कोभिड–१९) प्रकोपका समयमा मिटर रिडिङ हुन नसकेका ग्राहकको विद्युत् महसुलमा जरिवाना नलिन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।
मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला र वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेलाई बुधबार मन्त्रालयमा बोलाएर यस्तो निर्देशन दिएका हुन् । प्राधिकरणले प्रतिकूल समयमा मिटर रिडिङ गर्न नसकेको र त्यस समयको जरिवाना लिने भनिरहँदा मन्त्रीले निर्देशन दिएका छन् ।
कोरोना रोगको रोकथाम लागि गरिएको लामो बन्दाबन्दीका कारण प्राधिकरणका अधिकांश गार्हस्थ र औद्योगिक ग्राहकको मिटर रिडिङ हुन सकेको थिएन । धेरै ग्राहकबाट उक्त अवधिमा मिटर रिडिङ नभएका कारण जरिवाना लगाइएको गुनासो आएको छ ।
ग्राहकको गुनासो आएपछि मन्त्री पुनले तत्काल यसमा जरिवाना नलगाउने व्यवस्था गर्न निर्देश गरेका छन् । ‘यसअघि जरिवाना लिइएको भए उक्त रकम ग्राहकले आगामी महिना बुझाउने शुल्कमा मिलान गर्नुपर्यो,’ उनले भने, ‘अब त्यसो नहुने गरी व्यवस्था मिलाउनुस् ।’
मिटर रिडिङ नभएको समयको तत्काल रिडिङ गराउन र कर्मचारी गएर रिडिङ गर्न नसेके ग्राहकलाई मिटरको नम्बर टिपाएर शुल्क उठाउन पनि मन्त्रीले आग्रह गरे । यसैबीच प्राधिकरणले मन्त्री पुनको निर्देशन तत्काल कार्यान्वयन गरेको छ ।
आफू मन्त्रालयबाट कार्यालय फर्केलगत्तै जरिवाना नलिन देशभरका वितरण केन्द्रलाई एकैसाथ निर्देशन दिइसकेको र सार्वजनिक सूचना समेत जारी गर्न लागिएको निमित्त कार्यकारी निर्देशक कोइरालाले बताए ।
‘इमिडियट रेस्पोन्स टोली बनाउनुस्’
मन्त्री पुनले खराब मौसम, प्रणालीको खराबी वा अरू प्राविधिक कारणले विद्युत् अनियमित भए तत्काल समस्या समाधान गर्न निर्देशन दिएका छन् । त्यसका लागि ‘इमिडियट रेस्पोन्स टोली’ बनाउन पनि सुझाव दिए ।
लकडाउनयता ९० लाख विद्यार्थी घरमै बसेर अनलाइन कक्षा लिइरहेको भन्दै मन्त्री पुनले विद्युत् नियमित नभए उनीहरुको पढाइ प्रभावित हुने बताए । ‘प्राधिकरणको मुख्य नेतृत्व नभएको समयमा वितरण प्रणालीमा कुनै कमजोरी आउन दिनु भएन,’ उनले भने, ‘वितरण प्रणालीमा सानो भन्दा सानो गडबडी नआओस् । समस्या आएको अवस्थामा तत्काल समाधान होस् ।’
गत साता मौसमका कारण उपत्यका सहित मुलुकका विभिन्न स्थानमा विद्युत सेवा आंशिक प्रभावित भएको थियो । त्यतिबेला पनि मन्त्री पुनले प्राधिकरणको उच्च नेतृत्वलाई मन्त्रालयमा बोलाएर सेवा तत्काल नियमित गर्न निर्देशन दिनुभएको थियो ।