काठमाडौं । नेपालमा एउटा उखान खुबै चर्चामा छ । पैसा तिर्नु पर्दा अमृत पनि नखाने तर निःशुल्क पाए अलकर्ता पनि खाने । यस्तै, जीविकोपार्जनका लागि भन्दै नेपाल रेडक्रस सोसाइटीले वितरण गरेको वोयर बोका गाउँलेले मासु खाएका छन् । गोरखाको सिरानचोक गाउँपालिका–३ हर्मीका प्रकाश अधिकारीलाई दिइएको वोयर बोका वुधवार वडाध्यक्षसहित स्थानीयले मिलेर खाएका हुन् ।

 

जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाले गत मंसिर ११ गते साविकको हर्मी गाविसका प्रत्येक वडामा एक–एक वटा वोयर बोका वितरण गरेको थियो । तर अधिकारीले पाएको बोका इलाका प्रहरी कार्यालय हर्मीकै परिसरमा स्थानीयले मासु भाग लगाएका हुन् ।

 

वडाध्यक्ष वीरबहादुर थापाले भने, ‘प्रकाशले गाउँको समूह–फाइनान्स सबैबाट ऋण लिएको रहेछ । घरमा बुढी आमालाई छाडेर ऋण तिर्न नसकेर भागेछ, अनि गाउँलेले घरमा पालेको सबै गाईवस्तु लिलामी गरे र त्यही बोका पनि लगेर काटेका हुन् ।’ उक्त बोका काट्दा १४ हजार रुपैयाँ उठेको उनले बताए ।

 

 

संकलित रकमको केही अंश अधिकारीको आमालाई दिने उनले स्पष्ट पारेका छन् । सबैसँग सल्लाह गरेर बोका काटेर मासु बेचेको उनले जानकारी गराए । जीविकोपार्जनका लागि दिएको बोका काटेर मासु खाएपछि रेडक्रसले आपत्ति जनाएको छ । उक्त बोकाको ३० हजार रकम बराबरको बिमासमेत गरिएको उनले बताए ।

READ MORE NEWS

अब १ रुपैयामा नै बाईक वा स्कुटर रोजेर किन्नुहोस् !

  • जनबोली न्यूज नेटवर्क
  •  मङ्गलबार १३ असोज, २०७७

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले नेपालीहरुको महान चाड दशैलाई लक्षित गरी “हर एक नेपालीलाई १ रुपैयाँमा होण्डो” नामक योजना ग्राहकवर्गहरु माझ ल्याएको छ ।

 

कोभिड–१९ को यस विषम परिस्थितिलाई मध्यनजर गर्दै उत्सवको यस अवसरमा होण्डाले समस्त नेपालीहरु माझ खुसी साटासाट गर्ने उद्देश्यले यो योजनालाई नेपाली बजारमा ल्याएको हो ।

 

 

असोज ११ गते मंगलवारका दिनदेखि लागू हुने यस योजना अविधि भर ग्राहकहरुले होण्डाको कुनै पनि बाइक वा स्कुटर मात्र १ रुपैयाँको डाउनपेमेन्ट वा १ रुपैयाँको इएमआई र १ प्रतिशतको ब्याजदरमा खरिद गर्न सक्नेछन् ।

 

 

स्याकार इन्भेष्टमेन्ट भएका स्थानहरुमा लागू हुने यस फाइनान्स योजनामै ग्राहकहरुले आकर्षक नगद उपहारका साथै अन्य थुप्रै सुविधाहरु समेत प्राप्त गर्न सकिनेछ । यस योजना अन्तर्गत खरिदकर्ताहरुले होण्डा मोटरसाइकल वा स्कुटरको खरिदमा स्त्र्mयाच कुपन मार्पmत १ लाख सम्मको नगद छुट, ७ वर्षसम्मका लागि फ्रि बोनस सर्भिसिङ्गका साथै ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

 

 

यसका साथै होण्डा बिग बाइकको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्नुहुनेछ । थप जानकारीका लागि ग्राहकहरुले होण्डाको टोल फ्रि नम्बरहरु १६६००१४६६३२ (नमस्ते) ९८०१५७११११ (एनसेल) मा सम्पर्क गर्न सकिनेछ ।

READ MORE NEWS

भर्खरै ताइवानको ज्वालामुखी नजिक शक्तिशाली भूकम्पको धक्का

  • जनबोली न्यूज नेटवर्क
  •  बुधबार १४ असोज, २०७७

सिन्हुआ । पूर्वी ताइवान भर्खरै शक्तिशाली भूकम्पको धक्का भएको छ । यो अत्यन्तै तीव्र भएको जनाइएको छ । चीनको भूकम्प नेटवर्क सेन्टरका अनुसार भूकम्प ५ म्याग्निच्यूड को भएको बताइएको छ ।

 

 

 

भूकम्पको केन्द्रबिन्दु २४ दशमलव ८५ डिग्री उत्तरी अक्षांश र १२२ दशमलव १४ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ । यो भूकम्पको गहिराई ११६ किलोमिटर तल रहेको जनाइएको छ । यो भूकम्प शान ताओमा रहेको ज्वालामुखीबाट मात्र २२ किलोमिटर नजिक रहेकाले धेरै क्षति भयो कि भन्ने आशंका गरिएको अन्र्तराष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् । आजै सामोआ र टोंगामापनि ५ दशमलप १ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 

 

 

 

 


Your Views
Related News