आमा बन्नु महिलाका लागि खुसीको कुरा हो । गर्भावस्थामा महिलाहरूले शरीरमा थुप्रै परिवर्तनको अनुभूति गरेका हुन्छन् ।
समयमा देखिने यस्ता परिवर्तनबारे जानकारी नहुँदा उनीहरूमा डरसमेत पैदा हुने गरेको छ । गर्भवती अवस्थामा महिलाहरूको शारीरिक तथा मानसिक दुवै कुरामा परिवर्तन आउने गर्छ । यसबारे महिलाहरूलाई राम्रो ज्ञान हुन आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ ।
विशेष गरी गर्भवती भएका बेला हुने सुरुवाती परिवर्तनबारे राम्रो ज्ञान भयो भने यसले महिलाहरूलाई विभिन्न समस्या तथा गुनासोबाट टाढा राख्न मद्दत गर्छ । महिलाहरूमा गर्भावस्थामा आउने केही सुरुआती परिवर्तन निम्न छन् :
१) तपाईं अन्तिम पटक महिनावारी भएको कुरा याद गर्नुहोस् । यदि नियमित महिनावारी हुने गर्नु भएको छ भने तपाईंको महीनावारी हुने दिन नाघिसक्दा पनि महिनावारी हुनु भएन भने तपाईं गर्भवती हुनु भएको छ ।
२) स्तनको आकारमा परिवर्तन देखिन सक्छ । तपाईलाई लाग्नसक्छ कि तपाईंको स्तनको मुन्टो केही रसिलो भएको हुनसक्छ। र, स्तनको आकारमा पनि वृद्धि भएको हुनसक्छ । यस्तो भयो भने तपाई गर्भवती हुनुभएको अनुमान लगाउन सकिन्छ ।
३) केही नखाँदा पनि गनाएको जस्तो हुने, हरेक कुरामा गनाएको आभास हुने, वाकवाकी तथा वान्ता नै आयो भने पनि तपाईं गर्भवती हुनुभएको थाहा पाउन सकिन्छ ।
४) दिक्क लाग्ने, दिशापिसाव लागेजस्तो हुने तर नलाग्ने, मुड परिवर्तन भइरहने अर्थात घरी रिस उठ्ने घरी शान्त रहन मन लाग्छ।
५) घरी घरी पिसाव लागिरहने भयो भनेपनि तपाईं गर्भवती हुनुभएको हुनसक्छ । यस्ता लक्षणहरु देखिनासाथ गर्भको परीक्षण गराइहाल्नु पर्छ ।
READ MORE NEWS
यी सरल उपाय, जसबाट हटाउन सकिन्छ कलेजोको सम्पूर्ण फोहोर वा खराबी
काठमाडौँ । लिवर यानिकी कलेजोले हाम्रो शरीरमा एक केमिकल फ्याक्ट्रीले जस्तै काम गर्छ। अर्थात् तपाइँ जत्ति पनि बाहिरको जंक फुड, तेलमा तारेको भोजन, जाँड रक्सी र अनेकौँ केमिकलयुक्त औषधी लगायतका पदार्थ खाएपनि यी चिजहरु बाट हुने नकारात्मक प्रभावलाई कलेजोले शरीरबाट बाहिर निकाल्ने काम गर्छ। भोजन खाएपछी कलेजोले उक्त भोजनबाट आवश्यक पोषण तत्व ग्रहण गरेर शरीरको दोस्रो भागमा पुर्याउँछ ।
समग्रमा हेर्दा शरीरमा हुने हरेक कामको सफलता पुर्वक काम सम्पन्न गर्नको लागि कलेजोको महत्वपूर्ण योगदान रहेको छ। तर यदि यसमा केहि गढबढ भएमा हाम्रो शरीरको सम्पूर्ण प्रणाली नै खराब हुन्छ।
कलेजोमा खराबी आउँदा हेपाटाइटिस, फ्याटी लिवर, लिवर सिरोसिस, अल्कोहोलिक लिवर डिजिज, गिल्बर्ट्स सिन्ड्रोम र लिवर क्यान्सर जस्ता गम्भीर वा प्राणघातक रोगहरु लाग्ने सम्भावना धेरै बढ्छ।
त्यसकारण प्रारम्भिक चरणमै लिवरमा आउने खराबी बारे सचेत हुनु एकदम जरुरि छ। किनकि ८० ५ लिवरको खराबीको बिमारीलाई औषधीले काम गर्दैन।
प्राकृतिक चीज वा आयुर्वेदिक चीजहरुले मात्र यस समस्याको समाधान गर्छ। त्यसकारण आज हामी लिभरको खराबीलाई जरै देखि हटाउने अर्थात् निर्मुल पार्ने घरेलु उपचार विधिको बारेमा चर्चा गर्न गइरहेका छौँ। लिवरको घरेलु उपचार विधि एउटा प्रक्रिया पुरा गरेर गर्नु पर्छ।
यसको लागि सुरुमा बाहिरको जंक फुड, तारेको खाना वा मसलेदार खाना कम्तिमा पनि ६ दिन सम्म सेवन नगर्नुहोस्। केवल घरमा बनाएको सादा खाना मात्र सेवन गर्नु होस् ।
खानामा आधा भन्दा बढी सलाद नै समावेश गर्नु पर्छ। ५/६ दिनसम्म यस्ता खाना हरुको कन्ट्रोल गरेमा लिवरलाई सफा गर्ने घरेलु औषधीले पूर्ण रुपमा काम गर्छ। यो प्रक्रियाको बीचमा १/२ दिन फलफुल मात्र सेवन गर्नु पर्छ।
यसो गर्नले लिवरले आराम पाउनुका साथै यसको थकान र कमजोरी कम हुँदै जान्छ। फलफुलमा स्याउ, मेवा, खर्बुजा, तर्बुजा, भुँईकटर, चुकंदर र सुन्तला लगायत सेवन गर्दा एकदम फाइदाजनक हुन्छ।
लिभरको सफा गर्नको लागि ५/६ दिनसम्म यसरी एकदम हलुका र सादा खाना सेवन गर्नु पर्ने हुन्छ । ५/६ दिन पछी आफ्नो नियमित खाना खान सक्नुहुनेछ।
अब यो प्रक्रिया ५/६ दिन पुरा गरेपछि लिवरको फोहोर, खराबी वा बिमारीलाई पूर्ण रुपमा हटाउनको लागि अपनाउनु पर्ने घरेलु उपचार विधि :
१) यसको लागि चाहिने सामग्रीहरुस् लौका, बेसार, कागती, धनियाँ, कालो नुन, गुर्जोको रस। गुर्जोको रस अर्थात् गिलोयको रस जुनसुकै आयुर्वेदिक सप वा सुपरस्टोरमा किन्न सकिन्छ।
बनाउने विधि : लौकालाई सानो सानो टुक्रामा काटेर थोरै धनियाँ पातको साथ ब्लेंन्डरमा राखेर जुस बनाउने । लगभग एक गिलास जुस बनाउने।
अब यो जुसमा एक चम्चा बेसार, एक चम्चा कालो नुन, एक चम्चा कागतीको रस र करिब ३० एमएल गुर्जो अर्थात् गिलोयको जुस मिलाएर मिसाउने।
यो ड्रिंकलाई हरेक बिहान खाली पेटमा सेवन गर्ने। यस ड्रिंकलाई लगातार ६/७ दिन सेवन गर्नले लिवरमा हुने सम्पूर्ण खराबी वा फोहोर बाहिर निस्केर जान्छ।
२) मुलाको पात : मुलाको पातमा भिटामिन ए, बी र सी पाइन्छ। यसमा अधिक मात्रामा फाइबर हुने भएकोले यसले हाम्रो पाचनलाई राम्रो बनाउँछ र लिवरको कार्य क्षमतालाई पनि बढाउँछ।
यसको लागि मुलाको पातलाई राम्ररी पखालेर जुस बनाउने। यो जुसलाई हरेक दिन खाना खाए पछी पिउने। यो जुस लगातार ६/७ दिन सम्म पिउनले लिवरसम्बन्धी सम्पूर्ण समस्याहरुलाई हटाउँछ।
३) किसमिसको पानी : करिब ५०० एम एल पानीमा एक कचौरा किसमिस रातभरी भिजाएर राख्ने। बिहान पानीलाई छान्ने र यस पानीलाई बिहान खाली पेटमा थोरै पिउने ।
साथै पुरै दिन एक एक घण्टाको अन्तरालमा यस किसमिसको पानी थोरै थोरै गर्दै पिउने। त्यस्तै भिजेको किसमिस लाई बिहान खाजाको साथ वा बेलुका सेवन गर्न सकिन्छ। लगातार ३ दिन सम्म किसमिसको पानी खानाले लिवर सम्बन्धी सम्पूर्ण समस्या बिस्तारै हट्छ र लिवर स्वस्थ हुन्छ।
४) गहुँको जुस : गहुँमा क्लोरोफिलको मात्रा अधिक हुन्छ। साथै यो एक शक्तिवर्द्वक एन्टीअक्सिडेन्ट हो।
गहुँको जुसको सेवनले लिवर सम्बन्धी सम्पूर्ण बिमारीलाई दुर गराउँछ। गहुँको जुस जुनसुकै आयुर्वेदिक पसलहरुमा किन्न पाइन्छ।
यी साधारण घरेलु चीज वा उपचार विधिले लिवर सम्बन्धी सम्पूर्ण खराबी वा बिमारीलाई संधैको लागि हटाई लिवरलाई स्वास्थ्य र स्वच्छ बनाउँछ।