श्रृंखला खतिवडाकी आमा सांसद मुनु सिग्देलमा कारोना संक्रमण पुष्टि
Published on: September 30, 2020
Naya Nepal
127 views
काठमाडौं । बागमती प्रदेशसभाकी सदस्य मुनु सिग्देललाई कोरोनाभाइरस संक्रमण भएको छ । नेकपा मकवानपुरकी अध्यक्षसमेत रहेकी सिग्देललाई ललितपुरको विध ल्याबमा गरिएको स्वाब परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । उनी पूर्व मिस नेपाल श्रृंखला खतिवडाकी आमा हुन् ।
उनी अहिले काठमाडौंस्थित घरमा होम आइसोलेसनमा बसेकी छन्। सिग्देल असोज ५ गते निजी सवारी साधनमा काठमाडौं आएकी थिइन् । उनका श्रीमान् विरोध खतिवडा प्रतिनिधि सभा सांसद हुन् भने छोरी श्रृंखला खतिवडा पूर्वमिस नेपाल हुन् । उनीमा संक्रमण देखिए पनि परिवारका अरू सदस्यको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ।
READ MORE NEWS
कुखुराका चल्ला बेच्ने चार जना पक्राउपछि खुलेको रहस्यले प्रहरी नै चकित !
कुखुराका चल्ला बेच्ने चार जना पक्राउपछि खुलेको रहस्यले प्रहरी नै चकित !
जनबोली न्यूज नेटवर्क
मङ्गलबार १३ असोज, २०७७
काठमाडौ । कुनै घटना सुन्ने मान्छे मात्र हैन अनुशन्धान गर्ने प्रहरी नै चकित पर्ने गर्दछन् । पत्याउनै नसक्ने घटना हुने गर्दछन् । अहिले फेरी त्यस्तै घटना बाहिर आएको छ ।
ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर लोकल भनेर बिक्री गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले प्रेमशिला देवी, वकिल खान, सुमित्रा जैसवाल र चन्दादेवी शाहलाई पक्राउ गरेको हो ।
कालिमाटीका डीएसपी अपिलराज बोहोराका अनुसार उनीहरुले १० रुपैयाँ प्रतिगोटामा चल्ला किनेर ल्याएर डेढ सय रुपैयाँसम्ममा बिक्री गरेको पाइएको छ । त्योपछि ठूलो संख्यामा बेचेको देखिन्छ ।
प्रहरीलाई प्राप्त सूचनाको आधारमा गएर अनुशन्धान गर्दा ३ हजार ६ सय ५० वटा चल्ला रंग लगाइरहेको अवस्थामा बरामद भएको उनले बताए । थप २४ हजार ९ सय ५० वटा चल्लालाई रंग लगाउन तयारी अवस्थामा राखिएको पाइएको उनले बताए ।
READ MORE NEWS
विद्यालयमा रोल नम्बरमा जोरबिजोर प्रणालीबाट पढाई शुरु
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन शुरु गराएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५ को ९क० ४ बमोजिम आइतबारदेखि पठनपाठन शुरु गराएको हो ।
गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा सतर्कता अनपाएर विद्यालयको अनुकूलतामा विद्यार्थीको रोल नम्बरमा जोर बिजोर प्रणाली अपनाएर सिकाइ सहजीकरण शुरु गरिएको जनाइएको छ । यसबाहेक गाउँपालिकाले जारी गरेको ‘गाउँटोल बस्ती सिकाइ सहजीकरण अभियान कार्यविधि’ अनुसार गाउँटोल बस्तीमा सिकाइ केन्द्र व्यवस्थापन गरी पठनपाठन गर्न सकिने व्यवस्था छ ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण लामो समयदेखि घरमा बसेका विद्यार्थी गाउँपालिकाले विद्यालय सञ्चालन गर्न अनुमति दिएपछि उत्साहित देखिएका छन् । विद्यालय सञ्चालन गरिएपछि कुनै एक जनालाई कोरोना सङ्क्रमण देखिएको अवस्थामा भने अन्यलाई पनि सर्ने त्रास भने देखिएको छ ।
यसअघि कोरोना कहरकै बीचमा पनि उक्त गाउँपालिकाले पठनपाठनलाई नियमित गराउने प्रयास गरेको थियो । असार मसान्त बित्दासमेत कोरोनाको असर नघट्दा शैक्षिक क्यालेण्डर नै तलमाथि हुने अवस्था आएपछि गाउँपालिकाले गत साउन ७ गतेदेखि भदौ ३ गतेसम्म गाउँटोलमै शिक्षक पठाएर पठनपाठनको गराएको थियो ।
दिनानुदिन कोरोना भाइरसको सङ्क्रमण बढिरहेको तथा स्वास्थ्य सङ्कट निम्तिने खतरालाई मध्यनजर गर्दै सिकाइ सहजीकरणलाई रोकेको गाउँपालिकाले पुनः पठनपाठनलाई नियमितरूपमा अघि बढाएको छ । विद्यालयले आफ्नो अनुकूलमा बिहान, दिउँसो वा बेलुका तालिका बनाएर पठनपाठनमा सहजीकरण गर्ने व्यवस्था मिलाएको छ ।
विद्यालयमा हुने भीडलाई नियन्त्रण गर्न जोरबिजोर रोल नम्बरका आधारमा विद्यार्थीलाई सिकाइ केन्द्रमा आउने व्यवस्था मिलाइएको गाउँपालिकाका शिक्षा शाखा संयोजक मणिकुमार गिरीले बताउनुभयो । “भीडभाडलाई कम गर्न विद्यार्थीलाई कक्षामा भौतिक दूरी कायम गरेर राख्ने व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो, “विद्यालयमा आएका विद्यार्थीलाई एक बेञ्चमा एक जना वा बढीमा दुई जनालाई मात्र राख्ने व्यवस्था गरेर पठनपाठन शुरु गरिएको छ ।”
सात वडा रहेको उक्त गाउँपालिकाको ४८ विद्यालयमा पाँच हजार ५१२ जना विद्यार्थी हाल अध्ययनरत छन् । गाउँपालिकाको असोज ९ गते बसेको कार्यपालिकाको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार नियमित पठनपाठनलाई निरन्तरता गराउने निर्णय गरेको थियो ।
विद्यार्थीको सङ्ख्या बढी भएको अवस्थामा सम्भव भएसम्म गाउँमै सिकाइ केन्द्र स्थापना गरेर पठनपाठन सञ्चालन गर्न भनिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । “कोरोना भाइरसका कारण विद्यार्थीमा परेको मनोवैज्ञानिक असर न्यूनीकरण गर्दै शिक्षक–विद्यार्थीबीचको लामो ‘ग्याप’ कम गर्न गाउँपालिकाले सिकाइ सहजीकरणको विधि अपनाएको छ”, उहाँले भन्नुभयो, “शैक्षिक–सत्रको शुरुबाट पठनपाठन गर्न नसकिएकाले यसपल्टको वर्षे विदासमेत कटौती गरिएको छ ।”
दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि अवरुद्ध पठनपाठनलाई आ–आफ्नै तरिकाले सञ्चालन गर्ने तयारी गरिरहेका छन् । लामो समय विद्यालय बन्द हुँदा अधिकांश विद्यार्थीको पढ्ने बानी हटेको पाइएको छ ।