काठमाडौं- नेपाल चिकित्सक संघले डा गोविन्द केसीको अनसन र मागका विषयमा सरकारले कुनै पनि चासो नदिएको भन्दै गम्भीर ध्यानाकर्षण गराएकाे छ।

संघले डा केसीको जीवन रक्षाका लागि संघले जस्तोसुकै कठोर कदम चाल्न सक्ने भन्दै सरकारलाई तत्कालै वार्ताद्वारा समाधान निकाल्न माग गरेको छ। संघले यसका लागि सहजीकरणको भूमिका निर्वाह गर्न तयार रहेको पनि जनाएको छ।

‘७६ हजारभन्दा बढी कोरोना संक्रमित भइरहेको अवस्थामा डा गोविन्द केसीको जीवन रक्षाका निम्ति हुनसक्ने कार्यक्रमहरुलाई मध्यनजर गर्दै सरकारले यथासिघ्र वार्ता टोली गठन गरि सौहार्दपूर्ण वातावरणमा समस्याो समाधान गर्न अपरिहार्य भएको संघको ठहर छ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

संघले वार्ताद्वारा समस्या समाधान नभएमा जुनसुकै समयमा पनि कठोर कदम चाल्न सक्ने र त्यसले गम्भीर अवस्था सिर्जना हुनसक्ने कुरामा पनि सरकारको ध्यानाकर्षण गरेको छ।

‘डा केसीको जीवन रक्षाका निम्ती नेपाल चिकित्सक संघले कठोर कदमहरु चाल्ने गम्भीर परिस्थिति सिर्जना नगर्न र यस संघ वार्ताका निम्ती सहजीकरणको भूमिका निर्वाह गर्न समेत तयार रहेका जानकारी गराइन्छ,’ संघका महासचिव डा बद्री रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

संघले डा केसीसँग सरकारले विगतमा १८ पटक सम्झौता गरेका कारण डा केसीका माग सरकारकै अंगका रुपमा स्थापित भइसकेकाले तत्कालै समस्या समाधान गर्न भनेको छ।

READ MORE NEWS

झन् बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?


Your Views
Related News