काठमाडौं । विश्वभर महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) लाई लिएर एक नयाँ आशालाग्दो खबर आएको छ । पछिल्लो जानकारी अनुसार शार्क कोरोना भाइरस खोप उत्पादन गर्न लगातार प्रयोग भइरहेको छ ।

 

धेरै वन्यजन्तु विशेषज्ञहरूले चेतावनी दिएका छन् कि यस कामको लागि विश्वव्यापी रूपमा करीब डेढ लाख शार्क समाप्त हुन सक्नेछन् । यी शार्क स्क्वालेनका लागि लिइदैछन्, तिनीहरूको कलेजोमा बनेको विशेष तेलका लागि यो सब हुँदैछ । यो एक प्राकृतिक तेल हो, यसलाई ज्वरो खोपको प्रभावकारिता बढाउन प्रयोग गरिन्छ ।

 

 

 

हाल कोरोना भाइरस खोपका धेरै उत्पादकहरूले शार्क तेलको प्रयोग गरी उनीहरूको औषधीलाई प्रभावकारी बनाइरहेका छन् । यद्यपि शार्क तेल खोपको प्रभावकारिताको पुष्टि हुन सकेको छैन । यद्यपि शार्कको संरक्षणका लागि कार्यरत समूह शार्क एलाइजले दावी गरेको छ कि यदि यो खोप विश्वभरिलाई दिइयो भने २ लाख ४० हजार शार्क को अन्त्य हुन सक्छन् ।

 

 

यद्यपि केही विशेषज्ञहरू भन्छन् कि शार्क रोगका लागि दिइएका तथ्याङकहरू एकदम कम छन् । कोरोना भाइरसबाट बच्न, खोपका दुई खुराक (डोज) हरू संक्रमितहरूलाई दिइन्छ । तसर्थ, यदि सबै व्यक्तिलाई शार्कको तेलबाट बनाइएको खोप दिइयो भने यसका लागि कम्तिमा ५ लाख शार्कको अन्त्य हुनुपर्छ । जसले हाम्रो समुद्री वातावरण खत्तम गर्नेछ ।

 

 

शार्क एलाइजका संस्थापक र कार्यकारी निर्देशक स्टेफनी ब्रेन्डेलले भने, ‘जंगली जनावरबाट केही पाउने कुरा कहिल्यै दिगो हुँदैन । शार्क समुद्रको चरम सि–का–री हो । यसले धेरै थोरै संख्यामा प्रजनन गर्दछ । यस महामारी कहिलेसम्म रहनेछ भनेर कुनै अनुमान गरिएको छैन ।

 

त्यसोभए यदि शार्कहरू यस तरिकाले शि–का–र गर्न जारी रह्यो भने, एक दिन यस्तो आउनेछ जब तिनीहरूको जनसंख्या नष्ट हुनेछ ।’

 

 

एक फेसबुक पोस्टमा, शार्कलाई उद्धार गर्ने अर्को संस्थाले भन्यो, ‘हामी यसको विपक्षमा छैनौं र खोप बनाउने प्रक्रियामा अवरोध खडा गरिरहेका छैनौं । हाम्रो उद्देश्य यसका लागि शार्क वा अन्य कुनै जनावरलाई लिनु होइन । हाम्रो वातावरण बचाउन केहि तरिकाहरू अपनाउनुपर्छ । शार्क सजिलैसँग भेट्न सकिन्छ र तेल पनि कलेजोबाट सजिलै निकाल्न सकिन्छ । त्यसैले यसको प्रयोग बढेको छ ।’

READ MORE NEWS

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एक महत्वपूर्ण विज्ञप्ति जारी गरेको छ । त्रिभुवन विश्वविद्यालय, रजिष्ट्रारको कार्यालय, सुचना तथा जनसम्पर्क महाशाखाले एक विज्ञप्ति निकालेको छ ।

 

 

विज्ञप्तिमा बताइएको छ, ‘विगत केही दिनअघि विश्वविद्यालय केन्द्रिय कार्यालय परिसरमा घटित घटना हरु साथै नेपाल विद्यार्थी संघ सम्बद्ध विद्यार्थीहरु पक्राउ परी हिरासत र अदालतसम्म पुगेको अवस्थाप्रति विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

 

 

यसप्रकारका सबै घटनाप्रति विश्वविद्यालय दुःख प्रकट गर्दछ । घटनाक्रमका सन्दर्भमा उत्पन्न भएका परिस्थितका कारण देखिएका कमी कमजोरीप्रति सम्बन्धित सबै पक्ष सजग र सचेत रहने विश्वास गर्दै सरकारद्वारा र पक्षद्वारा उठाइएका सान्दर्भिक मागहरुका सम्बन्धमा आपसी गहन छलफल तथा संवादका माध्यमबाट समाधान हुनेछ भन्ने कुरामा विश्वविद्यालय विश्वस्त रहेको छ ।’

 

 

READ MORE NEWS

दूधकोशी–२ लाई खुम्च्याएर नेपाल सरकारको गौरवको आयोजना दूधकोशी जलाशययुक्तलाई

न्याय

काठमाडौ । दूधकोशी हाइड्रो पावर नेपालले (दूधकोशी–२ जलेश्वर ७० मेगावाट) विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ ।

 

 

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा विद्युत् उत्पादनको लागि विद्युत् विकास विभागबाट सोमबार अनुमतिपत्र प्राप्त भएको जनसम्पर्क अधिकृत जनकराज खनालले जानकारी दिए ।

 

 

 

यसअघि सोलुखुम्बुमा थुलुङ दूधकोशीमा ड्याम बनाइ सुरुङमार्गबाट खोटाङको ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरीमा विद्युत्गृह निर्माण गरी २३० मेगावाट उत्पादन गर्ने अनुमानसहित प्रक्रिया अगाडि बढाइएको थियो ।

 

 

नेपाल सरकारको गौरवको आयोजना दूधकोशी जलाशययुक्त आयोजनाका कारण थुलुङ दूधकोशी गाउँपालिका– ५, ६ र ७ को सिमानामा पर्ने बर्खुघाटमा ड्याम निर्माण गर्ने र सोही गाउँपालिका–४ को खन्योखर्कमा विद्युत् गृह निर्माण गर्ने गरी उत्पादन अनुमतिपत्र प्राप्त भएको जनसम्पर्क अधिकृत खनालले जानकारी दिए ।

 

 

यसअघि दूधकोशीको पानी करिब पाँच किलोमिटर सुरुङ मार्गमार्फत जलेश्वरमा पु¥याउने योजना थियो भने अहिले तीन किलोमिटर सुरुङमार्गमार्फत खन्यखर्कमा निर्माण हुने विद्युत् गृहमा पु¥याइने छ । जसकारण उत्पादन क्षमतासमेत २३० मेगावाटबाट घटेर ७० मेगावाटमा झरेको कम्पनीले जनाएको छ ।

 

 

“भारतको लगानीमा निर्माण हुन लागेको दूधकोशी हाइड्रोपावर प्रालि विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता नेपाल सरकारसँग हुने चरणमा छ”, जनसम्पर्क अधिकृत खनालले भने, “यस सम्बन्धी विद्युत् प्राधिकरणले सहमतिको लागि विद्युत् नियमन आयोजनामा पठाएको छ, त्यहाँबाट सहमति प्राप्त भएपछि कम्पनीसँग सम्झौता हुन्छ ।”

 

 

आगामी मङ्सिरसम्ममा सम्झौताको काम सम्पन्न हुने उनको विश्वास छ । त्यस्तै आयोजनासम्बन्धी पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसमेत अहिले विद्युत् विकासमार्फत जल तथा ऊर्जा मन्त्रालयमा सहमतिको लागि पठाइसकिएको छ । ऊर्जा मन्त्रालयको आवश्यक अध्ययन पश्चात वन तथा वातावरण मन्त्रालयमा पुगेर स्वीकृत हुने वित्तिकै निर्माणको काम शुरु गरिने उनको भनाइ छ ।

 

 

यो कार्य अबको दुई महिनाभित्र सम्पन्न हुने अनुमान गरिएको छ । त्यसपछि आयोजना निर्माणस्थल जाने बाटोको सर्वे, जग्गा अधिग्रहणलगायत काम शुरु हुने कम्पनीले जनाएको छ । उक्त आयोजना सम्पन्न गर्न करिब रु १४ अर्ब लगानी लाग्ने अनुमान गरिएको छ ।


Your Views
Related News