काठमाडौँ । अहिले सामाजिक सञ्जालले नै कलाकारलाई स्टार बनाइरहेको छ । सामाजिक सञ्जालमा जम्न नसकेकाहरुलाई गुमनामपनि बनाइरहेको छ ।

 

यो एक यस्तो अड्डा हो जहाँ कुनै अभिनेत्रीको सुन्दर तस्बिर यदि एक पटक भाइरल भएमा सोच्नुहोस् उक्त अभिनेत्री रातारात स्टार अवश्य बन्ने छिन्। यस्तोमा आज हामी पञ्जाबी चलचित्र क्षेत्रका एक अभिनेत्रीको बारेमा चर्चा गर्न गईरहेका छौं जसको तस्बिरले इन्टरनेटमा सनसनी मच्चाएको छ ।

 

 

आज हामी पञ्जाबी चलचित्रकी अभिनेत्री खुशी गढवीको बारेमा चर्चा गर्न गईरहेका छौँ जो एक मोडेल हुन्। खुशी अहिले मोडेलिंग गर्दैछिन्।खुशीको जन्म सन् १९९० मा भएको थियो। तर २८ वर्षको उमेरमा खुशीका यी तस्बिरले इन्टरनेटमा तहल्का मच्चाईरहेको छ।

 

खुशीले अहिले सम्म स्टारडमको पहिचान प्राप्त नगरे पनि उनको विदेशमा लाखौँको संख्यामा फ्यानहरु छन्। सामाजिक सञ्जालमा उनका धेरै चाहने वालाहरु छन् जो उनको नयाँ–नयाँ तस्बिर हेर्नको लागि उनलाई फलो गर्दछन । खुशी आफ्नो फिगर मेन्टेन गर्नको लागि जिममा घन्टौं पसिना बहाउने गर्छिन् । खुशीले थुप्रै पञ्जाबी गीतहरुमा काम गरेकी छिन् जसले युट्युबमा खुबै चर्चा पाईरहेको छ। खुशी पञ्जाबी चलचित्र उद्योगको चर्चित अनुहार हुन्।

 

 

खुशी सामाजिक सञ्जालमा प्रायः सक्रिय नै रहन्छिन र आफ्नो फ्यानको लागि ताजा–ताजा फोटोहरु शेयर गरिरहन्छिन । फेसबुकमा उनका थुप्रै सुन्दर फोटाहरु छन् । खुशीको सुन्दरता देखेर मानिसहरु सामाजिक सञ्जालमा अनेक अड्कलहरु काटिरहेका छन्।

 

पारिवारिक निकट श्रोतका अनुसार उनी अब चाँडै बलिउडमा पनि कदम राख्न गईरहेकी छिन् । सन् २०१६ मा खुशीको पहिलो पञ्जाबी गीत ‘इल्जाम’ सार्वजनिक भएको थियो जुन सर्दूल सिकन्दरले गाएका थिए।खुशीले आफ्नो करियरको सुरुवात एक मोडेलको रुपमा गरेकी थिईन । खुशीको गीत ‘इल्जाम’ युट्युबमा एकदमै हिट साबित भएको थियो।

 

 

यस गीतले राम्रो सफलता प्राप्त गरे पछि खुशी एक अर्को पञ्जाबी गीत ‘दो नैन’ मा पनि काम गरिन्। गीत ‘दो नैन’ गायक कमाल खानले गाएका हुन्।केवल यति मात्र नभई खुशीले टलिउड फिल्ममा पनि काम गरिसकेकी छिन्।

 

उनी तेलुगु फिल्म ‘लभ पोइजन’ मा देखिएकी थिईन।युट्युबमा खुशीको हिट गीतका पूरा सूची तयार पारिएको छ । खुशीको जन्म फिल्मी नगरी मुम्बईमा भएको थियो। उनको केही मोटोपनपनि खुबै राम्रो देखिएको छ । (एजेन्सी)

      

READ MORE NEWS

विवाहलाई हाम्रो समाजमा पवित्र बन्धन मानिन्छ । श्रीमान् र श्रीमतको नातालाई सबैभन्दा उत्कृष्ट र उच्च पनि भनिन्छ । तर पनि श्रीमान श्रीमतीबीच विभिन्न कारणले मनमुटाव हुने तथा झगडा हुन्छ । र कतिपय अवस्थामा सम्बन्ध नै धरापमा पर्ने गर्छ ।

 

जसको एक प्रमुख कारण हो एकले अर्कालाई शंका गर्नु । श्रमान् अथवा श्रीमतीले एकअर्कालाई शंकाको दृष्टिले हेर्नुलाई जटिल रुपमा लिनु समस्याको सुरुवात हो । उक्त समस्याबाट छुटकरा पाउन तपाईले आफ्नो दिनचर्यामा केही परिवर्तन ल्याउने कोशिस गर्नुपर्ने हुन्छ ।

 

 

हालै गरिएको एउटा अध्ययनले निद्राको कमीका कारण पनि मानिसमा शंका गर्ने प्रवृत्ति बढ्ने गर्दछ । अध्ययनका अनुसार पर्याप्त निद्रा नपुगेको अवस्थामा मानिसमा शंका गर्ने प्रवृक्ति विकास हुने गर्दछ । यस्तो अवस्थामा तपाईको पार्टनरले पनि त्यस्तो गर्न लागेका छन् भने तपाईले उनको निद्रा पूरा गर्ने व्यवस्था सुनिश्चित गर्नेतिर लाग्नुस् । महान ब्रिटिश नाटककार विलियम शेक्सपियरले चार सताब्दी पहिला नै लेखेको आफ्नो नाटक मैकबेथमा अनिद्राको सम्बन्ध आशंका र भ्रमहरुसँग रहेको उल्लेख गरेका थिए ।

 

 

अब वैज्ञानिकहरुले राम्रो निद्राको कमीका कारण व्यक्तिको मानसिक स्वास्थ्यमा गहिरो दुष्प्रभाव पर्न सक्ने ठहर गरेका छन् । लण्डनस्थित किंग्स कलेजले गरेको अध्ययनमा अनिद्रा र शंका गर्ने बानीबीच सिधा सम्बन्ध रहने गरेको निष्कर्ष निकालेको छ।यो अध्ययन जर्नल सिजोफ्रेनिया रिसर्चको नयाँ अंकमा प्रकाशित छ ।

 

 

प्रमुख अनुसन्धानकर्ता डाक्टर डेनियल फ्रीमेन भन्छन्, ‘हामीलाई पहिलाबाटै थाहा छ कि एक रात निद्रा नपूग्दा हाम्रो पूरै दिन तनावग्रस्त हुने गर्दछ । निद्रा नपुगेका कारण हाम्रो विचारसमेत अस्तव्यस्त हुने गर्दछ । हामी सबैतिरबाट बेखबर हुन्छौ । दिमागमा शंका र भ्रमहरु पैदा हुनका लागि आदर्श स्थिति उत्पन्न हुने गर्दछ ।’ अनुसन्धनमा भनिएअनुसार नियमित र पूरा निद्रा मानसिक रुपमा स्वस्थ रहनका लागि अत्यन्तै महत्वपूर्ण छ ।

 

शोधकर्ताहरुले अध्ययनमा ३ सय जनालाई सहभागी गराएका थिए । उनीहरुको निद्रालाई घण्टामा विश्लेषण गरिएको थियो । फ्रीमेनका अनुसार अनिद्राको शिकार ७० प्रतिशत सहभागी शंका र भ्रमको शिकार बनेका थिए । यति मात्र होइन, अध्ययनमा सहभागी ५० प्रतिशत बढी गम्भीर रुपमा अनिद्राबाट पीडित पाइए, उनीहरुमा गहिरो असुरक्षाको भावनासमेत थियो ।


Your Views
Related News